मधेश आन्दोलनको १४ वर्ष पूरा, आन्दोलनको सम्झनामा आज बलिदानी दिवस मनाइँदै

  • माघ ५, २०७७
  • ६८९ पटक पढिएको
  • रामएकवाल राम
alt

काठमाडौं : मधेश आन्दोलनका शहीदहरुको सम्झनामा आज प्रदेश नम्बर दुईमा बलिदानी दिवस मनाइँदैछ । प्रथम मधेश विद्रोहको क्रममा २०६३ माघ ५ गते सिरहाको लहानमा रमेश महतोले दिएको प्रथम बलिदानीको सम्झनामा मधेश केन्द्रित दलले माघ ५ गतेलाई बलिदानी दिवसको रुपमा मनाउँदै आएका छन्।madhesh

दिवसको अवसरमा औपचारिक कार्यक्रम समेत आयोजना गरिएको छ । बलिदानी दिवसको अवसरमा प्रदेश २ सरकारले आज सार्वजनिक बिदा दिएको छ । मधेस आन्दोलनको १४ वर्ष पूरा भएको छ ।

२०६३ मा तत्कालीन मधेशी जनअधिकार फोरम नेपालका संयोजक उपेन्द्र यादवलगायतका नेताहरुले अन्तरिम संविधानको प्रतिलिपि जलाएर आन्दोलन शुरु गरेका थिए । लहानस्थित लिटिल स्टार बोर्डिङ स्कुलमा अध्यनरत सिरहा मझौराका विद्यार्थी रमेश महतोको मृत्यु भएपछि मधेशमा आन्दोलन चर्किएको थियो ।139632114_459934528702509_1208367597990389007_n

 

 

 

 

 

 

 

 

आन्दोलन चर्किएपछि तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारले मधेसी मोर्चासँग सम्झौता गरेको थियो ।

सम्झौतापछि र नयाँ संविधान जारी गरेपछिपनि मधेशमा संविधान संशोधनबारेमा थुप्रै पटक आन्दोलन भएका छन् । मधेश केन्द्रित दलले संविधानमा आफ्ना अधिकार र माग अझै नसमेटिएको बताउँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस

पत्रकारिता न्यायको ख ...

ओम प्रकाश यादव, लहान, साउन १३ । जिल्ला समन्वय समिति सिरहाका प्रमुखको घरबारे सामाजिक सञ्जालमा हालै दे ...

एनआरएनए एनसीसी कतारक ...

रामएकवाल राम दोहा , कतार :- गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् कतारको ११ औ राष्ट्रिय एकत ...

कतारमा पत्रकार रामएक ...

दोहा, कतार - वैदेशिक रोजगारीसँगै दुई दशकदेखि पत्रकारितामा क्रियाशील सिराहाका पत्रकार रामएकवाल राम उत ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१