Siraha Times
ताजा समाचार

मधेश आन्दोलनको १४ वर्ष पूरा, आन्दोलनको सम्झनामा आज बलिदानी दिवस मनाइँदै

  • माघ ५, २०७७
  • ८४२ पटक पढिएको
  • रामएकवाल राम
alt

काठमाडौं : मधेश आन्दोलनका शहीदहरुको सम्झनामा आज प्रदेश नम्बर दुईमा बलिदानी दिवस मनाइँदैछ । प्रथम मधेश विद्रोहको क्रममा २०६३ माघ ५ गते सिरहाको लहानमा रमेश महतोले दिएको प्रथम बलिदानीको सम्झनामा मधेश केन्द्रित दलले माघ ५ गतेलाई बलिदानी दिवसको रुपमा मनाउँदै आएका छन्।madhesh

दिवसको अवसरमा औपचारिक कार्यक्रम समेत आयोजना गरिएको छ । बलिदानी दिवसको अवसरमा प्रदेश २ सरकारले आज सार्वजनिक बिदा दिएको छ । मधेस आन्दोलनको १४ वर्ष पूरा भएको छ ।

२०६३ मा तत्कालीन मधेशी जनअधिकार फोरम नेपालका संयोजक उपेन्द्र यादवलगायतका नेताहरुले अन्तरिम संविधानको प्रतिलिपि जलाएर आन्दोलन शुरु गरेका थिए । लहानस्थित लिटिल स्टार बोर्डिङ स्कुलमा अध्यनरत सिरहा मझौराका विद्यार्थी रमेश महतोको मृत्यु भएपछि मधेशमा आन्दोलन चर्किएको थियो ।139632114_459934528702509_1208367597990389007_n

 

 

 

 

 

 

 

 

आन्दोलन चर्किएपछि तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारले मधेसी मोर्चासँग सम्झौता गरेको थियो ।

सम्झौतापछि र नयाँ संविधान जारी गरेपछिपनि मधेशमा संविधान संशोधनबारेमा थुप्रै पटक आन्दोलन भएका छन् । मधेश केन्द्रित दलले संविधानमा आफ्ना अधिकार र माग अझै नसमेटिएको बताउँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस

नेशनल मेडिकल कलेजमा ...

रंजित चौरसिया, वीरगंज १२ असार। नेशनल मेडिकल कलेज, वीरगञ्जको आयोजनामा तथा इन्स्टिच्युट अफ मेडिसिन (आई ...

खडक नगरपालिकाद्वारा ...

ओम प्रकाश यादव लहान, असार १२ । सप्तरीको खडक नगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरूको जीवनयापन सहज बनाउ ...

खडक–५ बालमैत्री स्था ...

ओम प्रकाश यादव लहान, असार ११ । सप्तरी जिल्लाको खडक नगरपालिका वडा नं. ५ लाई औपचारिक रूपमा ‘बाल ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१