Siraha Times
ताजा समाचार

गुणस्तर सेवा प्रवाह हुँदा रा.उ.प्रादेशिक अस्पतालमा बिरामीको चाप उच्च ब्यबस्थापन पक्ष कमजोर

  • जेठ २७, २०८२
  • ९१५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रहमुल लहान २७ जेठ । सिरहाको लहान स्थित रहेको रामकुमार सारडा उमाप्रसाद मुरारका स्मारक प्रादेशिक अस्पताल बिरामीहरुको मुख्य गन्तव्य बनेको छ। आजको स्थलगत रिपोर्टिङमा बिरामीको चाप हेर्दा वास्तवमा अस्पताल सहज सुलभ र गुणस्तरीय सेवा प्रवाह दिइरहेको अस्पतालको बिरामी र बिरामीको कुरुवाले बताएका छन भने ब्यबस्थापन पक्ष कमजोर रहेको बिरामीको कुरुवाहरुले गुनासो गरेका छ्न। त्यति मात्र होइन सरकारी अस्पतालको राम्रो सेवा प्रवाहको कारण निजि अस्पताल र क्लिनिकहरुको बेहाल अवस्था रहेको प्रष्ट देख्न सकिन्छ। यस अस्पतालले बिरामीको लागि प्रायः सबै सेवा सुबिधाहरु सस्तो र भरपर्दो अस्पतालको हाता भित्रै उपलब्ध गराइरहेको अवस्था छ।

सिरहा, सप्तरी र उदयपुर जिल्लाका नागरिकहरूको साझा स्वास्थ्य सेवा केन्द्रको रूपमा स्थापित यो अस्पताल लहानको मुटु र गहना पनि हो। यस अस्पतालको सेवा क्षेत्रीय स्तरमा महत्वपूर्ण भए तापनि, केही संरचनागत र व्यवस्थापकीय चुनौतीहरूका कारण सेवा प्रवाहमा समस्या देखिएको चिकित्सकहरु बताउछन। यस अस्पतालको हालको प्रमुख सेवा सुविधाहरू यस प्रकार रहेको छ। आपतकालीन सेवा (Emergency Services): अस्पतालले आपतकालीन सेवामा सुधार गर्दै आएको छ र यस आ.ब. ०८१/८२ को हालसम्म १,२७५ जना बिरामीले आपतकालीन सेवा लिएका छन्। प्रसूति सेवा (Maternity Services): प्रसूति सेवा लिन दैनिक ५ देखि ७ जना आउने गरेका छन्, जसमा केही शल्यक्रिया समेत आवश्यक पर्ने अवस्थामा छन्। प्रयोगशाला सेवा (Laboratory Services): अस्पतालले १५,१७१ जनाको प्रयोगशाला परीक्षण यसै आ.ब. मा गरेको छ। विशेषज्ञ सेवा (Specialist Services): अस्पतालमा १७ विशेषज्ञ चिकित्सक र ११ मेडिकल अधिकृत गरी कुल १४५ जना स्वास्थ्यकर्मी कार्यरत छन्। 

सामाजिक सेवा इकाई (Social Service Unit): गरिब, असाहय, अपाङ्गता भएका व्यक्तिहरू, जेष्ठ नागरिक, महिला स्वास्थ्य स्वयंसेविका, शहिद परिवार, प्राकृतिक प्रकोप पीडित, कुपोषित बालबालिका, प्रहरीद्वारा ल्याइएका थुनुवा, दुर्घटनामा परेका आकस्मिक बिरामी (अविभावक नभएका), सीमान्तकृत तथा लोपोन्मुख आदिवासीलाई निशुल्क वा सहुलियत स्वास्थ्य सेवा उपलब्ध गराउने व्यवस्था गरिएको छ। 

यस अस्पतालको सेवा प्रवाह गर्न केहि चुनौतीहरू पनि छन जस्तै सामान्य उपचारको अभाव: अस्पतालले सामान्य उपचारका लागि बिरामीलाई विराटनगर वा धरान जस्ता स्थानमा रेफर गर्नुपर्ने बाध्यता रहेको छ। राजनीतिक प्रभाव: अस्पतालमा राजनीतिक हस्तक्षेपका कारण सेवा प्रवाहमा असमानता र असुविधा देखिएको छ। भौतिक पूर्वाधारको अभाव: अस्पतालको भौतिक संरचनामा सुधार र विस्तारको आवश्यकता रहेको छ, जसका लागि प्रदेश सरकारसँग पहल भइरहेको मेसु डाक्टर रन्जित झाले जनाएका छन। 

मेसु डा. झाको अनुसार यस प्रादेशिक अस्पतालको सुधारका लागि केही प्रयासहरू पनि भएका छन जस्तै भर्खरै मधेस प्रदेशका मुख्यमन्त्रीको अनुगमन: मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले अस्पतालको अनुगमन गरी सेवा प्रवाहमा सुधार ल्याउने आश्वासन दिएका छन् भने तत्कालीन संघीय उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवले अस्पतालको निरीक्षण गरी सेकेण्डरी तहको अस्पतालको रूपमा विकास गर्ने घोषणा समेत गरिसकेका र त्यसको साकारात्मक पहल पनि भैरहेको मेसु झाले बताए।

त्यति मात्र हैन सामाजिक सेवा इकाइको स्थापना: निशुल्क वा सहुलियत स्वास्थ्य सेवा उपलब्ध गराउने सामाजिक सेवा इकाइको स्थापना समेत यस अस्पताल भित्र गरिएको छ भने अस्पतालको नाममा हाल सम्म उक्त ठाउँको जग्गा नामसारी हुन सकेको छैन।

प्रतिक्रिया दिनुहोस

मोटरसाइकल चालकलाई ट् ...

ओम प्रकाश यादव लहान, साउन ९ । जिल्ला प्रहरी कार्यालय तथा मातहतका सम्पूर्ण प्रहरी युनिटहरूमा मोटरसाइक ...

२ ग्राम ६७ मिलिग्राम ...

ओम प्रकाश यादव लहान, साउन ९। सिरहा प्रहरीले २ ग्राम ६७ मिलिग्राम खैरो हिरोइन जस्तो देखिने लागूऔषधसहि ...

स्वास्थ्य केन्द्रमै ...

कुलानन्द यादव सिराहा साउन ९ । सिरहाको भगवानपुर गाउँपालिकास्थित प्राथमिक स्वास्थ्य केन्द्र परिसर ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१