Siraha Times
ताजा समाचार

धनुषामा नेपाल रजक सेवा समाजद्वारा आदर्श विवाह सप्पन्न

  • फागुन १८, २०७७
  • २४९३ पटक पढिएको
  • रामएकवाल राम
alt

महोत्तरी।नेपाल रजक सेवा समाजद्वारा आदर्श विवाह सप्पन्न भएका छन।धनुषामा दाइजो प्रथालाई चुनौती दिदै आदर्श विवाह सम्पन्न भएको छ । धनुषाको औरही गाउँपालिका -२देउरी प्रवाह का श्री भोला साफीको छोरी रिना कुमारी र महोत्तरी बर्दिबास नगरपालिका १४बस्ने श्री रामविलास बैठाको छोरा गोबिन्द बैठा बीच गत आइतबार आदर्श विवाह सम्पन्न भएको छ ।

मधेशमा समाजिक समस्यको रुपमा रहेकोे दाइजो प्रथालाई चुनौती दिदै बेहुला गोबिन्द बैठाले आदर्श विवाह गर्नुभएको हो । मधेशमा विपन्न देखि हुनेखाने परिवारिक पृष्ठभूमि बोकेका युवाले विवाहमा दहेज प्रथालाई प्रोत्साहन गरिरहेको र अझै सरकारी जागिरे केटाको दहेज मागले समाज अक्रान्त बनिरहेको बेला बैठाले आदर्श  विवाह गरेर समाजमा सकारात्मक संदेश दिएको रजक सेवा समाजका महासचिव नर्सिङ रजकले जानकारी

मधेशमा रहेको दाइजो प्रथालाई न्यूनीकरण गर्नका लागि सकारात्मक एवं रचनात्मक भूमिका खेल्नु अपरिहार्य रहेको उहाँले बताउनुभयो । हामी सबैले अठोट गरेमा समाजमा रहेको विद्यमान कुरिती, कुसंस्कृती, अन्धविश्वास र असमानता बिस्तारै न्यूनीकरण भएर जाने विश्वास लिइएको उहाँले बताउनुभयो । साथै वैवाहिक बन्धनमा बाधिएकि बेहुली रिना र बेहुला रामबिलाशलाई वैवाहिक जीवनको हार्दिक बधाई तथा सुखद नवदाम्पत्य जीवनको सफलताको मंगलमय शुभकामना समेत उहाँल व्यक्त गर्नुभयो । 

प्रतिक्रिया दिनुहोस

लहानमा पत्रकार विरेन ...

रहमुल, लहान, २ असोज । पत्रकार तथा सञ्चारकर्मी विरेन्द्र नेपालको पहलमा लहानमा सुविधा सम्पन्न अफसेट सञ ...

नुवाकोटका बाढीपीडितक ...

रहमुल, लहान, २ असोज । बाढीका कारण प्रभावित नुवाकोटका परिवारलाई लक्षित गर्दै Helping Heart Nepal ...

धनगढीमाई नगरपालिकाको ...

सिराहा, असोज १ । धनगढीमाई नगरपालिकाले आफ्नो ११औँ स्थापना दिवस तथा सीप, श्रम, शिल्पकार र निर्माणका आव ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१