Siraha Times
ताजा समाचार

प्रदेश १ मा मुख्यमन्त्री राई बिरुद्ध अविस्वासको प्रस्ताव दर्ता

  • पुस १२, २०७७
  • ६२० पटक पढिएको
  • रामएकवाल राम
alt

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राई विरुद्धको अविश्वासको प्रस्ताव दर्ता भएको छ । उक्त प्रस्तावमा प्रारम्भमा ३७ जना सांसदले हस्ताक्षर गरेको स्रोतले जनाएको छ । अन्य सांसदहरुले पछि हस्ताक्षर गर्ने बुझिएको छ ।


नेकपाको प्रचण्ड माधव पक्षले दर्ता गराएको प्रस्तावमा मुख्यमन्त्रीमा भीम आचार्य प्रस्तावित गरिएको छ ।
आज संसद सचिवालयमा मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएको हो ।

नेकपा संसदीय दलका उपनेता टंक आङ्बोहाङको नेतृत्वको टोली संसद सचिवालय पुगेको थियो ।
उक्त प्रस्तावको प्रस्तावक इन्द्र बहादुर आङ्बो र समर्थकमा लछुमन तिवारी रहनु भएको छ ।

९३ सदस्य रहेको प्रदेशसभामा नेकपाको ६७ जना सदस्य छन् । पार्टी विभाजनपछि ओली समूहमा १९ र प्रचण्ड–माधव समूहमा ४८ जना सदस्य छन् । प्रदेशसभामा नेपाली काँग्रेसको २१, जसपाको ३, संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्चको १ र राप्रपाको १ सदस्य छन् ।

प्रतिक्रिया दिनुहोस

खडक–५ बालमैत्री स्था ...

ओम प्रकाश यादव लहान, असार ११ । सप्तरी जिल्लाको खडक नगरपालिका वडा नं. ५ लाई औपचारिक रूपमा ‘बाल ...

खडक नगरपालिकाको १८औँ ...

ओम प्रकाश यादव लहान, असार ११ । “खडक नगरपालिकाको अभियान, समाजवाद उन्मुख आधार निर्माण” भन् ...

सीपमूलक तालिमपछि आत् ...

ओम प्रकाश यादव लहान, असार ११। सिरहाको लहान नगरपालिका वडा नम्बर ९ मा स्थानीय महिलाहरूको आर्थिक सशक्ति ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१