Siraha Times
ताजा समाचार

सिरहा सेवा समाज र प्रवासी कुशवाहा सेवा समाज कतारद्वारा स्व. महतो परिवारलाई आर्थिक सहयोग

  • असोज १२, २०८२
  • १३०६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

शियाराम यादव, लहान, असोज १२ । सिरहा सेवा समाज कतार र प्रवासी कुशवाहा सेवा समाज कतारको संयुक्त पहलमा धनगढीमाई नगरपालिका–६, फुलकाहा कट्टी निवासी स्व. सरोज कुमार महतोकी श्रीमतीलाई ४२ हजार रुपैयाँ आर्थिक सहयोग प्रदान गरिएको छ। स्व. महतोको असामयिक निधनपछि कठिन परिस्थितिको सामना गरिरहेको परिवारलाई सहयोगस्वरूप उक्त रकम हस्तान्तरण गरिएको हो।

सहयोग हस्तान्तरण कार्यक्रम सिरहा जिल्ला समन्वय समितिका सभापति दिनेश कुमार महतोको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। सभापति महतोले स्व. सरोज महतोको परिवारलाई सहयोग रकम हस्तान्तरण गर्दै प्रवासी नेपालीहरूले विपद् र कठिन परिस्थितिमा देखाएको एकताको भावना प्रशंसनीय रहेको बताए। उनले यस्तो सहयोगले मात्र परिवारलाई तत्कालीन राहत पुग्ने नभई समाजमा आपसी एकता र सद्भावलाई अझ प्रगाढ बनाउन सहयोग पुर्‍याउने विश्वास व्यक्त गरे।

कार्यक्रमको संयोजन प्रवासी कुशवाहा सेवा समाज कतारका संस्थापक तथा सिरहा सेवा समाज कतारका वरिष्ठ सल्लाहकार शिव कुमार महतोले गरेका थिए। उनले प्रवासी नेपालीहरू केवल कमाउन मात्र परदेश गएका होइनन्, सामाजिक उत्तरदायित्व पनि निर्वाह गर्नुपर्नेमा जोड दिँदै आगामी दिनमा पनि यस्ता सामाजिक कार्यलाई निरन्तरता दिने प्रतिबद्धता जनाए।

सहयोग हस्तान्तरण कार्यक्रममा सिरहा सेवा समाज कतारका प्रेस संयोजक तथा पत्रकार शियाराम यादव, धनगढीमाई नगरपालिका–६ का वडा अध्यक्ष बब्लु महतो, समाजसेवी उतिम साहलगायत स्थानीय बासी, समाजसेवी तथा बुद्धिजीवीहरूको उल्लेख्य उपस्थिति रहेको थियो। सहभागीहरूले स्व. महतो परिवारप्रति संवेदना प्रकट गर्दै सहयोग रकमलाई सही सदुपयोग गरेर आत्मनिर्भर जीवनयापन गर्न सुझाव पनि दिएका थिए। स्व. सरोज महतोले समाजमा पु¥याएको योगदानलाई स्मरण गर्दै उनको परिवारलाई सहयोग गर्न पाउनु गर्वको विषय रहेको बताए। स्व. सरोज कुमार महतोकी श्रीमतीले प्राप्त सहयोग रकमलाई परिवारको दैनिक जीवनयापनसँगै सानो व्यवसाय सञ्चालन गर्ने उद्देश्य राखेको जानकारी दिइएको छ।

त्यसैगरी, सिरहा सेवा समाज कतारका अध्यक्ष जयप्रकाश यादव र प्रवासी कुशवाहा सेवा समाज कतारका अध्यक्ष घुरन महतोले कतारबाटै भिडियो कलमार्फत कार्यक्रमलाई सम्बोधन गरेका थिए। दुवै अध्यक्षले प्रवासी नेपालीहरूबीचको सहकार्यले मात्र समाजका पीडित परिवारलाई राहत र आशा दिन सक्ने भन्दै आगामी दिनमा पनि यस किसिमका कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाए।कार्यक्रमले प्रवासी नेपाली समाजको एकताको प्रतिविम्ब मात्रै प्रस्तुत गरेन, स्व. सरोज महतो परिवारलाई नयाँ जीवन सुरुवात गर्ने हौसला पनि दिएको छ। सहभागीहरूले यसलाई सहयोग मात्र नभई समाजमा मानवता र करुणाको सन्देश फैलाउने महत्वपूर्ण पहलका रूपमा लिएका छन्।

प्रतिक्रिया दिनुहोस

घर–घरको शान, स्वच्छत ...

लहान असार ०२ । शनिबार बिहान लहान नगरपालिका–६ स्थित राधाकृष्ण मन्दिर परिसरमा सामान्य दिनभन्दा फ ...

भगवानपुर सबस्टेसन बा ...

रहमुल,लहान १ साउन । सिरहाको भगवानपुर गाउँपालिका–१ स्थित नेपाल विद्युत् प्राधिकरणको भगवानपुर सब ...

दैनिक ज्यालादारी कर् ...

रामअधार यादव, रौतहट, साउन १  । पूर्वाधार विकास कार्यालय रौतहटले आर्थिक वर्ष २०८२/०८३ मा दैनिक ज ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१