Siraha Times
ताजा समाचार

भगवानपुर वन नर्सरीबाट निःशुल्क बिरुवा वितरण सुरु, १८ प्रजातिका ९५ हजार बिरुवा किसानलाई उपलब्ध

  • साउन २०, २०८२
  • ८८० पटक पढिएको
  • सिरहा टाइम्स
alt

ओम प्रकाश यादव लहान, साउन २०। डिभिजन वन कार्यालय लहान अन्तर्गत सिरहाका १७ मध्ये १५ वटा स्थानीय तहमा सञ्चालित ‘समृद्धिका लागि वन कार्यक्रम’ अन्तरगत बहुवर्षीय बिरुवा उत्पादन कार्यक्रम प्रभावकारी रूपमा अघि बढिरहेको छ। यसै कार्यक्रम अन्तर्गत भगवानपुरमा सञ्चालित भगवानपुर वन नर्सरी बाट किसानहरुलाई निःशुल्क रूपमा गुणस्तरीय बिरुवा वितरण कार्य प्रारम्भ गरिएको छ।

वन नर्सरीका नाइके सन्तोष कुमार झा का अनुसार हाल नर्सरीमा १८ प्रजातिका करिब ९५ हजार बिरुवा रहेका छन्। तीमध्ये मलेशियन सखुवा, गमहारी, इमली, अर्जुना, जामुन, बेइर, लगायतका बहुपयोगी र आर्थिक सम्भावना भएका बिरुवाहरू समावेश छन्। यी बिरुवाहरू आर्थिक वर्ष २०८१/८२ मा बहुवर्षीय योजना अन्तर्गत उत्पादन गरिएका हुन्। झा का अनुसार यस वर्ष समयमै वर्षा नभएको र विजुलीको अभावले सिँचाइमा समस्या हुँदा बिरुवा उत्पादनमा केही ढिलाइ भए पनि अब वितरण कार्य तीव्र रूपमा अगाडि बढाइएको छ।

डिभिजन वन कार्यालयका अधिकृत राधेश्याम चौधरी ले किसानहरुलाई पूर्ण रूपमा निःशुल्क बिरुवा वितरण गर्ने जानकारी दिनुभयो। उहाँका अनुसार एक किसानले आवश्यक अनुसार बिरुवा लैजान सक्ने छन्। ५० ओटा बिरुवासम्मको लागि नाम, ठेगाना र मोबाइल नम्बर भए पुग्ने व्यवस्था गरिएको छ। तर ५० ओटा भन्दा बढी बिरुवा चाहिने किसानले भने लगाउने जमिनको लालपुर्जाको प्रतिलिपि र सम्बन्धित वडाबाट सिफारिस लिएर आएमा सहज रूपमा बिरुवा पाउनेछन्।

डिभिजन वन कार्यालयको अनुगमन र सहजीकरणमा स्थानीय तहका वन नर्सरीहरूलाई प्रभावकारी रूपमा सञ्चालनमा ल्याउने प्रयास भइरहेको अधिकृत चौधरीले बताए। हालै पालिका स्तरमा सञ्चालित वन नर्सरीहरूको व्यवस्थापन अनुगमनसमेत सम्पन्न भइसकेको जानकारी गराइयो। किसानहरूको आर्थिक सशक्तिकरण, वातावरण संरक्षण र वन क्षेत्रको समृद्धिका लागि सञ्चालित यो कार्यक्रमले स्थानीय तहमा सकारात्मक प्रभाव पार्न थालेको देखिन्छ। गुणस्तरीय बिरुवा सहज र निःशुल्क रूपमा प्राप्त हुन थालेपछि किसानहरू समेत उत्साहित देखिएका छन्। वन नर्सरीबाट बिरुवा प्राप्त गर्न इच्छुक किसानहरूले भगवानपुर वन नर्सरीमा सम्पर्क गर्न सक्ने छन्।

प्रतिक्रिया दिनुहोस

घर–घरको शान, स्वच्छत ...

लहान असार ०२ । शनिबार बिहान लहान नगरपालिका–६ स्थित राधाकृष्ण मन्दिर परिसरमा सामान्य दिनभन्दा फ ...

भगवानपुर सबस्टेसन बा ...

रहमुल,लहान १ साउन । सिरहाको भगवानपुर गाउँपालिका–१ स्थित नेपाल विद्युत् प्राधिकरणको भगवानपुर सब ...

दैनिक ज्यालादारी कर् ...

रामअधार यादव, रौतहट, साउन १  । पूर्वाधार विकास कार्यालय रौतहटले आर्थिक वर्ष २०८२/०८३ मा दैनिक ज ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१