Siraha Times
ताजा समाचार

जनकपुरको मिथिला डिपार्टमेन्टल स्टोरमा भीषण आगलागी

  • पुस ९, २०७७
  • ७८२ पटक पढिएको
  • रामएकवाल राम
alt

जनकपुरधाम - जनकपुरधामको मिथिला डिपार्टमेन्ट स्टोरमा आगलागी भएको छ । बिहीबार बिहान साढे १० बजेदेखि लागेकाे आगो अहिलेसम्म नियन्त्रणमा आउन सकेको छैन । 

आगो निभाउन जनकपुर विमानस्थलको वारुण यन्त्रसहित चार वटा वारुण यन्त्रले आगो नियन्त्रणमा लिने प्रयास गरिरहेको धनुषाका प्रहरी उपरीक्षक रमेश बस्नेतले जानकारी दिए । 

जनकपुरधाम उपमहानगरपालिकको वारुण यन्त्र खराब भएपछि अन्य नगरपालिकाका वारुण यन्त्र जनकपुर ल्याएर आगो निधाउने प्रयास गरिएको बस्नेतले बताए । 

जनकपुरधामको शिव चोकस्थित मिथिला डिपार्टमेन्ट स्टोरको पहिलो तल्लाबाट आगलागी सुरु भएको थियो । आगलागीबाट पहिलो तल्ला र दोस्रो तलामा भएका पसलका सामान जलेर पूणरुपमा नष्ट भएको छ । 

भुइतलामा रहेका सामन सुरक्षित स्थानमा सारिएको छ । क्षतिको विवरण आउन बाँकी छ । 

प्रतिक्रिया दिनुहोस

लहानमा पत्रकार विरेन ...

रहमुल, लहान, २ असोज । पत्रकार तथा सञ्चारकर्मी विरेन्द्र नेपालको पहलमा लहानमा सुविधा सम्पन्न अफसेट सञ ...

नुवाकोटका बाढीपीडितक ...

रहमुल, लहान, २ असोज । बाढीका कारण प्रभावित नुवाकोटका परिवारलाई लक्षित गर्दै Helping Heart Nepal ...

धनगढीमाई नगरपालिकाको ...

सिराहा, असोज १ । धनगढीमाई नगरपालिकाले आफ्नो ११औँ स्थापना दिवस तथा सीप, श्रम, शिल्पकार र निर्माणका आव ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१