Siraha Times
ताजा समाचार

सिराहा: पर्सापोखर्भिण्डामा गाउँपालिका अध्यक्षको ट्रयाक्टरले किचेर विद्यार्थी नाबालिकाको ज्यान लियो शोकमय पर्सागाँउ

  • असार १४, २०८२
  • ९५८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विसूनदेव सरदार सिराहा / असार १४ गते ।  लक्ष्मीपुर पतारी गाउँपालिका वडा न.–२ पर्सा पोखर्भिण्डामा हिजो १०:१५ बजे एक दुखद घटना घटेको छ । जब गाउँपालिका अध्यक्ष चतुरानन्द ठाकुरको ट्र्याक्टरले रविन्द्र साहको छोरी स्कुलबाट पढेर घर फर्कि रहँदा नाबालिका प्रियंका साहलाई ठक्कर दिँदा उनको घटनास्थलमै ज्यान गएको थियो । प्रत्यक्षदर्शीका अनुसार, ट्राक्टर माथि इँटा लोडिङ्ग थियोे, ट्राक्टरको गति एक्दमै तीव्र थियो , अचानक भन्दा पहिलादेखि नै ट्राक्टरको ब्रेक फेल हुँदा ट्राक्टर अनियन्त्रित भई बालिकालाई ठक्कर दिई किचेर ज्यान लिएको स्थानीयहरु बताउँछन् । 

यता- गाडी चालक भने - अहिलेसम्म फरार रहेको छ। यस विषयमा इलाका प्रहरी कार्यालय महेशपुर पतारीका ( ईन्स्पेक्टर ) प्रहरी निरीक्षक रविनराज मैनाली चालकलाई खोजतलास गर्न चाहे जत्ति मौन देखिन्छ । प्रहरी निरीक्षक रविनराज मैनालीका अनुसार बालिकाको शव पोस्टमार्टमका लागि लहान पठाइएको छ। ट्र्याक्टर अध्यक्ष ठाकुरकै स्वामित्वमा रहेको हो लक्ष्मीपुर पतारी गाउँपालिकाको अध्यक्ष चतुरान्नद ठाकुरले स्थानीयको उपस्थितिमा यो मेरै ट्राक्टर हो- दुर्भाग्यवश घटना भयो - घनी "मै" हुँ उजुरी गर्नुस् - जे हुन्छ म गर्न तयारी छु भनेर मौखिक दावी गरेका छन् ।

स्थानीयको आरोप अनुसार, पालिका अध्यक्ष भएकै कारण यस घटनालाई सुस्त रुप दिइएको भन्न सकिन्छ । प्रत्यक्षदर्शीहरु भन्छन् - ट्र्याक्टरको गति "तेज" थियो र "ब्रेक फेल" थियोे , चालक "लापरवाहीपूर्वक" गाडी चलाइरहेका थिए। केही साता अघि पालिकाअध्यक्ष चतुरान्नद ठाकुरलाई विवादमा तानिएका थिए, जब उनले चढ्ने सरकारी गाडीले सडकमै गाडीले बाख्रालाई ठक्कर दिएको भन्ने आरोप सार्वजनिक भएको थियो। सो घटनामा स्थानीयवासीले क्षतिपूर्ति माँगका निम्ति बाख्रा उनको घरसम्म पुर्‍याए तर, उनलेे केही सुनुवाइ गरेनन् , बरु उनले उल्टै बाख्रा धनीलाई भने जानुस् जहाँ जाँनु छ जाँनुस् म माथि उजुरी गर्नुस् ।

त्यति मात्र होइन, सडक विस्तारको क्रममा स्थानीय महिलाले आपत्ति जनाउँदा प्रहरीले हस्तक्षेप गरेको थियो। घटनासँग जोडिएका केही महिलाहरूलाई महेशपुर पतारीस्थित ईलाका प्रहरी कार्यालयमा थुनामा राखिएको स्थानीयको दाबी छ। लक्ष्मीपुर पतारी गाउँपालिकाका अध्यक्ष चतुरान्नद ठाकुर नेपाली काङ्ग्रेसबाट चुनाव जितेका व्यक्ति हुन् । उक्त गाउँपालिकामा नेपाली काङ्ग्रेसको बहुमतको सरकार भएकाले स्थानीयलाई गार्‍हो भएको छ। स्थानीयबासीले घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कानुनी कारवाहीको माग गरिरहेका छन्। बालिकाकी परिवारले गहिरो शोक व्यक्त गरेका छन् भने गाउँ नै शोकाकुलसहित आक्रोशको वातावरण छ।

प्रतिक्रिया दिनुहोस

बरियारपट्टी गाउँपालि ...

लहान, असार १० । बरियारपट्टी गाउँपालिकाले आर्थिक वर्ष २०८३/०८४ का लागि ५७ करोड ८२ लाख ८२ हजार २ सय ८७ ...

नवराजपुर गाउँपालिकाक ...

ओम प्रकाश यादव लहान, असार १० । सिरहाको नवराजपुर गाउँपालिकाको १९औँ गाउँसभा अधिवेशन सफलतापूर्वक सम्पन् ...

वाडा अध्यक्ष अमित ठक ...

​वीनोद अविरलअसार १०, सिराहा । सिराहाको धनगढीमाई नगरपालिका वडा नम्बर १४ स्थित अमिलटारमा पर्यटकीय क्षे ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१