Siraha Times
ताजा समाचार

सर्लाहीमा आगलागीबाट चार पसल जलेर नष्ट, एक करोडको क्षति

  • मंसिर २९, २०७७
  • ५९३ पटक पढिएको
  • रामएकवाल राम
alt

मलंगवा : सर्लाहीको हरिवन नगरपालिका ११ स्थित आगलगी हुँदा चार वटा पसल जलेर नष्ट भएका छन् ।आगलागीबाट करिब एक करोड बराबरको क्षति भएको पीडितहरुले बताएका छन् ।

आइतबार मध्यरातमा भएको आगलगीबाट सोही स्थानका कमल कार्कीको एक तल्ले घरमा पसल गर्दै आएका महेश साहको कपडा पसल तथा गोदाम, कैलाश साह, संजय साह र सुनिल साहको कपडाको पसल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

आगलगीमा परी घरमा आंशिक क्षति भए पनि कपडा पसल पूर्ण रुपमा नष्ट भएको प्रहरी कार्यालयले जनाएको छ । मानवीय तथा चौपाय क्षति भने भएको छैन ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी स्थानीय बासिन्दा र बारुण यन्त्रको सहयोगमा सोमबार बिहान २ बजे आगो नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । आगलागी कसरी भयो भन्ने अझै खुल्न सकेको छैन । प्रहरीले क्षतिको यकिन विवरण तथा घटनाबारे थप अनुसन्धान गर्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

लहानमा पत्रकार विरेन ...

रहमुल, लहान, २ असोज । पत्रकार तथा सञ्चारकर्मी विरेन्द्र नेपालको पहलमा लहानमा सुविधा सम्पन्न अफसेट सञ ...

नुवाकोटका बाढीपीडितक ...

रहमुल, लहान, २ असोज । बाढीका कारण प्रभावित नुवाकोटका परिवारलाई लक्षित गर्दै Helping Heart Nepal ...

धनगढीमाई नगरपालिकाको ...

सिराहा, असोज १ । धनगढीमाई नगरपालिकाले आफ्नो ११औँ स्थापना दिवस तथा सीप, श्रम, शिल्पकार र निर्माणका आव ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१