Siraha Times
ताजा समाचार

गाउँ बलक र बाल बिटाैरी जग्गा फुकुवा गर्न लहान बासीको माग

  • साउन १४, २०७७
  • २१०३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा १४ श्रावण - सिरहाको लहान नगर पालिका भित्र रहेका गाउँ बल्क र बाल बिटाैरी जग्गा फुकुवा गर्न सरकारलाई आग्रह गरेका छन् । लहान नगर भित्र रहेका जग्गाहरुलाई नेपाल सरकारले २००४ सालमा गाउँ - गाउँमा नापी खटाएको थियो । २००४ सालमा नापी गरी जम्मा बन्दी श्रेस्ता कायम गरेको छ । लहान नगर पालिका भित्र रहेका गाउँ बलक र बाल बिटाैरी जग्गा फुकुवा गर्न लहान संघर्श समितिले पटक - पटक जग्गा धनीहरुले जग्गा फुकुवा गर्न दबाब मुलक कार्यक्रमहरु गर्दै आएका छन् । जग्गा फुकुवा गर्न उनीहरुले बिगतको बर्षहरुमा पनि विभिन्न किसिमको दबाब मुलक कार्यक्रमहरु गर्दै आएको बाल बिटाैरी तथा गाउँ बल्क जग्गा संघर्श समिति लहानका संयोजक बिजय गुप्ताले बताए । यि जग्गाहरु लहानबजारको सबैभन्दा मह्गो र मेनठाँउको जग्गा भएको उपभोक्ताहरु मार्मा परेका छन् ।

यि जग्गाहरु लहान बजारको सिंंगराही ,मटिअर्वा,बैरिया ,गोपालखोनहि ,रघुनाथपुर लगायत का ठाउँमा जग्गा रहेका छन् । श्री ५ को सरकार २०१० सालमा भन्सार बिभागबाट बाल बिटाैरी लगाउने गरी जग्गा नापी गरेका थिए । उक्त जग्गाको नापी श्रेस्ता कायम गरी सोहीको आधारमा हुनुमानगर भान्सार कार्यालय अन्तर गत पर्ने लहान छोटि भन्सार कार्यालय मार्फत लागतका अधारमानी बार्शिक रूपमा बाल बिटाैरी जग्गाको असुल तह्सिल गर्न आएको थियो । नेपाल सरकारले भन्सार कार्यालयहरुलाई बोडर छेउ सिमा झाझ पटिमा सारेको थियोे । कर्यालय सार्दा लागतका आधारमा बार्शिक बाल बिटाैरी असुल गर्न लहान बजार , आदर्श गाउँ पन्चायतलाई श्रेस्ता हस्तान्तरण भए अनुसार यो जग्गालाई हक हस्तान्तरण लागत का अधारमा दर्ता र हक भोग भएको र स्थानीय निकायको सिफारिसको आधारमा मालपोत कार्यालयबाट रजिस्टेसन पास भई मालपोत कार्यालय को जनाउपत्र अनुसार स्थानीय निकायले अभिलेख मा दाखिला खारेज गर्ने गरेको थियोे ।

उक्त जग्गालाई धनी दर्ता प्रमाण पुर्जा उपलब्ध नगराई विभिन्न बहानामा बाकी रहेका जग्गाहरु मालपोत कार्यालय लहानले अध्याबधिक नगरी जग्गा धनी प्रमाणपत्र लालपुर्जा रोकिएको छ । उक्त जग्गालाई मध्यनजर गरी अबिलम्ब सो जग्गाको प्रमाणपत्र लालपुर्जा वितरण गरि हक हस्तान्तरण समेत हुने संघर्ष समितिको जोडदार माग रहेको छ । जाग्गा फुकुवा न गरे हामी चरण बध आन्दोलनमा जाने संयोजक बियज गुप्ताले बताए ।

प्रतिक्रिया दिनुहोस

सिरहाको पहिलो ‘साक्ष ...

ओम प्रकाश यादव लहान, असार २४ । सिरहाको लहान नगरपालिका औपचारिक रूपमा जिल्लाकै पहिलो साक्षर नगरपालिका ...

औरही गाउँपालिकामा शि ...

रहमुल,लहान , २४ असार सिरहाको औरही गाउँपालिकाले शिक्षा, कृषि तथा भौतिक पूर्वाधार विकासलाई प्राथमिकताम ...

विश्व भलिबल दिवस विभ ...

ओम प्रकाश यादव लहान, असार २३ । "राष्ट्रको लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद" तथा "खेली मधेस, जिति ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१