Siraha Times
ताजा समाचार

लहानमा रामनवमी चैते दशैँको रौनक

  • वैशाख ७, २०७८
  • ११२० पटक पढिएको
  • सिरहा टाइम्स
alt

विसुन देव सरदार/लहान/बैशाख-७ गते मंगलबार। सिरहा जिल्लाको लहान नगरपालिका वडा न. ४ मा गत चैत्र ३१ गते देखि आउँदो बैशाख ९ गते बिहीबार सम्म मेला लाग्ने खवर प्राप्त भएको छ। मेला आकर्षणका लागि ख्याती प्राप्त पहलमानहरुद्वारा दंगल कुस्ती समेत भइरहेको छ।कुस्ती आजबाट आउँदो ९ गतेसम्म दिउँसोको दिनको ३:०० बजेदेखि साँझ ६:०० बजेसम्म भइरहेको छ।

चैत्र नवमी मेला अर्थात नव दुर्गा मेला समितिका अध्यक्ष एवंम लहान नगरपालिका वडा न. ४ का वडा अध्यक्ष रामनाथ पण्डितले बताउनु भएको हो । साथै नववर्ष २०७८ को शुभ उपलक्ष्यमा सम्पूर्ण देश तथा विदेशमा रहनु भएका नेपाली दाजुभाइ एवंम दिदीबहिनीहरुमा सुख , शान्ति , समृद्धि तथा उतोरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्नु भएको छ।

यो सँगै वर्षमा चार नवरात्र पर्दछन । असाढ र पौष शुक्ल पक्षमा पर्ने नवरात्र धेरै प्रचलनमा छैन । केही साधनले भने असाढ र पौष शुक्ल पक्षको नवरात्रमा पनि शक्ति स्वरुपा देवी जीको अराधना गर्छन।आश्विन शुक्ल पक्षको नवरात्रमा प्रतिपदाका दिन देखि नै घटस्थापना गरेर जमरा गरिन्छ ।

चैते दशैँमा भने त्यो प्रम्परा धेरै परिवारमा छैन।चैते दशैँमा अष्टमी र नवमीलाई विशेष रुपमा मनाउने गरिन्छ । अष्टमीको दिनलाई चैते दशैँ र नवमीलाई त्रेता युगमा अयोध्याका राजा दशरथ र रानी कौष्लयावतीका ज्येष्ठ सुपुत्र श्रीरामको जन्म भएको रामनवमीको रुपमा मनाउने गरिन्छ ।

वडा दशैँ जस्तै चैते दशैँको पुजा उपासनका मुख्य उदेश्य पनि यो लोकमा सुख , शान्ति र प्रलोकमा सद्रतिका लागि लिनका लागि हो। उपत्यकाका गुहेश्वरी , जगवागेश्वरी , मैती देवी , नक्साल भगवती , भद्रकाली , शोभा भगवती , कालिका स्थान , बज्रयोगिनी , इन्द्रायणी लगायतका शक्ति पीठहरुमा चैते दशैँका अवसरमा विशेष पुजा हुन्छ ।

चैते दशैँको अवसरमा लहानको खुट्टीखोला पुर्व पट्टि छेउमा मेला आयोजना समेत भएकोले मेलामा सहभागिता हुन अनिवार्य मास्क लगाई मेलामा प्रवेश गर्न हुन मेला आयोजक समितिका अध्यक्ष रामनाथ पण्डितले सम्पूर्णमा आग्रह गर्नुभएको छ।

प्रतिक्रिया दिनुहोस

वर्षौ देखिको अवरोध त ...

ओम प्रकाश यादव सप्तरी, भदौ १४ । सप्तरीको बलानबिहुल गाउँपालिका–६ स्थित श्री जागेश्वर गरहाइ जनता ...

स्थगित परीक्षा पुनः ...

ओम प्रकाश यादव लहान , भदौ १३ । सप्तरीको बलान बिहुल गाउँपालिका–६ स्थित जागेश्वर गरहाई जनता माध् ...

सिराहा: कल्याणपुर प् ...

विसुनदेव सरदार लहान, भदौ १३ । सिराहाको कल्याणपुरमा भएको मोटरसाइकल दुर्घटनाको घटनालाई प्रहरीले उचित क ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१