कञ्चनरुपको लजमा एक युवक मृत भेटियो

  • जेठ २२, २०८१
  • ४२०८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

कञ्चनपुर ,२२ जेठ  सप्तरीको कञ्चनरुप नगरपालिका -८ स्थित बेरियरमा रहेको एक लजमा मंगलबार एकजना युवक मृत भेटिएको छ।  धनकुटा महालक्ष्मी नगरपालिका वडा नम्बर १ निवासी  करिब २८ वर्षका सुजन कार्की स्थानीय एन्जिल्ला लजको कोठा नम्बर -९ मा मृत भेटिएको हो ।   लज संचालकले जानकारी गाराउन साथ घटना स्थलमा पुग्दा कार्की पंखामा घाँटी पासो लगाएर  झुन्डिएको अवस्थामा मृत फेला परेको ईलाका प्रहरी कार्यालय कञ्चनपुर सप्तरीले जनाएको छ । सोमबार (हिजो) दिउँसो करिब ३ बजेको समयमा उक्त लजमा कार्की बस्न आएको लजका सञ्चालक दिल बहादुर शाही ठकुरीले बताए ।    “सोमबार बेलुकाको खाना खान बोलाउँदा कार्कीले एक छिनमा आउँछु भनेपनि खान भने आएन”,होटल संचालक साहीले भने, “मंगलबार बिहान चेक आउट गर्न जाँदा भित्रबाट कोठा बन्द थियो । पटक – पटक कोठा खोल्ने प्रयास गरेपनी भित्रबाट नखोलेपछि ईलाका प्रहरी कार्यालय कञ्चनपुरलाई जानकारी गराएँ ।” “अनि प्रहरीले ढोका खोल्दा कार्की पंखामा झुन्डिएको अवस्थामा देखियो”  उनले भने । लासको सर्जिमिन मुचुल्का लगायतका कार्य स्थानीय जनप्रतिनिधिको रोहबरमा सम्पन्न गरि सकिएको इलाका प्रहरी कार्यालय कंचनपुरका प्रमुख डिएसपी महेन्द्र नेपालले जानकारी दिए ।  घटना बारे थप अनुसन्धान भइरहेको तथा शव परिक्षणका लागि राजविराज स्थित  गजेन्द्रनारायण सिंह अस्पताल राजबिराज पठाइएको उनले  जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस

पालिका स्तरीय खोप सम ...

रहमुल लहान २३ माघ । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिकामा आज पालिका स्तरीय खोप समन्वय समितिको एच.पि. ...

सिरहामा एच.पि.भी. खो ...

ओम प्रकाश यादव लहान, माघ २२ । सिरहा जिल्लामा पाठेघरको मुखको क्यान्सर गराउने ह्युमन प्यापिलोमाभाइरस ( ...

अध्यादेश बारे सकसमा ...

जनकपुरधाम, माघ २२ । सरकारले ल्याएको ६ वटा अध्यादेश सदनबाट पारित गराउन निर्णायक देखिएका जनता समा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१