Siraha Times
ताजा समाचार

कल्याणपुरमा ७ वर्षीय बालकको हत्या प्रकरण : फरार रहेका आरोपितमध्ये एक पक्राउ

  • साउन ३, २०८३
  • ४४६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

ओम प्रकाश यादव लहान साउन ३ । सिरहाको कल्याणपुर नगरपालिका–१२ बेल्हामा ७ वर्षीय बालकको मृत्यु प्रकरणमा प्रहरीले एक जना आरोपितलाई पक्राउ गरेको छ। घटनापछि फरार रहेका आरोपितमध्ये कल्याणपुर नगरपालिका–१२ बेल्हाका करिब ४५ वर्षीय ज्ञानचन मुखियालाई प्रहरीले पक्राउ गरेको हो।

प्रहरीका अनुसार कल्याणपुर नगरपालिका–१२ बेल्हा निवासी गणेश मुखियाका करिब ७ वर्षीय छोरा अजित मुखिया २०८१ साल फागुन ३ गते साँझ करिब ७ बजे आफ्नै घरबाट हराएका थिए। बालक हराएपछि परिवार तथा स्थानीयले खोजी कार्य तीव्र पारेका थिए।

खोजी गर्ने क्रममा फागुन ८ गते साँझ करिब ७ बजे बालक अजित मुखिया सोही वडास्थित एक पोखरीमा मृत अवस्थामा फेला परेका थिए। बालकको शव फेला परेपछि घटनाबारे प्रहरीले अनुसन्धान अघि बढाएको थियो।

घटनासम्बन्धी अनुसन्धानका क्रममा ज्ञानचन मुखियासहित चार जनालाई प्रतिवादी बनाई किटानी जाहेरी परेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ। जाहेरी परेपछि घटनामा संलग्न आरोपितहरू फरार रहेका थिए।

यसैबीच, फरार रहेका आरोपितमध्ये ज्ञानचन मुखिया आफ्नै घरमा लुकिछिपी बसिरहेको भन्ने गोप्य सूचना प्राप्त भएपछि प्रहरीले उनको घरमा छापा मारी पक्राउ गरेको हो। पक्राउ परेका मुखियालाई जिल्ला प्रहरी कार्यालय सिरहामा ल्याई घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीले घटनामा संलग्न अन्य आरोपितहरूको खोजी तथा अनुसन्धानलाई समेत तीव्रता दिएको जनाएको छ। बालकको मृत्युको वास्तविक कारण, घटनाको प्रकृति तथा घटनामा संलग्न व्यक्तिहरूको भूमिकाबारे थप अनुसन्धानपछि मात्र विस्तृत विवरण खुल्ने प्रहरीले जनाएको छ।

पक्राउ परेका आरोपितविरुद्ध कानुनी प्रक्रिया अघि बढाइने तथा घटनामा संलग्न अन्य व्यक्तिहरूलाई समेत खोजी गरी कानुनी दायरामा ल्याउने प्रहरीको भनाइ छ। घटनाले स्थानीयवासीमा समेत त्रास र चिन्ता उत्पन्न गरेको छ।

प्रतिक्रिया दिनुहोस

कर्जन्हामा ब्राउन सु ...

ओम प्रकाश यादव लहान साउन ३। सिरहाको कर्जन्हा नगरपालिका–११ स्थित नयाँ टोल, आइस फ्याक्ट्री क्षेत ...

६४औँ इन्जिनियर्स डेम ...

वीरगंज ३ साउन। ६४औँ इन्जिनियर्स डेको अवसरमा नेपाल इन्जिनियर्स एशोसिएसन (NEA) वीरगञ्ज केन्द्रको आयोजन ...

मिथिला कला क्षेत्रला ...

लहान साउन २ । मिथिला क्षेत्रको कला, संगीत, मनोरञ्जन तथा सिर्जनात्मक क्षेत्रमा सक्रिय कलाकार र प्रतिभ ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१