Siraha Times
ताजा समाचार

सिरहामा लागु औषधसहित चार जना पक्राउ

  • कार्तिक १८, २०८२
  • ७३० पटक पढिएको
  • सिरहा टाइम्स
alt

लहान कात्तिक १८ । जिल्ला सिरहा लहान नगरपालिका वडा नं. ११ पडरिया टोल स्थितमा ब्राउन सुगर सेवन तथा बिक्री बितरण भई रहेको छ भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय लहान सिरहाबाट प्रहरी टोली खटी गई हेर्दा जिल्ला सप्‍तरी शम्भुनाथ नगरपालिका वडा नं. ०३ घर भई हाल जिल्ला सिरहा लहान नगरपालिका वडा नं. ११ पडरिया स्थितमा घर बनाई बस्दै आएको अं. बर्ष २३ को सुजित चौधरीको घर कोठामा खानतलासी गर्दा सानो प्लाष्टिकको डिब्बामा कालो रंगको प्लाष्टिकमा बेरिएर राखेको ब्राउन सुगर (लागुऔषध) जस्तो देखिने पदार्थ प्लाष्टिक सहित ४.५० ग्राम र प्लाष्टिक बाहेक ३.५५ ग्राम र अर्को प्लाष्टिकमा प्लाष्टिक सहित तौल गर्दा ०.३९ मिलि ग्राम र प्लाष्टिक बाहेक ०.१५ मिलि ग्राम गरी प्लाष्टिक सहित जम्मा ४.८९ ग्राम, प्लाष्टिक बाहेक जम्मा ३.७० ग्राम, डिजिटल तराजु थान-१, खुर्पा थान-१ र मोवाइल थान-१ समेत फेला परेकोले रीत पूर्वक बरामद गरी निज सुजित चौधरीलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय लहान सिरहाबाट अनुसन्धान कार्य भईरहेको छ ।

सिरहा लहान नगरपालिका वडा नं. ११ पडरिया टोल स्थितमा लागुऔषध सेवन तथा बिक्री बितरण भई रहेको छ भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय लहान सिरहाबाट प्रहरी टोली खटी गइ हेर्दा सोही स्थान बस्ने अं. वर्ष २६ को योगेश्वर चौधरीको शरिर तथा घर कोठा समेतमा खानतलासी गर्दा सो घरको कोठाबाट कालो प्लाष्टिकको झोला भित्र २ थान कैची, चिलम १ थान, स्टिलको चक्कु १ थान र कालो प्लाष्टिकको पोका भित्र ब्राउन सुगर जस्तो देखिने पदार्थ प्लाष्टिक सहित तौल गर्दा ७.५५ ग्राम र प्लाष्टिक बाहेक तौल गर्दा ६.५० ग्राम फेला परेकोले रीत पूर्वक बरामद गरी निज योगेश्वर चौधरीलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय लहान सिरहाबाट अनुसन्धान कार्य भईरहेको बताए ।

लहान नगरपालिका वडा नं. ११ पडरिया टोल स्थितमा ब्राउन सुगर सेवन तथा बिक्री बितरण भई रहेको छ भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय लहान सिरहाबाट प्रहरी टोली खटी गइ हेर्दा सोही स्थान बस्ने अं. वर्ष ४३ को मनोज चौधरीलाइ निजको घर अगाडी आँगनमा फेला पारि निजको शरिर तथा कोठा समेतमा खानतलासी गर्दा सो घरको माथिल्लो तल्लामा जाने सिढी नजिक ढकिया भित्र घाँसले छोपी स्टिलको प्लेट माथि रहेको चुरोटको खोल भित्र कालो प्लाष्टिक फेला पारी हेर्दा खैरो हिरोइन जस्तो देखिने पदार्थ प्लाष्टिक सहित तौल गर्दा ०.३० मिलि ग्राम र प्लाष्टिक बाहेक तौल गर्दा ०.२० मिलि ग्राम फेला परेकोले रीत पूर्वक बरामद गरी निज मनोज चौधरीलाई नियन्त्रणमा लिईको हो  ।

जिल्ला सिरहा कर्जन्हा नगरपालिका वडा नं. ४ भुलके चौक स्थितमा इलाका प्रहरी कार्यालय बन्दीपुरबाट खटिएको प्रहरी गस्ती टोलीले गस्ती गर्ने क्रममा कर्जन्हाबाट बन्दीपुरतर्फ आउदै गरेको पैदल यात्री जिल्ला मकवानपुर गढी नगरपालिका वडा नं. ०४ बस्ने अं. बर्ष २७ को रविन कुमार तिमल्सिनालाई शंका लागि चेकजाँच गर्दा निजले बोकेको कालो झोला भित्र NITRAZEPAM ट्याबलेट ४ पत्तामा जम्मा १८ पिस ट्याबलेट फेला परेको हुदाँ निज रविन कुमार तिमल्सिनालाइ ट्याबलेट (लागुऔषध) सहित नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालयस मिर्चैया सिरहाबाट अनुसन्धान कार्य भईरहेको ।

प्रतिक्रिया दिनुहोस

घर–घरको शान, स्वच्छत ...

लहान असार ०२ । शनिबार बिहान लहान नगरपालिका–६ स्थित राधाकृष्ण मन्दिर परिसरमा सामान्य दिनभन्दा फ ...

भगवानपुर सबस्टेसन बा ...

रहमुल,लहान १ साउन । सिरहाको भगवानपुर गाउँपालिका–१ स्थित नेपाल विद्युत् प्राधिकरणको भगवानपुर सब ...

दैनिक ज्यालादारी कर् ...

रामअधार यादव, रौतहट, साउन १  । पूर्वाधार विकास कार्यालय रौतहटले आर्थिक वर्ष २०८२/०८३ मा दैनिक ज ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१