Siraha Times
ताजा समाचार

२ ग्राम ६७ मिलिग्राम खैरो हिरोइनसहित मोटरसाइकल चालक पक्राउ, थप अनुसन्धान जारी

  • साउन ९, २०८३
  • ८७४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

ओम प्रकाश यादव लहान, साउन ९। सिरहा प्रहरीले २ ग्राम ६७ मिलिग्राम खैरो हिरोइन जस्तो देखिने लागूऔषधसहित एक जना युवकलाई मोटरसाइकलसहित नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार मिति २०८३ साउन ९ गते दिउँसो करिब १:२५ बजे धनगढीमाई नगरपालिका–१० स्थित जिरोमाइलमा रहेको श्री केसी ट्रेडर्स पेट्रोल पम्प अगाडि विशेष सूचनाको आधारमा संयुक्त प्रहरी टोलीले चेकजाँच गरेको थियो।

सुखिपुरबाट धनगढी हुँदै काठमाडौँतर्फ लागूऔषध लैजाँदै गरेको भन्ने गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय धनगढी र प्रहरी चौकी सितापुरबाट खटिएको संयुक्त प्रहरी टोलीले बागमती प्रदेश ०२–०२५ प ५९४४ नम्बरको मोटरसाइकल रोकी खानतलासी गरेको थियो।

जाँचका क्रममा मोटरसाइकल चालक सिरहा जिल्लाको सुखिपुर नगरपालिका–८, आमचोक निवासी मजिबुल मियाका करिब २५ वर्षीय छोरा सरोज मियाले चलाएको मोटरसाइकलको अगाडिको बायाँपट्टिको इन्डिकेटरभित्र कालो प्लास्टिकमा लुकाइराखिएको अवस्थामा खैरो हिरोइन जस्तो देखिने पदार्थ फेला परेको प्रहरीले जनाएको छ।

बरामद गरिएको पदार्थको तौल प्लास्टिकसहित ५ ग्राम २० मिलिग्राम र प्लास्टिक हटाएपछि २ ग्राम ६७ मिलिग्राम रहेको प्रहरीले जनाएको छ। प्रहरीले उक्त लागूऔषध र प्रयोग गरिएको मोटरसाइकल रीतपूर्वक बरामद गरी चालक सरोज मियालाई नियन्त्रणमा लिएको छ। उनलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय लहान, सिरहामा राखिएको छ। जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक रमेश बहादुर पालका अनुसार घटनासम्बन्धी थप अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया दिनुहोस

सवारी धनी बर्तौला वि ...

रंजित चौरसिया वीरगंज २४ भदौ । यातायात व्यवस्था कार्यालय वीरगंजका सहायक शाखा अधिकृत रामसुन्दर महतोले ...

खडकमा युवाहरूको दीप ...

सप्तरी, भदौ २४। भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा ज्यान गुमाएका वीर शहीदहरूको सम्मान तथा सम्झन ...

जलवायु परिवर्तनविरुद ...

रहमुल, सिरहा, २४ भदौ । जलवायु परिवर्तनका कारण कृषि क्षेत्रमा बढ्दै गएको चुनौती तथा हानिकारक कृषि अभ् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१