सिरहा ६ जेठ । गत वर्ष आएको भिषण बाढीका कारण कमला नदीको बाँध फोडेर गाउँ विस्थापित पारेको स्थानमा धनुषाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) कोषहरी निरौलाको पहलमा बाँध निर्माण कार्य सुरु गरिएको छ ।
कमला बचाउ अभियान र जिल्ला विपद व्यवस्थापन समितिको पहलमा कमला नदी नियन्त्रण आयोजनाले धनुषाको जनकनन्दिनी गाउँपालिकाको वडा नं. १ ईनरवा स्थितको कमला बाँध निर्माण कार्य द्रुत गतिमा चलिरहेको जनाइएको छ ।
कमला नदीले गत बर्षको जोखिमपूर्ण बाढीले सिरहा र धनुषाको दक्षिणी भेगमा नदिको बाँध बगाएर जनजिवन समेत विस्थापित गराएको करिब एक वर्ष बितिसक्दा पनि पहलकदमीको कारण बाँध बन्न सकेको थिएनन् । कमला बचाउ अभियान र प्रमुख जिल्ला अधिकारी निरौलाको पहलकदमीले कमला नदी नियन्त्रण आयोजनाका डिई एकराज भटट्राईले एक्सन लिएपछि निर्माण कार्य सुरु भएको हो । सरोकारबालाहरुले चासो नलिएपछि प्रत्येक वर्ष कमला नदीमा आउने भिषण बाढीको त्रासले विगत एक वर्षदेखि स्थानीयहरु त्रसित भएको थियो ।
कमला नदीले गत बर्षको जोखिमपूर्ण बाढीले सिरहा र धनुषाको दक्षिणी भेगमा नदिको बाँध बगाएर जनजिवन समेत विस्थापित गराएको करिब एक वर्ष बितिसक्दा पनि पहलकदमीको कारण बाँध बन्न सकेको थिएनन् ।
कमला बचाउ अभियान र प्रमुख जिल्ला अधिकारी निरौलाको पहलकदमीले कमला नदी नियन्त्रण आयोजनाका डिई एकराज भटट्राईले एक्सन लिएपछि निर्माण कार्य सुरु भएको हो । सरोकारबालाहरुले चासो नलिएपछि प्रत्येक वर्ष कमला नदीमा आउने भिषण बाढीको त्रासले विगत एक वर्षदेखि स्थानीयहरु त्रसित भएको थियो ।
त्यस अवस्थामा कमला बचाउ अभियानको पहलमा धनुषाका प्रजिअ निरौला सहितको टोलीले बाँध नीरिक्षण गर्दै तत्कालै बाँध निर्माण कार्य सुरु गर्न लगाइएको कमला बचाउ अभियानका सँयोजक विक्रम यादवले जानकारी दिए ।
यादवका अनुसार, स्थानियवासीहरु दैनिक कार्यको लागि जोखिमपूर्ण यात्रा गरिरहेको र वर्षायाम आईरहेको हुँदा स्थानीय त्रसित भएको तर सरोकारवालाहरु मौन रहेको बेला विपद व्यवस्थान समितिले पहलकदमी गरेको हो ।
“कमला बचाउ अभियानबाट पटक–पटक ध्यानाकर्षण गराए पनि सरोकारवालाहरु मौन रहेको अबस्थामा प्रमुख जिल्ला अधिकारी कोषहरी निरौला ज्युलाई ध्यानाकर्षण गराए पछि तत्कालै उहाँकै नेतृत्वमा बिपद ब्यवस्थापन समिति धनुषाको सम्पुर्ण टीमबाट अनुगमन गरी उहाँकै पहलमा बाँधको काम कमला आयोजनाबाट द्रुत गतिमा भईरहेको छ।”– उनले भने ।
यसअघि नीरिक्षणको लागि सहायक प्रमुख जिल्ला अधिकारी शरद कुमार पोखरेल, , कमला नदी नियन्त्रण आयोजना प्रमुख एकराज भट्टराई , प्रहरी उपरीक्षक रबिन्द्र बस्नेत, सशस्त्र प्रहरी उपरीक्षक राजेश उप्रेती, राष्ट्रिय अनुसन्धान उपरीक्षक बिमल डङ्गोल, इन्जिनियर कृष्ण चन्द्र झा, कमला सरोकार नेका सचिब बिशेस्वर यादव, शहिदनगर नगरपालिकाका मेयर एवम् कमला अभियानी उदय कुमार बरबरिया (यादव) लगायतको टोलीले अनुगमन गरेको थियो ।
यसका साथै, जनकनन्दनी गाउँपालिकाकी उपप्रमुख भारती कार्की , कमला अभियानी एवम् जनकनन्दनी १ वडा अध्यक्ष धर्मेन्द्र गोईत, कमला नपा ६ का वडा अध्यक्ष समसुल मिया, कमला अभियानी सुरेन्द्र यादव, राजकिशोर सल्हैता, तिर्पित भुडेर, धर्मनाथ यादव , देवु यादव, रामनगिना साह सहित पत्रकार इन्द्र भुसन यादव लगायतले पनि नीरिक्षणमा सहभागीता जनाएका थिए ।
“कमला” नदी मात्र नभई मानव सभ्यताको अधारशिला रहेको बताउँदै अभियानी यादवले मिथिला भूमिको हृदय र नलीको रुपमा स्थापित भएको बताए । कमलाको जल रगत प्रवाह जिवन दायनी भगवती रूपी मानिएको बताउँदै उनले कमला नदीको जल बाट सिरहा र धनुषा वासी को हजारौं हेक्टर कृषियोग्य भुमी सिचाई गर्दैआईरहेको छ।
कमला नदी सिन्धुली जिल्लाको चुरे महाभारत पर्वत बाट उत्पती भएको र हाल चुरेको भौगर्भिक अवस्था र मानवीय कारणले बिनास भई यसको असरले बर्षेनी कमला नदी प्रणालीमा बिगहौं कृषि क्षेत्र बिनास भईरहेको छ।
उनले खास गरेर चुरेबाट निस्कने खहरे खोलाहरु हिउँदमा सुख्खा र बर्षायाममा बाढी ल्याउने गरेको तथा कटान , डुवानको रुपमा तल्लो चुरे देखि तराई मधेस बोडर सम्म बर्षेनी जनधनको क्षति कृषि क्षेत्रमा प्रभाव पारेको बताए ।
नदी उत्खननले कमला नदीको सतह तटीय गाउँ भन्दा माथी उठिरहेको जनाउँदै उनले मरुभूमि हुनबाट बचाउन उपयुक्त प्रबिधि ,दक्ष जनशत्ती,आवश्यक बजेट र सरोकारवालाहरुको सहभागितको आवश्यकता औल्याए ।
प्रतिक्रिया दिनुहोस
मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१
मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१
Copyright © 2016 / 2024 - Sirahatimes.com All rights reserved
Website By : Hash Tech Logic