सिरहाको लहानमा सहिद मेला सम्पन्न मधेश: बादीदलमा आन्तरिक कल्ह

लहानमा ओलियो मधेस बादीदलहरुको जनसागर : सहिद परिवारको बेवास्ता

  • माघ ६, २०७७
  • ७६९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा लहान ६ माघ - सिरहाको लहानमा २०६३ माघ ५ गते मधेश आन्दोलनको क्रममा सिरहाको तत्कालीन गाबिस मझौरा वडा नम्बर ५ हाल नबराजपुर गाउँ पालिका वडा नम्बर ३ को रबि महतो को कान्छो छोरा विद्यार्थी रमेश महतो सहिद भएका थिए।पहिलो सहिद महतोको सम्झनामा मधेसी राजनीति दलहरुले प्रत्येक बर्ष माघ ५ गतेका दिन सिरहाको लहानमा बलिदानी दिवस मनाइँदै आएको छ। प्रदेश २ सरकारले सोमबार ‘बलिदानी दिवस’को दिन बिगत ३ वर्ष देखि माघ ५ गतेलाई प्रदेश सरकारले सार्वजनिक बिदा दिने गरेका छन् ।

सोही समय मधेसमा भने अर्को आन्दोलनको बीजारोपण भइरहेको थियो। असन्तुष्टि थियो– नेपालको प्रत्येक अधिकार प्राप्तिका आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेको मधेसको अधिकारका लागि कुनै पनि दल वा सरकारले गम्भिरता देखाएनन्। आन्दोलनको झिल्को बालेको थियो उपेन्द्र यादवले गठन गरेको मधेसी जनअधिकार फोरमले।अर्का मधेस आन्दोलनकारी युवा दिनेश्वर प्रसाद गुप्ताले , कृष्ण बहादुर यादव,राज लाल यादव, राज कुमार गुप्ता राजु, परियाग लाल यादव,रामउदगार यादव साने,राम चलितर महतो ,शत्रुधन महतो कोईरी ,दिनेश महतो, दिपेश यादव, भरत साह ,राम बहादुर महतो, रिझन यादव, सरिता राम,ललिता दास ,रिता यादव, राकेश रोशन गुप्ता , राम पुकार यादव, रामउदगार महतो,प्रमोद महतो ,रामु महतो, मनोज यादव मनजे ,बिजय यादव, विवेक दास लगायत सयौं युवा नेताहरु पछाडि थिए।

 

आन्दोलन सफल भएर देश संघीयता मा मोड लिएको छ । अहिले उनिहरुको बिचल्ली भएको छ। अहिले हामीहरु राजनीति केहि नेताहरुको ब्यक्तीगत स्वास्थको कारण आफु पछाडि परेको पत्रकार महेश सिंह महतो लाई अभिब्यक्ती दिएका थिए।‘मधेसी’को अवस्था पनि फरक छैन। नेपाल सरकारको अर्थ मन्त्री बिजय यादव र कृषि मन्त्री सैलेन्द्र साहको समेत उपस्थिति रहेको थियो । मन्त्री साहको अनुसार लहान भनेको आन्दोलनको उदगम बिन्दु हो । मधेस आन्दोलनको पहिलो सहिद लहान मै भएको ले हामी सबै मधेस बादी राजनीति पार्टीहरुले लहानमा प्रत्येक सहिद हरुको सम्मानको लागी घाटना भएको दिन सम्झिन छौँ । उक्त सहिद हरुको सालिकमा फुल अबिर अर्पण गरी श्रद्धाञ्जली मनाउने गरेका छौँ ।

मधेस अधिकारको आन्दोलनमा आफ्नो सारा ऊर्जा लगाएका पत्रकार महासंघ सिरहाको सभापति गुप्ता र यादव पुर्व ले अर्जेको पैत्रिक सम्पत्ति बेचदै त्यो पैसाले घरपरिवार चलाउँछन्। अर्थात् उनले कुनै लाभको पद पाएनन्। आखिर मधेस आन्दोलन गरेर दु:ख मात्र पाए उनिहरुको भनाई छ । यिनिहरु नै लहान आन्दोलनका अग्रज ब्यक्तीहरु थिए । केन्द्रिय उप महासचिब प्रकाश अधिकारी लगायत कृषि मन्त्री सैलेन्द्र साह ,अर्थ मन्त्री बिजय यादव लगायतका हजारौं पार्टीका नेताहरुले लहान स्थित रहेको सहिदको सालिकमा माला अर्पन गरी सहिद लाई सम्मान र श्रद्धाञ्जली मेला मनाएका थिए ।

अर्को जनता समाज बादी पार्टीका सितल साह, बलिराम यादव ,नेतृ भार्ति गुप्ता , बिनिता चौधरी सन्ध्या पासमान, मनोज यादव मन्जे, भोगि पासमान लगायतका नेताहरुले लहानको सडक बिभाग बाट निकालीएको रयाली नगर् परिक्रमा गरी सहिद रमेश महतो लगायतका सालिकमा माला अर्पण गरी कोण सभामा परिन गरेका थिए । अर्को सिके राउत नेतृत्व को जनमत पार्टीका बिशाल रयाली र श्रद्धाञ्जली सभा रहेको थियो । अर्को जनमत पार्टी बाट छुट्टीएका कैलास महतो नेतृत्वका एक समुहले सहिद हरुलाई माला अर्पण गरी लहान स्थित रहेको लक्षमण ललिता कुशवाहा उच्च माध्यमिक बिधालयमा मंचिग्ङ कार्यक्रम रहेको युवा नेता देब कान्त सिंहले जानकारी दिनु भयो।

डा. सीके राउत नेतृत्वको जनमत पार्टीले भने लहानको पशुपति आदर्श उच्च माध्यमिक बिध्याल्यको प्राङ्गणमा ठुलो श्रद्धाञ्जली सभाको आयोजना गरेको थियो । सबै राजनीति दलका नेता मन्त्रीहरुले सहिद हरुको चर्चा गरेका थिए भने सहिद परिवारहरुको नेता प्रतिको क्रेज घटेको देखिएको थियो । मधेसमा चाहेको जस्तो विकासको अनुभूति हुन सकेन। मधेसी जनताले काठमाडौंका शासकको भन्दा पृथक शासन सोचेका थिए, तर त्यस्तो हुन सकेको छैन,’ उनी भन्छन्। भने मधेस र मधेसी जनताले आन्दोलनबाट केही नगुमाएको तर्क गर्छन्। बरु केही मधेसी नेताहरुले विश्वास गुमाएको उनले स्वीकार गरे।

 

प्रतिक्रिया दिनुहोस

मापदण्ड विपरीत रासाय ...

रहमुल, लहान ९ पुस । सुक्खा खडेरी व्यवस्थापन, खाद्य सुरक्षा तथा जलवायु सहनशीलता अभिवृद्धिका लागि बाली ...

क्यान्सर पीडित दासला ...

ओम प्रकाश यादव लहान पुष ९ । सिरहा सेवा समाज, कतारले क्यान्सर रोगबाट पीडित एक नागरिकलाई उपचारका लागि ...

दलित जनकल्याण युवा क ...

ओम प्रकाश यादव लहान, पुष ७ । दलित जनकल्याण युवा क्लब लहान, सिरहाको १९औँ वार्षिक सामाजिक लेखाजोखा कार ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१