Siraha Times
ताजा समाचार

लुम्बिनी चिनी मिलका संचालक मनोज अग्रवाल वीरगन्जबाट पक्राउ

  • पुस १६, २०७७
  • ११२४ पटक पढिएको
  • रामएकवाल राम
alt

वीरगन्ज । नवलपरासीको सुनवलस्थित लुम्बिनी चिनी मिलका संचालक मनोज अग्रवाल वीरगन्जबाट पक्राउ परेका छन् । उखु किसानको बक्यौता तिर्न रहेका चिनी मिलका संचालकविरुद्ध सरकारले पक्राउ पूर्जी जारी गरेपछि फरार रहेका अग्रवाललाई बिहीबार बिहान वीरगन्जबाट प्रहरीले पक्राउ गरेको हो ।

नेपाल प्रहरीको अपराध महाशखाको टोलीले जिल्ला प्रहरी कार्यालय पर्सासँग समन्वय गरी अग्रवाललाइ पक्राउ गरेको हो । प्रदेश २ का प्रहरी प्रमुख प्रहरी नायव महानिरिक्षक धिरज प्रताप सिंहले अपराध महाशाखा बानेश्वरको आग्रहमा पर्सा प्रहरीले अग्रवाललाई वीरगन्जबाट पक्राउ गरेको जानकारी दिए ।

पर्साकी प्रहरी उपरीक्षक गंगा पन्तले भने आवश्यक अनुसन्धानका लागि अग्रवाललाई प्रहरी कार्यालयमा बोलाइएको बताइन् । उनले भनिन्, ‘प्रहरीले पक्राउ गरेको चाहि होइन, जिल्ला प्रहरी कार्यालय नवलपरासीको आग्रहमा अग्रवाललाई सोधपुछका लागि बोलाइएको हो, त्यसका लागि उहाँ आफै नवलपरासी प्रहरी कार्यालयमा जानुहुनेछ ।’

नवलपरासीको सुनवल स्थित लूम्बीनी चिनी मिल सुशिला गोयलको नाममा दर्ता छ । तर अंशबन्डा हुँदा सुशिलाका जेठाजू मनोज अग्रवालको भागमा चिनी मिल परेको थियो । यसअघि चिनी मिलको स्वामित्व विवाद हुँदा उखु किसानको रकम बक्यौता रहन गएको चिनी मिल व्यवस्थापनले जनाएको थियो । लुम्बिनी चिनी मिलले उखु किसानलाई करिब १७ करोड रुपैयाँ भुक्तानी दिन बाँकी छ।

प्रतिक्रिया दिनुहोस

नेशनल मेडिकल कलेजमा ...

रंजित चौरसिया, वीरगंज १२ असार। नेशनल मेडिकल कलेज, वीरगञ्जको आयोजनामा तथा इन्स्टिच्युट अफ मेडिसिन (आई ...

खडक नगरपालिकाद्वारा ...

ओम प्रकाश यादव लहान, असार १२ । सप्तरीको खडक नगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरूको जीवनयापन सहज बनाउ ...

खडक–५ बालमैत्री स्था ...

ओम प्रकाश यादव लहान, असार ११ । सप्तरी जिल्लाको खडक नगरपालिका वडा नं. ५ लाई औपचारिक रूपमा ‘बाल ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१