Siraha Times
ताजा समाचार

आयोजक टिम कुशहा रोयल ८४ रनले विजयी

  • फागुन २१, २०७७
  • १६९३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

सिरहा टाइम्स सम्वादाता लहान, २१ फागुन । सप्तरीको सुरुङ्गा नगरपालिका– ५ कुशहा स्थित रहेको खेल मैदान बिहिबार भएको पहिलो चरणको क्वाटर फाइनल खेलमा रोयल युवा क्रिकेट क्लब कुशहा ८४ रनले विजयी भएका छन् । निर्धारित १६ ओभरको खेलमा टस जितेर ब्याटिङ्ग रोजेको रोयल युवा क्रिकेट क्लब कुशहाले १६ ओभर खेल्दै बलान बिहुल गाँउ पालिका ४ –बेल्ही सुपर क्रिकेट टिमका सामु १ सय ७४ रनको लक्ष्य प्रस्तुत गरेका थिए । प्रतिउतरमा १सय ७५रनको लक्ष्य लिई मैदानमा उत्रिएका बेल्ही सुपर क्रिकेट टिमले १३ ओभरमा आफना सम्मपूर्ण विकेट गुमाउदै ९१ रनमा सिमित भएका थिए । रोयल युवा क्रिकेट क्लब कुशहा सप्तरीको अयोजनामा संचालित क्रिकेट म्याचमा सिरहा तथा सप्तरीको १६ वटा क्रिकेट टिमहरु सहभगी भएका छन् । खेलको उदघाट्न सुरुङ्गा नगरपालिकाको नगर प्रमुख मुतिmनाथ चौधरीले गरेका थिए । खेलको प्रथम तथा दृतिय पुरसकार स्थानिय समाज सेवी मोहम्द साबिर हुसेनले प्रथम पुरस्कार रु. ५१ ह्जार तथा द्धितिय पुरस्कार रु.३१ ह्जार प्रदान गरी सहयोग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

कृषकलाई एकताबद्ध गर् ...

रहमुल, लहान १० असोज । सिरहाको लहान नगरपालिका–२३ मा रहेको प्रगति कृषि सहकारी संस्था लिमिटे ...

आर्थिक अभावले घरमै प ...

रहमुल,लहान ११ असोज । आर्थिक अभावका कारण अस्पतालसम्म पुग्न नसकी घरमै असुरक्षित रूपमा शिशुलाई जन्म दिन ...

नालाको पानी निकासका ...

रामअधार यादव रौतहट असोज ११ । रौतहटको कटहरिया नगरपालिका–५ स्थित पोखरीनजिकै पानी निकासका लागि सड ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤