ताजा समाचार

हज सचेतना कार्यक्रम कृष्णनगरमा सम्पन्न, हजयात्रीका लागि सहज हुने वक्ताहरुको जोड

  • मंसिर ११, २०८१
  • ९३१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

कृष्णनगर, कपिलवस्तु, मंसिर ११ नेपाल हज समितिको आयोजनामा कपिलवस्तुको कृष्णनगरमा मङ्गलबार हज सचेतना कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा हजयात्रीहरूलाई हज यात्रा गर्दा ध्यान दिनुपर्ने महत्त्वपूर्ण कुराहरू र समस्याहरू समाधान गर्नको उपायबारे जानकारी गराइएको थियो। समितिका सदस्य मिर्जा रासिद बेगका अनुसार कतिपय हजयात्रीहरूले जानकारीको अभावका कारण विभिन्न समस्याहरू झेल्नुपरेकोले यस्ता सचेतना कार्यक्रमको आयोजना गरिएको बताउनुभयो ।

बेगले विगतको तुलनामा हाल हजयात्रीहरूका लागि सहज वातावरण सिर्जना गरिएको जानकारी दिँदै, हज यात्राका क्रममा महत्वपूर्ण नियमहरूको पालना गर्नुपर्नेमा जोड दिए। नेपाल हज समितिका अध्यक्ष इश्रामुल्ला मियाले हजयात्रीहरूको सुविधाका लागि सुधारिएको सेवाबारे चर्चा गर्दै, विगतमा उठेका आलोचनाहरूलाई सम्बोधन गर्दै समितिले अहिले पारदर्शी रूपमा काम गरिरहेको बताए।

कार्यक्रममा प्रतिनिधिसभा सदस्य मङ्गल प्रसाद गुप्ताले समितिले व्यवस्थित रूपमा हजयात्रीहरूलाई मक्का-मदिना पुर्‍याउन गरेको व्यवस्थाको प्रशंसा गर्दै, यात्रा गर्दा आउने समस्याहरूलाई गम्भीर रूपमा समाधान गर्नुपर्नेमा जोड दिए। अर्का प्रतिनिधिसभा सदस्य सेरज अहमद फारुकीले हजयात्रीहरूलाई नियम र कानुनको पालना गर्न आग्रह गरे।

मुस्लिम आयोगका सदस्य मिर्जा अर्सद बेगले हज समिति र मुस्लिम आयोगबीच सहकार्य आवश्यक रहेको बताए। कार्यक्रममा कृष्णनगर नगरपालिकाका मेयर रजत प्रताप शाह, प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्याल, युवा नेता रहिस शाह, अक्रम पठान, र मक्सुद नेपालीलगायत मौलानाहरुले पनि आआफ्ना धारणा राखेका थिए।

यस वर्ष साउदी सरकारले नेपाललाई हज यात्राका लागि १,२०० कोटा उपलब्ध गराएको छ। नेपाल हज समितिका अनुसार अहिले हजको अवधि ३२ दिनको हुने बताइएको छ। छोटो अवधि र सुधारिएको व्यवस्थाका कारण हजयात्रीहरूको खर्चमा कमी आउने अपेक्षा गरिएको छ। हजयात्रीहरूलाई सजग बनाउनु र उनीहरूको यात्रालाई सहज बनाउन समिति र सरोकारवालाहरूबीच सहकार्यको वातावरण सिर्जना आवश्यक रहेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस

गौरमा केवाइसी अपडेटक ...

रामअधार यादव, रौतहट, २६ असोज। बैंक तथा डिजिटल वालेटका कर्मचारी भएको भन्दै केवाइसी (KYC) अपडेट गर्ने ...

लहानको नयाँ बजारमा श ...

ओम प्रकाश यादव लहान, असोज २६ । “शौचालय बनाऔँ, सम्मान र स्वास्थ्य जोगाऔँ!” भन्ने नारासहित ...

गोलबजारमा अवैध ग्राभ ...

ओम प्रकाश यादव, लहान असोज २६। सिरहाको गोलबजार नगरपालिका–१ बलडाँडा मुसहरस्थित क्षेत्रमा अवैध रू ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤