Siraha Times
ताजा समाचार

लहानमा लागुऔषध (हिरोइन) सहित एक युवक पक्राउ

  • मंसिर १६, २०८२
  • ७७९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

ओम प्रकाश यादव लहान मंसिर १६ । सिरहाको जिल्लाको लहानबाट गए राति करिब ८:४० बजे प्रहरी चौकी लहानबाट खटिएको गस्ती टोलीले लागुऔषध सहित एक युवकलाई पक्राउ गरेको छ। गस्तीका क्रममा लहान नगरपालिका वडा न.६ स्थित स.५.प.५३५७ नम्बरको स्कुटर रोकी राखिएको अवस्थामा युवक भेटिएका थिए।

प्रहरीले शंका लागी सोधपुछ तथा खानतलासी गर्दा लहान नगरपालिका वडा न. ११, पडरिया टोल बस्ने अन्दाजित २४ वर्षीय आकाश चौधरीको शरीरबाट लागुऔषध जस्तो देखिने पदार्थ बरामद भएको जानकारी दिएको छ। खानतलासीका क्रममा चौधरीले लगाएको जैकेट (पैन्ट) को दाहिने खल्तीबाट किप्याड मोबाइल फोन १ थान तथा पाइन्टको बायाँ खल्तीमा रहेका दुईवटा साना कालो प्लास्टिकका पोकाभित्र खैरो हिरोइनजस्तो देखिने पदार्थ फेला परेको प्रहरीले जनाएको छ।

दुवै पोकाको तौल गर्दा प्लास्टिक सहित ०.३८ मिलिग्राम तथा प्लास्टिक बाहेक शुद्ध ०.३२ मिलिग्राम लागुऔषध बरामद भएको प्रहरीले पुष्टि गरेको छ। बरामद सामग्रीसहित चौधरीलाई उक्त स्कुटरसहित नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय लहान, सिरहामा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

घर–घरको शान, स्वच्छत ...

लहान असार ०२ । शनिबार बिहान लहान नगरपालिका–६ स्थित राधाकृष्ण मन्दिर परिसरमा सामान्य दिनभन्दा फ ...

भगवानपुर सबस्टेसन बा ...

रहमुल,लहान १ साउन । सिरहाको भगवानपुर गाउँपालिका–१ स्थित नेपाल विद्युत् प्राधिकरणको भगवानपुर सब ...

दैनिक ज्यालादारी कर् ...

रामअधार यादव, रौतहट, साउन १  । पूर्वाधार विकास कार्यालय रौतहटले आर्थिक वर्ष २०८२/०८३ मा दैनिक ज ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१