Siraha Times
ताजा समाचार

महुलिया गोल्ड कप–२०८२ सम्पन्न, सुरुंगा युथ श्रीपुर च्याम्पियन

  • फागुन १८, २०८२
  • ११५४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रासिन्द्र यादव लहान फागुन १८ । “विकास! अनुशासन!! गतिशीलता” भन्ने मूल नाराका साथ आयोजित महुलिया गोल्ड कप–२०८२ को समापन समारोह सुरुङ्गा नगरपालिका–८ महुलियास्थित डिहबार बाबा स्थान खेल मैदानमा भव्य रूपमा सम्पन्न भएको छ। महुलिया फुटबल क्लब (MFC) सुरुङ्गा–८, महुलियाको आयोजनामा सम्पन्न प्रतियोगितालाई सुरुङ्गा नगरपालिका मधुपट्टी, सप्तरीले सहयोग तथा समन्वय गरेको थियो भने सतौन स्मृति ट्रस्ट, सप्तरी मुख्य प्रायोजकका रूपमा रहेको थियो।

समापन समारोहको अध्यक्षता MFC का रामनिवास चौधरीले गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन शिक्षा कार्यक्रम संयोजक तथा पत्रकार राधेश्याम रामले गर्नुभयो। कार्यक्रमका प्रमुख अतिथि सुरुङ्गा नगरपालिकाका नगरप्रमुख गीता चौधरी रहनुभएको थियो। विशिष्ट अतिथिहरूमा नगरउपप्रमुख रुद्र बहादुर कार्की, पूर्व वडा अध्यक्ष इन्द्र देव चौधरी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शम्भु नारायण चौधरी, सतौन स्मृति ट्रस्टका सूर्य नारायण चौधरी, पूर्व वडा अध्यक्ष महिकर चौधरी,समाजसेवी विजुली प्रसाद चौधरी, पूर्व SMC अध्यक्ष रेशम लाल सरदार, कार्यपालिका सदस्य पवनी चौधरी, युवा नेता चन्द्र भूषण चौधरीको उपस्थिति रहेको थियो।

त्यस्तै समाजसेवीहरू हरिमाल चौधरी, वेचुलाल चौधरी, रामनाथ चौधरी, शिवराम चौधरी, ओम प्रकाश चौधरी र राज लाल रामलगायतको सहभागिता रहेको आयोजकले जनाएको छ। पूर्व खेलकुद मन्त्री तेजुलाल चौधरीको पहलमा स्थापना भएको सतौन स्मृति ट्रस्टको सहकार्यले प्रतियोगिता अझ व्यवस्थित र आकर्षक बनेको बताइएको छ।

समापन खेलमा सुरुंगा युथ श्रीपुर र महुलिया फुटबल क्लबबीच प्रतिस्पर्धात्मक भिडन्त भएको थियो। खेलमा सुरुंगा युथ श्रीपुरले उत्कृष्ट प्रदर्शन गर्दै २–० गोल अन्तरले महुलिया फुटबल क्लबलाई पराजित गर्दै उपाधि जित्न सफल भयो। विजेता सुरुंगा युथ श्रीपुरले नगद रु. ५५ हजारसहित ट्रफी प्राप्त गरेको थियो भने उपविजेता महुलिया फुटबल क्लबले नगद रु. ३५ हजारमा चित्त बुझाएको छ।

आयोजकका अनुसार प्रतियोगिता सञ्चालनमा विदेशी युवाहरूको समेत महत्वपूर्ण सहयोग रहेको थियो, जसले खेल व्यवस्थापनलाई थप प्रभावकारी बनाएको थियो। स्थानीय खेलप्रेमीहरूको उपस्थितिमा सम्पन्न प्रतियोगिताले क्षेत्रीय स्तरमा खेलकुदको विकास, युवामा अनुशासन र स्वास्थ्यप्रति सकारात्मक सन्देश प्रवाह गरेको प्रमुख अतिथिले बताएका थिए।

समापन समारोहमा बोल्दै नगरप्रमुख गीता चौधरीले यस्ता प्रतियोगिताले युवालाई सही दिशातर्फ उन्मुख गराउने उल्लेख गर्दै नगरपालिकाले खेलकुद पूर्वाधार विकासमा निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। आयोजक महुलिया फुटबल क्लबले आगामी वर्षहरूमा प्रतियोगितालाई अझ वृहत् र व्यवस्थित रूपमा सञ्चालन गर्ने योजना रहेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस

स्वच्छता र्‍याली र स ...

लहान साउन २५ । घरबाट सुरु हुने सरसफाइको अभ्यासलाई समुदाय हुँदै सार्वजनिक स्थलसम्म विस्तार गर्ने उद्द ...

गोलबजारमा प्रतिबन्धि ...

लहान साउन २५ । सिरहाको गोलबजार नगरपालिका क्षेत्रमा प्रहरीले प्रतिबन्धित औषधी र लागूऔषध ब्राउनसुगर जस ...

सुरक्षित शौचालय नागर ...

लहान साउन २५ । सुरक्षित शौचालयको प्रयोग, व्यक्तिगत सरसफाइ र फोहोर व्यवस्थापनलाई दैनिक जीवनको व्यवहार ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१