कर्जन्हामा पनि डोम समुदायको पक्की घर बन्दै, सांसद साहले गरे शिलान्यास

  • कार्तिक २५, २०७७
  • ९२५ पटक पढिएको
  • रामएकवाल राम
alt

सिरहा टाईमस, लहान : सिरहाको कर्जन्हा नगरपालिका ११ बगहामा पनि डोम समुदायको पक्की घर निर्माण सुरु भएको छ ।

सोमवार एक समारोहबीच सिरहा निर्वाचन क्षेत्र नम्बर ४ ‘क’का प्रदेश सांसद दिलिप साहले घरको शिलान्यास गरेपछि निर्माण सुरु भएको हो । सिरहा क्षेत्र नम्बर ४ ‘क’मा जनता आवास कार्यक्रम अन्तर्गत ३७ डोम समुदायको पक्की घर निमार्ण हुने सांसद साहले बताए ।

जिल्लाभित्र ४ सय १० दलितको घर निमार्ण हुने भएको छ । कार्यक्रम मार्फत ३ लाख ५० हजार रुपैयाको लागतमा प्रतिघर निमार्ण हुने सांसद साहको भनाई छ । अति आर्थिक विपन्नताको बीच जिवनयापन गरिरहेको डोम समुदायको घर निमार्णले उनीहरुको जिवन स्तरमा सुधार हुने सांसद साहले विश्वास व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

लहानमा अन्तरविद्यालय ...

लहान, २ असार । स्थानीय स्तरमा नयाँ प्रतिभाहरूको खोजी र सम्मान गर्ने उद्देश्यले सिरहाको लहानमा &ldquo ...

आ.बि.सखुवामा अभिभावक ...

रहमुल सखुवानन्कारकट्टी २ असार । "कला संस्कृति हाम्रो स्वाभिमान । समृद्ध सखुवानन्कारकट्टी हाम्रो पहिच ...

कतारमा सामाजिक कार्य ...

रामएकवाल राम दोहा :- समाज सेवा गर्ने रहर हुँदैमा समाज सेवा गर्न सम्भव छैन । जुन काम प्रवासमा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१