Siraha Times
ताजा समाचार

६४औँ इन्जिनियर्स डेमा नेशनल मेडिकल कलेजको क्लिनिकल सहयोगमा मानसिक स्वास्थ्य सचेतना कार्यक्रम सम्पन्न

  • साउन ३, २०८३
  • ३३८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

वीरगंज ३ साउन। ६४औँ इन्जिनियर्स डेको अवसरमा नेपाल इन्जिनियर्स एशोसिएसन (NEA) वीरगञ्ज केन्द्रको आयोजनामा नेशनल मेडिकल कलेज वीरगंजको क्लिनिकल सहयोगमा मानसिक स्वास्थ्यसम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको छ।

वीरगंज महानगरपालिका–१४ स्थित BIT Engineering College मा आयोजित कार्यक्रममा इन्जिनियरिङ क्षेत्रका विद्यार्थी, प्राध्यापक, पेशाकर्मी तथा नेपाल इन्जिनियर्स एशोसिएसनका सदस्यहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रमको अध्यक्षता नेपाल इन्जिनियर्स एशोसिएसन, वीरगञ्ज केन्द्रका अध्यक्ष इ. प्रियांशु कुमार गुप्ताले गर्नुभएको थियो भने एशोसिएसनका कोषाध्यक्ष इ. इकबाल हुसेनले कार्यक्रमको समन्वय गर्नुभएको थियो।

कार्यक्रममा नेशनल मेडिकल कलेज वीरगंजका क्लिनिकल साइकोलोजिस्ट सन्देश सावन्तले विशेषज्ञका रूपमा सहजीकरण गर्दै मानसिक स्वास्थ्यको महत्व, तनाव व्यवस्थापन, भावनात्मक सन्तुलन, कार्य–जीवन सन्तुलन, मानसिक लचकता तथा आवश्यक पर्दा समयमै मनोवैज्ञानिक परामर्श लिनुपर्ने विषयमा विस्तृत जानकारी दिनुभएको थियो। उहाँले मानसिक स्वास्थ्यलाई शारीरिक स्वास्थ्यसरह महत्व दिनुपर्नेमा जोड दिँदै स्वस्थ जीवनशैली र सकारात्मक सोचले मानसिक सन्तुलन कायम राख्न महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो।

कार्यक्रममा सहभागीहरूसँग अन्तरक्रियात्मक छलफलसमेत गरिएको थियो। सहभागीहरूले मानसिक स्वास्थ्यसम्बन्धी विभिन्न जिज्ञासा राख्दै व्यक्तिगत तथा व्यावसायिक जीवनमा मानसिक स्वास्थ्यको महत्वबारे उपयोगी जानकारी प्राप्त गरेका थिए। नेशनल मेडिकल कलेज, वीरगंजले यस्ता स्वास्थ्य प्रवर्द्धन तथा समुदायमुखी कार्यक्रममार्फत मानसिक स्वास्थ्यसम्बन्धी जनचेतना अभिवृद्धि गर्दै सामाजिक उत्तरदायित्व निर्वाहलाई निरन्तरता दिँदै आएको जनाएको छ।

प्रतिक्रिया दिनुहोस

कर्जन्हामा ब्राउन सु ...

ओम प्रकाश यादव लहान साउन ३। सिरहाको कर्जन्हा नगरपालिका–११ स्थित नयाँ टोल, आइस फ्याक्ट्री क्षेत ...

कल्याणपुरमा ७ वर्षीय ...

ओम प्रकाश यादव लहान साउन ३ । सिरहाको कल्याणपुर नगरपालिका–१२ बेल्हामा ७ वर्षीय बालकको मृत्यु प् ...

मिथिला कला क्षेत्रला ...

लहान साउन २ । मिथिला क्षेत्रको कला, संगीत, मनोरञ्जन तथा सिर्जनात्मक क्षेत्रमा सक्रिय कलाकार र प्रतिभ ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१