Siraha Times
ताजा समाचार

कर्जन्हामा पनि डोम समुदायको पक्की घर बन्दै, सांसद साहले गरे शिलान्यास

  • कार्तिक २५, २०७७
  • १०४५ पटक पढिएको
  • रामएकवाल राम
alt

सिरहा टाईमस, लहान : सिरहाको कर्जन्हा नगरपालिका ११ बगहामा पनि डोम समुदायको पक्की घर निर्माण सुरु भएको छ ।

सोमवार एक समारोहबीच सिरहा निर्वाचन क्षेत्र नम्बर ४ ‘क’का प्रदेश सांसद दिलिप साहले घरको शिलान्यास गरेपछि निर्माण सुरु भएको हो । सिरहा क्षेत्र नम्बर ४ ‘क’मा जनता आवास कार्यक्रम अन्तर्गत ३७ डोम समुदायको पक्की घर निमार्ण हुने सांसद साहले बताए ।

जिल्लाभित्र ४ सय १० दलितको घर निमार्ण हुने भएको छ । कार्यक्रम मार्फत ३ लाख ५० हजार रुपैयाको लागतमा प्रतिघर निमार्ण हुने सांसद साहको भनाई छ । अति आर्थिक विपन्नताको बीच जिवनयापन गरिरहेको डोम समुदायको घर निमार्णले उनीहरुको जिवन स्तरमा सुधार हुने सांसद साहले विश्वास व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

लहानमा पत्रकार विरेन ...

रहमुल, लहान, २ असोज । पत्रकार तथा सञ्चारकर्मी विरेन्द्र नेपालको पहलमा लहानमा सुविधा सम्पन्न अफसेट सञ ...

नुवाकोटका बाढीपीडितक ...

रहमुल, लहान, २ असोज । बाढीका कारण प्रभावित नुवाकोटका परिवारलाई लक्षित गर्दै Helping Heart Nepal ...

धनगढीमाई नगरपालिकाको ...

सिराहा, असोज १ । धनगढीमाई नगरपालिकाले आफ्नो ११औँ स्थापना दिवस तथा सीप, श्रम, शिल्पकार र निर्माणका आव ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१