एकीकृत शिक्षक संगठनका केन्द्रिय परिषद सदस्य यादव राहत शिक्षकको उपाध्यक्षमा निर्वाचित

  • कार्तिक १५, २०८१
  • ४५८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

सप्तरी, १५ कार्तिक । एकीकृत अखिल नेपाल शिक्षक संगठनका केन्द्रिय परिषद सदस्य शिवकुमार यादव राहत शिक्षकको केन्द्रिय उपाध्यक्षमा निर्वाचित भएका छन् । कार्तिक ९,१० र ११ गते काठमाडौंमा सम्पन्न राहत शिक्षकको छैठौं महाधिवेशनले नेकपा माओवादी केन्द्र निकट रहेका यादव केन्द्रिय उपाध्यक्षमा निर्वाचित भएको हो ।

करिव २० वर्षदेखी शिक्षण पेशामा आवद्ध यादव आम शिक्षकको मुक्तिको लागी लामो समयदेखी संघर्षरत रहेका छन् । पेशागत सुरक्षाको दृष्टीकोणले "योगदानमा आधारित सामाजिक सुरक्षा कोष" को एजेन्डा नछोड्ने गरी एजेन्डा तय गर्दै महाधिवेशन सम्पन्न भएको छ । महाधिवेशनले सम्पुर्ण राहत शिक्षकलाई विस्थापित नहुने गरि प्रक्रिया पुर्याएर स्थायित्व गर्नुपर्ने र शिक्षकको अधिकतम हितकारी एजेन्डा अगाडी बढाउने संकल्प लिएको नवनिर्वाचित उपाध्यक्ष यादवले जानकारी दिए ।

को हुन शिवकुमार ? सप्तरीको बलान बिहुल गाउँपालिका वडा नं. १ स्थायी घर भएका यादव वि.सं. २०६२ सालदेखी शिक्षण पेशामा आवद्ध रहेका छन् । धादिङ र काठमाडौं लगायत विभिन्न जिल्लामा अध्यापन गरेको हाल गोरखा जिल्लामा कार्यरत रहेको छ । शिक्षाको क्षेत्रमा अतुलनिय योगदान गरेको यादवले शिक्षण पेशाको सुनिश्चितताको लागि व्यापक रुपमा जनदबाब सिर्जना गर्दै आएको हो । माक्र्सवादी चिन्तक समेत रहेका उनले मधेशको शिक्षा सुधारको लागि प्रयासरत रहेको हो । यादव माक्र्सवादी स्कुल मधेश प्रदेशका सदस्य तथा प्रशिक्षक समेत हुन् । स्थापित शिक्षक नेताको रुपमा चिनिएका यादव राहत शिक्षकको साथै अन्य शिक्षकको मुक्तिको लागि संघर्ष गर्ने उद्घोष समेत गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस

किशोरीहरुको अगुवाइमा ...

संजू कुमारी दास, लाहान सिरहा, पुष ११ । सिरहाको गोलबजारमा हानीकारक परम्परागत अभ्यास लैङ्गिक हिंसा तथा ...

सामूहिक बलात्कारको आ ...

विराटनगर पुस ११ । मोरङको जहदामा २२ वर्षीय युवतीमाथि सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले तीन जनाला ...

कतारका नव नियुक्त रा ...

रामएकवाल रामदोहा - कतारका लागी नवनियुक्त राजदूत महामहिम रमेश चन्द्र पौडेललाई दोहामा स्थापित वैचारिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

best free website hit counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१