३३ औं अन्तराष्ट्रिय अपांग दिवस सखुवानन्कारकट्टीमा

  • मंसिर १९, २०८१
  • ५७० पटक पढिएको
  • सिरहा टाइम्स
alt

रहमुल लहान १९ मंसिर । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका २ जगतपुर अधारभुत विद्यालयको प्राङ्गणमा ३३औं अन्तर्राष्ट्रिय अपाङ दिवस जिल्ला अपांग सेवा संघ सिरहा र सखुवानन्कारकट्टी गा.पा. स्तरीय संघको आयोजनामा र सखुवानन्कारकट्टी गा.पा. को सहयोगमा भव्यताका साथ उल्लेखनीय फरक क्षमताका साथीहरुको सह‌भागितामा सम्पन्न भएका छन। 

 

कार्यक्रमको अध्यक्षता संघका पालिका अध्यक्ष बिनय यादवको रहेको थियो भने प्रमुख अतिथि गा० पा० उपाध्यक्ष निलम यादव रहेको थियो। विशिष्ट अतिथिहरु नमुना अधारभुत विद्यालय प्राविधिकधार मौवाहीका प्र.अ. बिबेक यादव, स्वास्थ्य शाखा प्रमुख हरिनरायण चौधरी लगायत विभिन्न्न सरकारी तथा गैरसरकारी संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरु रहेका थिए। वाक्लो उपस्थिति रहेको कार्यक्रमको उद्‌घोष रामसेवक रामले गरेका थिए। कार्यक्रम चलिरहेको बखत विशिष्ट अतिथिको रुपमा वोल्दै नमुना ज.मा. बि. प्राबिधिकधार मौवाहीको प्र.अ. विवेक यादवले इच्छाशकि भए सपाङको सरह अपांग भएको व्यक्ति जे काम पनि गर्छ, संसार बदल्न सकछ, सगरमाथा शिखमा पुग्न सक्छ अर्थात आफ्नो क्षमता अनुसार अरु कामकाज गर्न सक्छ र यसका लागी शिक्षा आवश्यक रहेको बताएका थिए। 

उहाँ अगाडी थप्दै शिक्षा यस्तो हतियार हो जस‌को सहारामा जस्तो व्यक्ती जे काम पनि सजिलै गर्न सकिन्छ जस‌को हजारौ उदाहरण छ वताएका थिए। स्वास्थ्य सम्बन्‌धी उठेका सवालमा स्वास्थ्य शाखा प्रमुख हरिनरायण चौधरीले पालिका भरिका सम्पूर्ण नागरिकको लागी सबैको समान व्यवहार गर्दै स्वास्थ्य शाखा अगाडी बढिरहेको बताएका छन । चौधरी अगाडी थप्दै यस स्थानीय सरकार मातहतका नागरिक कोई विरामी भयो केही छैन सब भन्दा तपाईको नजिकको स्वास्थ्य संस्था जहाँ छ पहिला त्यहाँ सम्पर्क गर्नु अनि पछि के गर्नु पर्छ स्वास्थ्य शाखाले गर्छ समेत बताएका हुन। 

अझ अगाडी थप्दै शाखा प्रमुख चौधरी स्थानीय सरकार आफूले भ्याए सम्म लगभग प्राथमिक उपचार‌को लागी दिर्घ रोगीको लागी, खोप सेवा लगायत व्यवस्थीत ल्याव र प्रसुति गृही सहित तैयारी अवस्थामा रहेको र नेपाल सरकारको मापदण्ड अनुसार औंषधि वितरण सहित दक्ष जनस्वास्थ्य कर्मि तैनाथ रहेको समेत बताए। कार्यक्रम अवधिभर उठेका सम्पुर्ण सवाललाई सम्बोधन गर्दै गा.पा.उपाध्यक्ष एवम कार्यक्रमका प्रमुख अतिथि निलम यादवले सहभागी फरक क्षमताका साथीहरूलाई उच्च सन्मान दिदै म पदमा रहुन जेल जन्ताका साथ कहिले कुनै पनि हालतमा नछोडने वताएकी हुन । जन्ता मेरो लागी सबै थोक हो। जन्ताको हरेक समस्या स्थानीय सरकारको उप-प्रमुखको नाताले सुन्ने बुझ्ने र सामाधान‌को खोजी गर्ने मेरो जिम्मेवारी हो वताउदै उपाध्यक्ष यादव शायद यसैका लागी जनमत मैले पाएको छु। जन्ता परिवर्तनका लागी, सखुवानन्कारकट्टीको विकासका लागी मलाई मत दिएको हो वताएकी छिन।

उहाँ अगाडी थप्दै आजको कार्यक्रम‌मा उठेका सवाल सम्वोधन गराउन र जनवोलीको कदर गराउन जति सक्दो स्थानीय सरकार संग वहस गरी कार्यन्वन गराउन पछि नहटने समेत वताएकी हुन। अझ अगाडी थप्दै उपाध्यक्ष यादव पद‌मा रहुन्जेल म सम्पुर्ण पालिका वासीको उपाध्यक्ष हो समस्या हुने नागरिकले आ आफना समस्या सहित हाम्रो सम्पर्क‌मा आउनु प-यो। समाधान हामी खोज्नै पर्छ र सरकारको दयित्व पनि हो समेत बताए‌की छिन् ।

May be an image of 3 peopleमहिलाको सवालमा उपाध्यक्ष यादवले अहिले पनि महिला पिडामा छन। हिंसा खेपी रहेकी छिन र महिला तथा बाल हिंसाको चपेटामा पहिला महिला नै पर्छन। पुरुष प्रधान देश हो, हामी महिला पिड़ा कहिले सम्म खेप्ने गुनासो पोखेकी हुन । महिला पुरुष एक साथ मिलि घरगृहस्थी चलाउन आग्रह गर्दै उपाध्यक्ष यादव आजको कार्यक्रममा उठेका स‌वालहरू स्थानीय सरकार संग छलफल बहस गरी कार्यन्वयन गराउने समेत बताएकी हुन । साँस्कृतिक कार्यक्रम सहित मनाइ‌एको अपाङ दिवसमा सहभागीहरूमा निकै नै उमंग स्थलगत रिपोर्टिङ्‌मा देखिएका थिए।

May be an image of 6 people, crowd and text

प्रतिक्रिया दिनुहोस

प्रेस मञ्च नेपाल सिर ...

ओम प्रकाश यादव लहान चैत्र १ । प्रेस मञ्च नेपाल सिरहा द्वारा आयोजित होली मिलन समारोह लहानमा ...

लहानमा सिंग्राहीदेखि ...

सिरहा, लहान — लहान नगरपालिकाको वडा नं. ७ स्थित मरवाडी सेवा सदनदेखि सिंग्राही १ सम्मको अस्फाल्ट ...

सिराहा सिडियोले भन्य ...

विष्णुदेव सरदार महोत्तरी / फागुन २७ गते यही आउँदो फाल्गुन २९ गते बिहीबार पहाडमा होली र चैत १ गते शुक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१