ताजा समाचार

सिरहाको सुखीपुरबाट ५० हजार रुपैयाँ बराबरको प्रतिबन्धित पटका बरामद

  • असोज २६, २०८३
  • ३१६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

ओम प्रकाश यादव लहान, असोज २६ । सिरहाको सुखीपुर नगरपालिका–२, छजनाबाट प्रहरीले ठूलो परिमाणमा प्रतिबन्धित विस्फोटक पदार्थ नागिन पटका बरामद गरेको छ। प्रहरीले भारतबाट मोटरसाइकलमा ल्याइँदै गरेको अवस्थामा ३५ बण्डल नागिन पटका बरामद गरेको हो। इलाका प्रहरी कार्यालय महेशपुरपतार, सिरहाबाट खटिएको प्रहरी गस्ती टोलीले सुखीपुर नगरपालिका–२, छजना क्षेत्रमा गस्ती गर्ने क्रममा भारतबाट मोटरसाइकलमा बोरा बोकेर ल्याउँदै गरेका व्यक्तिहरूलाई देखेको थियो। प्रहरी टोलीलाई देखेपछि उनीहरूले बोरा फालेर मोटरसाइकलसहित घटनास्थलबाट फरार भएका थिए।

त्यसपछि प्रहरीले फालिएको बोरा खोलेर जाँच गर्दा प्रतिबन्धित विस्फोटक पदार्थ नागिन पटका ३५ बण्डल फेला पारेको जनाएको छ। बरामद पटाकाको अनुमानित मूल्य करिब ५० हजार रुपैयाँ रहेको प्रहरीले जनाएको छ। बरामद गरिएको पटका आवश्यक कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय महेशपुरपतारमा राखिएको छ। घटनामा संलग्न भई फरार भएका व्यक्तिहरूको पहिचान तथा खोजतलास गर्ने कार्य भइरहेको प्रहरीले जनाएको छ।

चाडपर्वको समयमा प्रतिबन्धित पटका तथा विस्फोटक पदार्थको अवैध ओसारपसारले जनधनको सुरक्षामा जोखिम निम्त्याउन सक्ने भएकाले प्रहरीले यस्ता गतिविधिमाथि निगरानी बढाउँदै आएको छ। विशेषगरी भारतसँग सीमा जोडिएका क्षेत्रबाट प्रतिबन्धित विस्फोटक पदार्थ भित्रिन सक्ने सम्भावनालाई मध्यनजर गर्दै सुरक्षा निकायले गस्ती तथा निगरानीलाई प्राथमिकता दिनुपर्ने देखिन्छ। यस घटनामा संलग्न व्यक्तिहरूको पहिचान भएपछि थप कानुनी प्रक्रिया अघि बढाइने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस

गौरमा केवाइसी अपडेटक ...

रामअधार यादव, रौतहट, २६ असोज। बैंक तथा डिजिटल वालेटका कर्मचारी भएको भन्दै केवाइसी (KYC) अपडेट गर्ने ...

लहानको नयाँ बजारमा श ...

ओम प्रकाश यादव लहान, असोज २६ । “शौचालय बनाऔँ, सम्मान र स्वास्थ्य जोगाऔँ!” भन्ने नारासहित ...

गोलबजारमा अवैध ग्राभ ...

ओम प्रकाश यादव, लहान असोज २६। सिरहाको गोलबजार नगरपालिका–१ बलडाँडा मुसहरस्थित क्षेत्रमा अवैध रू ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤