Siraha Times
ताजा समाचार

नवराजपुर गाउँ पालिकाले गरे भारत मैत्री प्रवेशद्वारको शिल्यान्यास

  • असोज १०, २०८१
  • १०२१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रहमुल लहान १० असोज सिरहाको नवराजपुर गाउँपालिका ५मा पर्ने भारत नेपाल सिमानामा रहेको घोरमोहनामा वीर शहिद रमेश महतोको सम्झना स्वरुप गाउँपालिका प्रमुख शिव उदगार यादव (शिवा) द्वारा भारत मैत्री प्रवेश द्वारको शिल्यानास गरिएको छ । वडाअध्यक्ष जय प्रकाश यादवको अध्यक्षतामा भएको कार्यक्रममा प्रवेश द्वारको शिल्यान्यास गर्दै प्रमुख यादवले सहिद रमेश महतो प्रवेश द्वारले नेपाल भारतका मुख्य द्वार भनेर चिनाउने उदेश्यले निर्माण गर्न लागिएको यस प्रवेश द्वारबाट नेपाल भारत जनतालाई सहज हुने बताउनुभयो। उक्त द्वार स्थानीय सरकारको बजेट सिलिङ अनुसार २० लाखको लागतमा निर्माण हुन लागेको हो।

हुन त यस पालिकाका कुनै पनि वडा त्यति कमजोर छैन विकासको नाममा एक देखि अर्को अदभुत विकासका काम गरेकै छन। शिव उदगार यादव नेतृत्वको स्थानीय सरकार आए देखि नै प्रत्येक वडाका जनप्रतिनिधिहरु आफ्नै काम सम्झीरहेका छन् उदाहरण नै लिनु पर्यो भने यहि नवराजपुर गाउँ पालिकाका वडा न . ५ कै कुरा गर्यो भने जुन काम अहिलेको सरकारले गरेर दिएका छन् त्यहि काम पछिला सरकारले गरेको भए आज यस वडा न.५ मा कुनै काम गर्नु पर्ने आवश्यकता नै थिएन र अझ अगाडीको काम काज किसानहरुको पक्षमा बलियो तरिकाले भएको हुन्थ्यो वडा अध्यक्ष जय प्रकाश यादवले जनाए।

नवराजपुर गा.पा. पहिला हरेक क्षेत्र बाट पछि परेका क्षेत्र थिए। सडक, बिजुली, शिक्षा, स्वास्थ, खानेपानी तथा सरसफाइ लगायत अन्य धेरै क्षेत्रमा सास्ती खेपिरहेका यस क्षेत्रका नागरिक अहिले सरकार घरदैलोमा पुगेको महशुस गरिरहेको धेरै स्थानीयले बताएका छन भने यस पालिकाका विपक्षीहरु पनि नजिक बाट स्थानीय सरकारलाई नियाली रहेका छन जसको कारण सत्तापक्ष होशियारीपुर्बक बिकास कामलाई अगाडी बढाइरहेको देख्न सकिन्छ। हुन त बिपक्षी बिना बिकास संभव छैन। धन्यवादका पात्र बिपक्षीहरु कम्मर कसेर आफ्नो गाउँ ठाउँ बिकास गराउन सत्ता पक्षको पछि लागेर अहिले नवराजपुरमा बिकासको गति तिब्र रहेको जो कोहिले प्रष्ट देखिदैछन र यसको सिको अन्य पालिकाको सत्तापक्ष र बिपक्षले गर्न समेत जरुरी रहेको देखिन्छ।

प्रतिक्रिया दिनुहोस

सिद्धार्थनगर–४ का प् ...

भैरहवा, असार २० । युवा समाजसेवी सिद्धार्थनगर–४, रूपन्देहीले सिद्धार्थनगर नगरपालिका–वडा न ...

अध्यक्षकै टोलको सडक ...

रहमुल, लहान २० असार । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–५ महेशाबारी स्थित मुख्य सडक अहिले हि ...

सिरहामा नेपाली कांग् ...

रहमुल लहान, २० असार । नेपाली कांग्रेस सिरहा क्षेत्र नं. १ क्षेत्रीय कार्यसमितिको आयोजनामा शुक्रबार ल ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१