खाद्य संरक्षणको लागि करार खेती, लिबर्डले मुसहरहरुको जीवन परिवर्तन

  • जेठ ६, २०७५
  • १५३२ पटक पढिएको
  • सिराहा टाइम्स
alt

दिनेश्वर गुप्ता । नवसंग्राम दैनिक  लहान, ५ जेठ । ‘मन नै छोटो हुंदैन’ ‘लिबर्ड संस्थाले उपलब्ध गराएको तरकारी विउले खेती गर्न उत्साह बढेको छ ।’ यो कथन सिरहाको भगवानपुर १ निवासी रामविलास सदा हो । सदा अगाडि थप्छन्—‘तरकारी अत्ति धेरै उब्जे की फाल्मफाल भइरहेको छ ।’ ‘तर, ‘उचित मूल्य नपाएर समस्या भएको छ ।’ भगवानपुरमा ४० घरधुरीका मुसहर परिवारले करार खेती गरिरहेका छन् । प्रति एक परिवारलाई २ कठ्ठाको जग्गा उपलब्ध गराएको छ । त्यो खेती जग्गाको लागि केयर नेपाल र राष्ट्रिय कृषक समूहले तीन बर्षको लागि रकमको व्यवस्थापन गरिदिएको हो । मुसहर समुदायलाई आत्म निर्भर बनाउंन पछि उनीहरुले खेती जग्गाको रकम आफ्नै तरिकाले व्यवस्थापन गरिने भएको छ । तरकारी खेतीलाई निरन्तरन्ता दिन यस बर्ष भगवानपुर गाउंपालिकाले एक लाख सहयोग गरेको छ । रामरति सदाय भन्छीन्—‘यो दूई कठ्ठा खेती जग्गाले आफ्नो बुद्धि खोलिदियो ।’ ‘यो भाग्यले आएको जस्तो भएको छ ।’‘ यो संस्थाले मार्ग दर्शनको रुपमा हामीलाई ल्याऔं ।’‘पहिले सुतेर उठ्दा जनवैनको खोजी गर्थे ।’‘अहिले आफ्नो खेतीबारीबाट फुर्सत भए मात्रै अरुको काममा जान्छु ।’ Image may contain: 1 person, standing, plant, tree, outdoor and nature
खाद्य सुरक्षाको मुख्य आधार कृषि धरापमा पर्दै गएपछि यो परियोजना भगवानपुरमा लागु गरिएको हो । वन क्षेत्र विनाश तथा मरुभूमीकरणका कारण कृषि उत्पादन क्रमशः घट्दै जाने क्रमले भोकमरी र अनिकालको सम्भावना देखिएपछि सिरहाको भगवानपुरलगायत २६ वटा वडामा यस्तो समस्या छ । भगवानपुरमा १० बर्षको लागि एक साहुबाट ४ विघा जग्गा लिएर मुसहरहरु करार खेती गरिरहेका छन् । साहुको जग्गा कैयौ बर्षदेखि पर्तिपरात थियो । अहिले खेती हुन थालेपछि हराभरा भएको छ । बार्षिक प्रति कठ्ठा २२ सय रुपैयां तिर्दै आएको छ । 
४ बर्षदेखि गठन गरिएको दलित महिला कृषक समूहकी चम्पा सदाय भन्छीन्—‘दलितलाई शिक्षा र सुरक्षाको आवश्यकता छ ।’‘ यसले धेरै नै सहयोग पुगेको छ ।’ ‘बचत गर्न बानीको विकास पनिभएको छ ।
’‘बचत रकमबाट विउविजन र औषधीमा प्रयोग गर्छु ।’ 
उनीहरु कृषि उत्पादनबाट भएको आम्दानीबाट समूहमा कोष खडा गरेको छ । प्रति महिना कोषमा रकम जम्मा गर्दै आएको छ । तरकारीलगायत उनीहरु धान खेती समेत गर्दै आएको छ । रैथाने माछा संरक्षण र चाडै बृद्धि हुने गरेकोले लिबर्डको सहयोगमा त्यस समुदायमा सिमेन्टको माछा पोखरी ८ वटा व्यवस्थापन गरिएको छ भने खेतीको लागि सोलार दमकलको व्यवस्था गरिएको छ । धान र तरकारीसम्म सिंचाईको व्यवस्था गर्न डेलेभरी पाईपको समेत व्यवस्था गरिएको छ । त्यहां २ महिनामै राम्रो उत्पादन गर्न सकिने सुख्खा २ र ३ धान फलाउंदै आएको छ । सुख्खा २ र ३ धान उत्पादन गर्दा किरा र रोग नलाग्ने, फल नकुहिने, कम पानीमा बढी उत्पादन हुने, कम मलखाद्यले विषादी प्रयोगमा समेत न्यूनिकरण भएको छ । उनीहरु सिजन अनुरुप विउ पाएपछि फर्सी, लौका, करेला, भिण्डी, घिरौला, बोडीजस्ता तरकारी खेती गर्दै आएको छ । यस्तै कार्यक्रम भगवानपुर २ नहरा रिगौलमा संचालन रहेको छ । तीन बर्षसम्म केयर नेपाल, राष्ट्रिय कृषक समूह महासंघ र लिबर्डको साझेदारीमा कार्यक्रम संचालन रहेको भएपनि स्थानीय संस्था निसाय सहयोग समितिमार्फत कार्यक्रम गर्दै आएको छ । त्यहां लक्ष्मीनारायण माछा कृषक समूह, लक्ष्मीनारायण महिला कृषक समूह र कृषक समूहको सक्रियतामा कार्यक्रम भइरहेको छ । भगवानपुर २ का वडा अध्यक्ष तेजनारायण चौधरी भन्छन्—‘कृषि उत्पादनमा वृद्धि भएको छ ।’ ‘दलित गरिबहरुमा आयआर्जन र बचत गर्ने बानी विकास भएको छ ।’‘एक पटक अझै यो कार्यक्रम थपेको भए भविष्य सार्थक हुन्थ्यो ।’ Image may contain: 14 people, people smiling, people sitting
त्यहांका कृषकहरुलाई सुख्खा धानको विउ, तरकारीको विउ, गोवरग्यास प्लान्ट ६ वटा, कृषि सम्बन्धी तालिम, सिमेन्ट पोखरी ८ वटा, आंप, लिची, कागतीलगायतको विरुवा, जैविक विषादी सम्बन्धि तालिम, जलवायु अनुकुल योजना, खानेपानीको लागि ट्वेल, चार इन्चको स्यालो ट्वेल, मोटर ६ वटा, डेलेभरी पाईप, शितलहरबाट बाच्न कम्बल, झुल, पोखरी संरक्षणको लागि सरसफाई, बीमा,आयआर्जनको लागि बाख्रा पालन र बोकाको व्यवस्था गरिएको छ । त्यहां पनि चार विघामा करार खेती भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस

सप्तरीको सुरूंगामा ब ...

रासिन्द्र यादव लहान साउन २६। बालबालिका केन्द्रित सार्वजनिक सेवाको गुणस्तर विषयक बालकचहरी कार्यक्रम स ...

बारागढी गापामा नेशनल ...

बीरगंज २४ साउन। नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल, बीरगंजको आयोजनामा र बारागढी गाउँपालिका, खोपवाक ...

जिल्ला समन्वय समिति ...

लहान साउन २३ । जिल्ला समन्वय समिति महासंघ मधेस प्रदेश अन्तर्गतका आठ वटै जिल्लाका जिल्ला समन्वय प्रमु ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१