लामखुट्टे न्यूनीकरण गर्न सहिदनगर नगरपालिकामा"फोगी मेसिन "

  • वैशाख ११, २०७५
  • ३९७ पटक पढिएको
  • नरेश बर्ब्रिया
alt

जनकपुरधाम, १० बैशाख । गर्मी र बर्षातको मौसमसँगै बढेको लामखुट्टेबाट बच्नको लागि फोगी मेसिन ल्याइएको छ । धनुषाको शहिदनगर नगरपालिकामा धुँवा मेसिनबाट धुँवा मार्फत लामखुट्टे निराकरण गर्ने उदेश्यका साथ फोगी मेसिन ल्याइएको नगर प्रमुख उदय कुमार बरबरियाले बताए । गर्मीको मौसम तथा बर्षायाममा वातावरण प्रदुषितका साथै लामखुट्टेको सँख्यामा वृद्धि हुने भएकाले पुर्व योजना अनुसार धुवाँ मेसिनले प्रभावित गर्ने उदेश्यका साथ मेसिन ल्याइएको हो । लामखुट्टेको टोकाईबाट बालबालिका तथा गर्भवति महिला एवम् बृद्धबृद्धामा समेत विभिन्न प्रकार रोगहरु लाग्ने सम्भावनालाई मध्यनजर गर्दै मेयर बरबरियाको पहलमा प्रत्येक वडामा फोगी मेसिनले औषधीयुक्त धुँवा छर्कने कार्य गरिने जनाइएको छ । नगरपालिकामै मात्र नभई त्यस क्षेत्रमै पहिलो पटक फोगी मेसिन गएपछि हेर्नेहरुको भीड लागेको थियो भने सोमबारदेखि नै नगरपालिकाकै वार्ड नम्बर ९ गोयठकोयलपुरबाट लामखुट्टे मार्न औषधी छर्कने कार्य प्रारम्भ गरिएको छ । प्रत्येक दिन आवश्यक परेको बेलामै धुवाँ मेसिन मार्फत प्रत्येक वडामा लामखुट्टेको औषधी छर्कने मेयर बरबरियाले भने । धनुषामा जनकपुर उपमहानगरपालिकापछि मात्र शहिदनगर नगरपालिकामा फोगी मेसिन प्रयोगमा ल्याइएको हो । उक्त मेसिनको प्रयोगले लामखुट्टे मार्नुका साथै धुँवाबाट बच्ने लामखुट्टे बाँझो हुने गरेकोले त्यो मेसिन प्रयोगमा ल्याइएको जनाइएको छ । फोगी मेसिन नगरपालिकामा ल्याइएपछि नगरवासी हर्षित भएका छन् ।

प्रतिक्रिया दिनुहोस

लहान तरकारी बजारमा प ...

लाल बिहारी यादव लहान, अषाढ ३० । लहान नगरपालिका–१ मा अवस्थित तरकारी बजार क्षेत्रमा व्यापारीहरू ...

धनगढीमाई १४ अमिल्टार ...

ओम प्रकाश यादव लहान अषाढ़ २९ । सिरहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नम्बर १४ स्थित अमिल्टारमा निर्मा ...

नवराजपुर–५ मा डिप बो ...

ओम प्रकाश यादव लहान अषाढ़ २९ । सिरहा जिल्लाको नवराजपुर गाउँपालिका वडा नं. ५ मा अध्यक्ष शिव उदगार यादव ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१