Siraha Times
ताजा समाचार

नेकपा स्थायी कमिटी बैठक मंसिर २८ सम्म स्थगित : केन्द्रीय समिति बैठक पुस ५ गतेलाई सर्‍यो।

  • मंसिर २१, २०७७
  • ५६६ पटक पढिएको
  • रामएकवाल राम
alt

काठमाडौं : सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटी बैठक सात दिनलाई स्थगित गर्दै सम्पन्न भएको छ। अर्को बैठक मंसिर २८ गते बस्नेगरी आजको बैठक सम्पन्न भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए। 

बैठकमा सबै स्थायी कमिटी सदस्यलाई अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेश गरेका प्रतिवेदन र पत्र अध्ययनका लागि वितरण गरिएको छ। 

स्थायी कमिटी बैठक लम्बिने देखिएपछि २५ गतेका लागि बोलाइएको केन्द्रीय समिति बैठक पुस ५ गतेको लागि सार्ने निर्णयसमेत बैठकले गरेको प्रवक्ता श्रेष्ठले बताए।

आइतबारको बैठकमा एक पत्र पठाउँदै अध्यक्ष ओली भने अनुपस्थित भएका हुन्। ओलीको पत्रमा अध्यक्ष प्रचण्डले कात्तिक २८ गते सचिवालय बैठकमा पेश गरेको राजनीतिक प्रतिवेदन फिर्ता हुनुपर्ने अडान राखेका छन्।

प्रतिक्रिया दिनुहोस

एक सातादेखि अस्पताल ...

लहान, ७ असोज । एक सातादेखि उपचार तथा स्वास्थ्य परीक्षणका लागि राउ स्मारक प्रादेशिक अस्पताल धाइरहेकी ...

रसुवा बाढीपीडितका ला ...

ओम प्रकाश यादव लहान, ७ असोज । प्राकृतिक विपत्तिमा परेका नागरिकको दुःखमा साथ दिनु सामाजिक तथा मानवीय ...

लागूऔषध सेवन गरी सवा ...

रहमुल, लहान, ७ असोज । सवारी दुर्घटना न्यूनीकरण तथा सुरक्षित यात्राका लागि जिल्ला ट्राफिक प्रहरी कार् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१