Siraha Times
ताजा समाचार

भ्रष्टाचारको मामिलामा ताण्डव मच्चाएका अधिकृत कुशवाहाको सनाखत नामसारीका कालाकर्तुतहरु बाहिर छताछुल्ल

  • साउन ११, २०८३
  • ३६९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रंजित चौरसिया,वीरगंज ११ साउन । भ्रष्टाचार र राजस्व छलीका आरोप लागेर श्रम तथा यातायात मन्त्रालय मधेश प्रदेशमा कारवाही स्वरुप काजमा तानिएका अधिकृत रामसुन्दर महतो कुशवाहाले वीरगंज यातायातमा रहेर गरेका सनाखत नामसारीका कालाकर्तुतहरु बाहिर छताछुल्ल भएको छ । सहायक शाखा अधिकृत छैठौ तहका कुशवाहाले वीरगंज यातायात कार्यालयमा रहंदा हजारौं सनाखत नामसारी गरेको भए पनि प्रमाणको रुपमा यस अनलाईन सँग दर्जनौं सुरक्षित रहेको छ । 

9f75b6ee-5d1e-4509-be23-8d06ee7b353d

यातायात व्यवस्थापन कार्यविधि निर्देशिका २०७४ को ११.१.८ मा सवारी नामसारी गर्दा अवलम्बन गर्नुपर्ने विषयहरु प्रष्ट रुपमा लेखिएको छ । सवारी धनीले आफ्नो सवारी विक्री वा नामसारी गर्नुपरेमा प्रचलित कानुन बमोजिम लाग्ने दस्तुर तिरी सवारी विक्री गर्ने तथा खरिद गर्ने दुबै पक्षको रोहबरमा निम्न अनुसारको प्रक्रिया पुरा गरेको हुनुपर्नेछ । नियमावलीको अनुसुचि –१२ को ढांचामा निवेदन फारम भरी रु. १० को टिकट टांसी कार्यालयमा निवेदन दिनुपर्ने व्यवस्था रहेको छ । 

ba1872ad-a2bf-4aa3-bcd4-c1d7f36b9d60

सवारी साधन कार्यालयमा अनिवार्य रुपमा ल्याई सवारीको नामसारी गर्दा खरिदकर्ता तथा विक्रीकर्ता दुबै जना कार्यालयमा उपस्थित हुनुपर्ने व्यवस्था रहेको छ । सवारी विक्री गर्ने सवारी धनीले नामसारीका बखत उपस्थित हुन नसक्ने भई सो नामसारी हुने मिति भन्दा अगाडि सवारी धनी कार्यालयमा उपस्थित भई सम्बन्धित श्रेस्ता एवं नामसारी फारममा ल्याप्चे सही छाप सहित सनाखत गर्न कार्यालयमा निवेदन दिएमा सो निवेदन मोनासिव लागेको खण्डमा सम्बन्धित फाँंटका अधिकृतले निजको सक्कल नागरिकता सहितको कागजात हेरी सो व्यवहोरा प्रमाणित गरि दिएको अवस्थामा मात्र सोही सनाखतको आधारमा सनाखतको मितिले ३५ दिन भित्र नामसारी गर्न सकिने व्यवस्था रहेको छ ।

तर भ्रष्टाचारको मामिलामा ताण्डव मच्चाउनमा माहिर मानिएका अधिकृत कुशवाहाले सवारी धनी, खरिदकर्ता र सवारीको अनुपस्थितमा प्रति ब्लुबुक कम्तिमा दुई हजार र बढीमा ५ हजार सम्म रिकन्डिसनका बिचौलियाहरु सँग रकम लिई ब्लुबुकमा मात्र सही गरी सनाखत नामसारी गरेको पाईएको छ । घुसको रकमको बलमा जस्तोसुकै कानुन बिपरितका कार्यहरु गर्नबाट पछि नहटने अधिकृत कुशवाहाले ना ५४ प ५४१४ को मोटरसाईकल सवारी २०८१/१२/१३ गतेको मितिमा गैडाकोट स्वाभिमान बचत तथा ऋण सहकारी संस्था लिमिटेड, गैडाकोट नवलपरासीको नामबाट रत्ननगर–७ चितवन निवासी लक्ष्मण आचार्यको नाममा सनाखत नामसारी गरेका छन् । सो गाडीको ऋणीमा शारदा कडेल भए पनि यातायातको नियमावली अनुसार गैडाकोट सहकारी संस्थाको नामबाट ऋणी शारदा कडेलको नाममा नामसारी हुनु पर्नेमा अधिकृत कुशवाहाले नियम कानुनलाई धोती लगाउदै सहकारी संस्थाको नामबाट सिधै लक्ष्मण आचार्यको नाममा सनाखत नामसारी गरेको भेटिएको छ । 

त्यसैगरी अर्को मोटरसाईकल नम्बर ना ४४ प ३८७० को सवारीलाई मिति २०८१/११/२७ गतेमा मेघौली–८ चितवन निवासी धनमाया चौधरीको नामबाट कालिका–१ चितवन निवासी सिर्जना श्रेष्ठको नाममा सनाखत नामसारी अधिकृत कुशवाहाले गरेको पाईएको छ । भ्रष्टाचारबाट अकुत सम्पत्ति कमाउन सफल भएका अधिकृत कुशवाहा माथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सनाखत नामसारी, राजस्व छली लगायत सम्पत्ति शुद्धिकरणमा छानबिन गरी कारवाही प्रक्रिया अगाडि बढाएको भए पनि भरपर्दो तरिकाले तिब्रगतीले कारवाही प्रक्रिया अगाडि नबढदा अधिकृत कुशवाहाको भ्रष्टाचारजन्य कार्यहरु अझ नरुकेपछि सचेत नागरिकहरु दाँतले औला टोक्न बाध्य भएका छन् ।

प्रतिक्रिया दिनुहोस

पोषण सुधारका लागि आम ...

ओम प्रकाश यादव लहान, साउन ११। दलित विकास मञ्च (DDF) सिरहाद्वारा सञ्चालित तथा हेलेन केलर इन्टरनेशनलको ...

मोटरसाइकल चालकलाई ट् ...

ओम प्रकाश यादव लहान, साउन ९ । जिल्ला प्रहरी कार्यालय तथा मातहतका सम्पूर्ण प्रहरी युनिटहरूमा मोटरसाइक ...

२ ग्राम ६७ मिलिग्राम ...

ओम प्रकाश यादव लहान, साउन ९। सिरहा प्रहरीले २ ग्राम ६७ मिलिग्राम खैरो हिरोइन जस्तो देखिने लागूऔषधसहि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१