Siraha Times
ताजा समाचार

आजवाट सुखीपुरमा तेस्रो नगर क्रिकेट कप प्रतियोगिता सञ्चालनमा

  • फागुन २६, २०७७
  • १२६६ पटक पढिएको
  • रामएकवाल राम
alt

विसुन देव सरदार सिरहा लहान / फाल्गुन २६ गते बुधबार। सुखीपुर सुधार समितिको आयोजनामा तेस्रो नगर क्रिकेट कप २०७७ आजवाट शुरु भएको छ। सिरहा जिल्लाको सुखीपुर नगरपालिका वडा नम्बर ८ स्थित श्री जनता उच्च मा.वि. सुखीपुर खेलमैदानमा नगर सुधार समितिको आयोजनामा नगर स्तरीय तेस्रो क्रिकेट कप प्रतियोगिता आजवाट शुरु भएको छ।

क्रिकेट टुनामेन्टका प्रमुख अतिथि सुखीपुर व्यापार संघका अध्यक्ष शत्रुधन प्रसाद चौधरी तथा सुखीपुर नगर सुधार समितिका अध्यक्ष वि पी भुवन यादवको अध्यक्षतामा संयुक्त रुपमा उदघाटन भयो । उक्त टुनामेन्ट खेल सुखीपुर नगरपालिकाका १० वटा वडाका टिमहरु सहभागी रहनेछ । सो सँगै प्रथम हुनेलाई १००००/- नगद र दोस्रो हुनेलाई पाँच हजार दिने सुखीपुर नगर सुधार समितिका अध्यक्ष वि पी भुवन यादवले प्रतिबद्धता जनाएको छ।

त्सैगरी प्रथम दितिय् हुनेलाई ट्रफी दिनेछ । म्यान अफद म्याच , म्याच अफद सिरिज बेस्ट वल्र्ड साथै वेस्ट व्याट्स म्यान ट्रफी दिनेछ खेल आज सुखीपुर नगरपालिका २ तथा सुखीपुर वडा नम्बर ३ बिच खेल हुनेछ । तेस्रो नगर कप २०७७ का प्रथम पुरस्कार आलोक फि्डस सप्लायर्स एण्ड पुस्तक पसल सुखीपुर नगरपालिका ८ का प्रोपराईटर विरेन्द्र प्रसाद यादवले सहयोग गरेका छन। खेलमा रोगको अन्तय हुन्छ , बजारको सोतो खाद्यान्न सामाग्री सबै रसायनिक युक्त र विषादीयुक्त भएकाले खेल खेल्नु स्वास्थ्यका लागि प्रवर्धक हन्छ। अनुसाशनको लागि खेल खेल्नु अनुशासित भएर खेलखेल्न खेलाडीलाई अध्यक्ष यादवले आग्रह गरे।

प्रतिक्रिया दिनुहोस

मोटरसाइकल चालकलाई ट् ...

ओम प्रकाश यादव लहान, साउन ९ । जिल्ला प्रहरी कार्यालय तथा मातहतका सम्पूर्ण प्रहरी युनिटहरूमा मोटरसाइक ...

२ ग्राम ६७ मिलिग्राम ...

ओम प्रकाश यादव लहान, साउन ९। सिरहा प्रहरीले २ ग्राम ६७ मिलिग्राम खैरो हिरोइन जस्तो देखिने लागूऔषधसहि ...

स्वास्थ्य केन्द्रमै ...

कुलानन्द यादव सिराहा साउन ९ । सिरहाको भगवानपुर गाउँपालिकास्थित प्राथमिक स्वास्थ्य केन्द्र परिसर ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१