महोत्तरीकाे पिपरा गाउँ पालिका वडा नं ४ पर्ने दलित राष्ट्रिय अधारभुत प्राथमिक विधालयमा विद्यार्थीहरुलाई आयाेडिनकाे कमी र त्यसको नियन्त्रण सम्बन्धि प्रशिक्षण दिएकाे छ । प्रोग्राम फेसिलेटर गिता दासले शरिरमा आयाेडिन कमी भएकाे असर पर्ने र आयाेडिन कमी हुन बाट कसरी बचने बारे मा जानकारी दिनुभयो । प्रोग्राम फेसिलेटर गिता दासले नुनमा आयाेडिन भए नभएको कसरी पता लगाउने किन नुनमा आयाेडिन मिसाएर बेचिनछ बारे उनले जानकारी दिनुभयो । आयाेडिनकाे स्रोतहरु के के हुन किन नेपालमा आयाेडिनकाे कमी हुनछ । सरकारले फ्रेबअरीु महिनालाई आयोडीनको कमीले हुने विकृतिबारे सचेतना फैलाउने महिनाका रुपमा मनाउन शुरु गरेको थियोे ।
महोत्तरी दलित जनजाति उथान संघले आज कार्यक्रमको आयोजना गरेर यो अभियानबारे जानकारी दिएको हो । कार्यक्रममा प्रोग्राम फेसिलेटर गिता दासले नून थोरै खाऔं तर सही मात्रामा आयोडीन भएको दुई बालबालिका चिन्ह भएको पाकेटको नून मात्र खाऔं” उनलेे बताएका छिन । सातै प्रदेश र ७५३ स्थानीय तहमा स्थानीय परिस्थितिलाई ध्यानमा राखेर जनचेतनामुलक कार्यक्रमहरु गरि रहेको जानकारी दिए । प्रोग्राम फेसिलेटर गिता दासले आयोडिन शरीरलाई दैनिक रुपमा नभई नहुने सुक्ष्म पोषक तत्व रहेकाले आवश्यक मात्रामा आयोडिनको प्रयोग गर्न सबैमा आग्रह गरेका छन । आयोडिनको कमीबाट हुने स्वास्थ्य समस्याको उपचार नरहेको भन्दै दुई बालबालिका चिन्ह् आयोडीन मात्रै खान अनुरोध गरे । प्रोग्राम फेसिलेटर गिता दासकाे अनुसार मानिसलाई जन्मेदेखि ५९ महिनाका बालबालिकालाई ९० माइक्रो ग्राम,६ देखि १२ वर्षका बालबालिकालाई १२० माइक्रो ग्राम वयस्कलाई १५० माइक्रो ग्राम,गर्भवती र सुत्केरीलाई २५० माइक्रोग्राम आयोनुनको आवस्यकता पर्दछ । तर यसको प्रयोग बढी गर्नु भने हुँदैन ।
नेपालमा आयोडीनको कमीले हुने विकृतिहरु सन् १९६० को दशक देखि नै एक जनस्वास्थ्यका रुपमा पहिचान गरिएको थियो । नेपालको भौगर्भिक बनावटले गर्दा माटोको उपल नसक्ने हुनाले यो समस्या देखिइरहेको थियो । यसले गर्दा, नेपालका दशकसम्म आइपुग्दा पनि आयोडीनको कमीले गर्दा हुने विकृतिहरु जस्तैः गलगाँड,शारीरिक र मानसिक रुपले क्रेटिनिज्म भनिने लाटो लठ्यौरोपन देखिइरहेको थियो । गर्भवती आमाहरुमा यसको कमी हुँदा उनीहरुको गर्भमा रहेको बच्चा बच्चा तुहिने जस्ता समस्या हुनका साथै उनीहरुबाट जन्मने बालबालिकाको शारिरिक र मानसिक विकाश राम्रो नहुनुनाले उनीहरुको पठन पाठनमा पनि असर पर्न जान्छ । यसको मुख्य कारण नेपालमा उत्पादन हुने खाद्य वस्तुमा आयोडीन नहन र यस्तो खाद्य वस्तु खाने मानिस तथा जनावरले खानेकुराबाट पर्याप्त नपाउनु हो । आयोडीन मानिसलाई शारिरका प्रक्रियाहरु सञ्चालन गर्न, वृद्धि र विकास गर्नका लागि आवश्यक पर्ने एक खनिज तत्व हो ।
आयोडिन मानिसलाई दैनिक रुपमा थोरै मात्रामा चाहिने तर नभइ नहुने पोषक तत्व हो । त्यसैले यसलाई सुक्ष्म पोषक तत्व भनिन्छ । सामान्यतयाः एक वयस्क मानिसलाई दैनिक रुपमा १५० माइक्रोग्राम आयोडिन चाहिने बताए । यो सूक्ष्म पोषक तत्व मानिसको शररिमा थाइरोइड हर्मोनहरु उत्पादन गर्नका लागि चाहिन्छ,जसको मुख्य कामा मानिसले खाएको खानालाई शरीरमा अपशोषण गर्ने मेटाबोलिक प्रणालीमा सहयोग गरी शरीरलाई शक्ति प्रदान गर्नु हो । आयोडीन अन्य पोषक तत्वहरु जस्तै मानिसको शरीरमा उपयुक्त सन्तुलित मात्रामा चार तत्वको मात्रा कम भएमा आयोडीनको कमीले हुने विकृतिहरु हुन्छ भने, यसको मात्रा बढी भएमा शरीरमा नकारात्मक असर पर्न गई हाइपरथाइरोइडिज्म र अटोइम्युन थाइरोइड रोग जस्ता समस्या देखिन सकिने बताए ।
प्रतिक्रिया दिनुहोस
मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१
मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१
Copyright © 2016 / 2024 - Sirahatimes.com All rights reserved
Website By : Hash Tech Logic