Siraha Times
ताजा समाचार

पोषण सुधारका लागि आमा समूहको बैठक सम्पन्न, स्थानीय खाद्यवस्तुको प्रयोग बढाउन जोड

  • साउन ११, २०८३
  • ४१६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

ओम प्रकाश यादव लहान, साउन ११। दलित विकास मञ्च (DDF) सिरहाद्वारा सञ्चालित तथा हेलेन केलर इन्टरनेशनलको आर्थिक सहयोगमा सञ्चालन भइरहेको “जीवनका लागि पोषण कार्यक्रम” अन्तर्गत सिरहा जिल्लाका विभिन्न पालिकाहरूमा पोषण सम्बन्धी आमा समूहको बैठक सम्पन्न भएको छ।

May be an image of one or more people

आमा समूहको बैठकमा गर्भवती तथा सुत्केरी महिला, बालबालिकाको पोषण अवस्था सुधार गर्ने उद्देश्यले विभिन्न विषयमा विस्तृत छलफल गरिएको कार्यक्रमका आयोजकले जनाएका छन्। बैठकमा सहभागी आमाहरू, स्वास्थ्यकर्मी, महिला स्वयंसेविका तथा स्थानीय सरोकारवालाहरूले पोषण सुधारका लागि समुदायस्तरमा आवश्यक पहल र सहकार्यबारे आफ्नो धारणा व्यक्त गरेका थिए।

बैठकमा गर्भवती तथा सुत्केरी आमाले सन्तुलित तथा पोषणयुक्त आहार सेवन गर्नुको महत्वबारे विशेष चर्चा गरिएको थियो। साथै, शिशुलाई जन्मेदेखि ६ महिनासम्म केवल आमाको दूध खुवाउने तथा त्यसपछि उमेरअनुसार उचित पूरक आहार सुरु गर्ने अभ्यासलाई प्रभावकारी रूपमा लागू गर्नुपर्नेमा जोड दिइयो।

त्यसैगरी, ६ देखि ५९ महिनासम्मका बालबालिकालाई उमेरअनुसार विविध, पर्याप्त र पोषणयुक्त खाना खुवाउने, घरमा उपलब्ध स्थानीय खाद्यवस्तुको प्रयोग गरी पोषणयुक्त परिकार तयार गर्ने उपाय तथा पोषण सेवाहरू समयमै प्राप्त गर्नुपर्ने विषयमा पनि जानकारी आदानप्रदान गरिएको थियो।

बैठकमा व्यक्तिगत तथा वातावरणीय सरसफाइ, सुरक्षित खानेपानीको प्रयोग र साबुनपानीले नियमित हात धुने बानीको महत्वबारे पनि छलफल गरिएको थियो। बालबालिकाको नियमित तौल अनुगमन तथा वृद्धि निगरानी कार्यक्रमलाई निरन्तरता दिनुपर्ने र कुपोषणका लक्षण देखिएमा तत्काल स्वास्थ्य संस्थामा सम्पर्क गर्नुपर्ने आवश्यकता औँल्याइएको थियो।May be an image of one or more people and text

सहभागीहरूले भिटामिन ‘ए’, जुकाको औषधि लगायत आवश्यक पोषण सेवाहरू समयमै प्राप्त गर्नुपर्ने तथा परिवारका सबै सदस्य, विशेषगरी बाबु तथा अभिभावकको पोषण सुधारमा महत्वपूर्ण भूमिका रहने विषयमा समेत जोड दिएका थिए। समुदायस्तरमा पोषण सुधारका लागि सामूहिक सहभागिता, सहकार्य र जनचेतना अभिवृद्धि आवश्यक रहेको निष्कर्ष बैठकले निकालेको छ।

May be an image of one or more people and text

बैठकको निष्कर्षस्वरूप गर्भवती, सुत्केरी आमा तथा बालबालिकाको पोषण सुधारलाई उच्च प्राथमिकतामा राख्ने निर्णय गरिएको छ। ६ महिनासम्म केवल स्तनपान र त्यसपछि उचित पूरक आहारको अभ्यासलाई सबैले प्रवर्द्धन गर्ने, प्रत्येक महिनाको वृद्धि अनुगमन कार्यक्रममा नियमित सहभागी हुने तथा घरमै उपलब्ध स्थानीय पोषणयुक्त खाद्यवस्तुको प्रयोग बढाउने प्रतिबद्धता व्यक्त गरिएको छ।

May be an image of one or more people and text

त्यसैगरी, व्यक्तिगत तथा वातावरणीय सरसफाइमा विशेष ध्यान दिने, कुपोषणको शंका देखिएमा ढिलाइ नगरी स्वास्थ्य संस्थामा सम्पर्क गर्ने र समुदायमा पोषण सुधारका गतिविधिहरूलाई अझ प्रभावकारी रूपमा अघि बढाउने सहमति भएको आयोजकले जनाएको छ। “जीवनका लागि पोषण कार्यक्रम” मार्फत समुदायस्तरमा पोषण सम्बन्धी सचेतना अभिवृद्धि गर्दै मातृ तथा बाल स्वास्थ्य सुधारमा महत्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको छ।

प्रतिक्रिया दिनुहोस

भ्रष्टाचारको मामिलाम ...

रंजित चौरसिया,वीरगंज ११ साउन । भ्रष्टाचार र राजस्व छलीका आरोप लागेर श्रम तथा यातायात मन्त्रालय मधेश ...

मोटरसाइकल चालकलाई ट् ...

ओम प्रकाश यादव लहान, साउन ९ । जिल्ला प्रहरी कार्यालय तथा मातहतका सम्पूर्ण प्रहरी युनिटहरूमा मोटरसाइक ...

२ ग्राम ६७ मिलिग्राम ...

ओम प्रकाश यादव लहान, साउन ९। सिरहा प्रहरीले २ ग्राम ६७ मिलिग्राम खैरो हिरोइन जस्तो देखिने लागूऔषधसहि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१