जनप्रतिनिधि बाटै कुटिए दलित परिवार

  • मंसिर २, २०७७
  • ९२७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

सिरहा टाईम्स ०२ मंसिर । सिरहाको धनगढीमाई नपा ७ कसहाका दलित परीवारमाथि कुटपीट भएको छ । गत सोमबार वडाअध्यक्ष गनपैत यादव र उनका भाईका छोराहरु मनोज यादव, भरत यादव, दिलिप यादव र दिपन यादवले गाउँकै ४० वर्षिय सागरदेवी साफी, छोरा उमेश, रञ्जित, उनकै जेठाजु ५० वर्षिय मागैन सफी र भतिजो शुदिप साफीलाई कुटपीट गरेको हो । उनिहरुमध्ये सागरदेवीको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ । उनको टाउकोमा गम्भिर चोट लागेको छ । उनको टाउको फूट्दा ९ वटा टाँका लगाएको स्वास्थ्य केन्द्रले जनाएको छ । उनीहरु सवैको स्थानीय निजी क्लिनिकमा उपचार भईरहेको छ । सुदिप र रञ्जित साफीले निरपैत यादवका ट्याक्टर चलाउँदै आएका थिए । गागन खोलामा ट्क्याक्टरमा बालु भर्ने क्रममा हाइड्रोलिक पाइप खुम्चेको विषयमा निरपैतको छोरा भरतले सुदिप र रञ्जितलाई कुट पीट गरेका थिए । उनीहरुलाई कुटेर घर फर्केका भरतले उनकै घरमा रहेको सुदिपको स. ८ प २०३७ नम्वरको मोटरसाइकल तोडफोड गरेको छ । उनले खुकुरीले हालेर मोटरसाइकलको ट्याङ्की, भाइजर फूटाएको प्रहरीले बताए । अस्थाई प्रहरी विट, धनगढीमाई नपा ८ कसहाका प्रमुख कमल कुमर कुमार भट्टराईले विहानको विषयमा मोटरसाइकल बनाईदिने भनी सहमति भएको बताएपनि बेलुका फेरी झगडा भएको बताए । बेलुको झगडाको विषयमा अनुसन्धान भईरहेको उनले बताए । सोही दिन बेलुका फेरी भरत, मनोज सहितका समूहले लक्ष्मीपूजाको लागि पूजासामाग्री किनेर फर्कीरहेका बेला १७ वर्षिय उमेश साफीलाई कुटपीट गरेका सुरेशले बताए । उनलाई सडकमा कुटेको थाहापाएपछि निरपैतका घरमा पुगेका आफन्तहरुमाथि पनि कुटपीट गरेको मागैन साफीले बताए । उनीहरुले तिम्रा छोराहरुले किन यसरी कुटपीट गर्छ भन्न नपाउँदै हामीमाथी जथाभावी प्रहार भएको सागरदेवी साफीले सुनाए । उनलेभने, ‘हामी थोरैको सङ्यामा छौं, दलित गरिव भएकै कारण हामीमाथि स–साना विषयमा पनि कुटपीट गर्ने गर्छ, त्यसैको पछिल्लो घटना हो यो ।’ यता वडा अध्यक्ष गणपैत यादवले घटनाबारै विस्तारै छानविन गरेर दोषीमाथि आवश्यक सामाजिक कार्वाही हुने बताए । उनलेभने, ‘पहिले घाइतेहरुको उपचार होस्, त्यसपछि गाउँमै बसेर हामी मिलाउँछौं ।’

कुटपीटमा संलग्न युवाहरु अझै फरार रहेका छन् । प्रहरीलेभने कुटपीटमा संलग्नको खोजी भईरहेको जनाएको छ । घटनाका बेला घाइतेहरुको उद्धारमा लागियो, पछि उनीहरुलाई खोज्दा भागीसकेका रहेछन, खोज्ने कार्य जारी रहेको प्रहरीको भनाई छ । मधेशमा दलित समुदायलाई निरन्तर जनप्रतिनिधि बाट कुटिनु दुखत भएको सिरहाका दलित अधिकार कर्मि संजय महराले बताउनु भयाे । दाेषिलाई कानुनकाे दायरामा ल्याएर कानुनी कार्वाहिकाे सराेकारवालाई ध्यानाकर्षण समेत गराउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस

सिरहाको लहान नगरपालि ...

लहान वैशाख ६ । सिरहाको लहान नगरपालिका वडा न. १९ मा आज दिउसो करिब ४ बजे स्कारपियो दुर्घटना भएको हो । ...

अधिकृत श्रीवास्तव र ...

रंजित चौरसिया वीरगंज ६ बैशाख । पोखरिया नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत अजय कुमार श्रीवास ...

भु.पु. न्यायाधीश कमल ...

रहमुल लहान ५ बैशाख भु.पु. न्यायाधीश कमलनरायण दासले पैगम्बर मोहम्मद (स) को बिषयमा दिएको गैरजिम्मेवारी ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

hit counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१