Siraha Times
ताजा समाचार

पर्सा–३ मा सुरेन्द्र चौधरीको घरदैलो अभियान तीव्र: बिन्दबासिनीमा नेपाली कांग्रेसको जनलहर बढ्दै

  • फागुन १२, २०८२
  • ८४८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रोशन कुमार,वीरगंज १२ फागुन । पर्सा क्षेत्र नम्बर–३ का नेपाली कांग्रेसका उम्मेदवार सुरेन्द्र प्रसाद चौधरीले बिन्दबासिनी गाउँपालिकाका विभिन्न वडाहरूमा भएको घरदैलो कार्यक्रममा नेपाली कांग्रेस प्रति जनलहर बढ्दै गएको देखिएको छ।

चुनावी अभियानलाई तीव्रता दिँदै उहाँले बिन्दबासिनी गाउँपालिकाका वडाहरू १,२,३,४ र ५ अन्तर्गतका गर्दौल, बहुअर्वाभाठा,भेलहा, बटसौवरा, हसवा,मधवल,झौवा,ईटियाही, प्रसौनी,अमरपट्टी र हरिनगर क्षेत्रहरुमा पुगेर मतदातासँग प्रत्यक्ष भेटघाट गर्नुभएको नेपाली कांग्रेस विन्दवासिनी गाउँपालिकाका सभापति विवेक चौरसियाले जानकारी दिनुभयो। घरदैलो कार्यक्रमका स्थानीय बासिन्दाहरुसँग नजिकबाट संवाद गर्दै उहाँले जनताका समस्या, आवश्यकता र सुझावहरू ध्यानपूर्वक सुन्नुभएको थियो।

उहाँले भेटघाटका क्रममा नेपाली कांग्रेसले विगतमा देशको लोकतान्त्रिक आन्दोलनदेखि विकास निर्माणसम्म महत्वपूर्ण भूमिका निर्वाह गरेको उल्लेख गर्दै विकासको आधार निर्माण गर्ने पार्टी नेपाली कांग्रेस नै भएको दाबी गर्नुभयो। आगामी दिनमा पनि सुशासन, पारदर्शिता, आर्थिक समृद्धि र जनहितका कार्यक्रमलाई प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभयो।

उम्मेदवार चौधरीले शिक्षा, स्वास्थ्य, कृषि आधुनिकीकरण, सिंचाइ सुविधा विस्तार, सडक पूर्वाधार सुदृढीकरण तथा रोजगारी सिर्जनालाई आफ्नो मुख्य एजेन्डा बनाएको स्पष्ट रूपमा पार्नुभयो। म यस क्षेत्रको अनुभवी र शिक्षित उम्मेदवार हुँ, जनताको आवाज संसदसम्म बुलन्द रूपमा पुर्‍याउने प्रतिबद्धता व्यक्त गर्दछु, उहाँले भन्नुभयो। क्षेत्रका समग्र समस्या समाधानका लागि संसदमा प्रभावकारी भूमिका निर्वाह गर्ने उहाँको प्रतिबद्धता रहेको बताइएको छ।

चुनावी सभामा उहाँले मतदातालाई नेपाली कांग्रेसका उम्मेदवारहरूलाई चारै तहमा विजयी गराउन आग्रह गर्दै विकासको निरन्तरताका लागि कांग्रेसलाई साथ दिन आह्वान गर्नुभयो। उहाँका अनुसार विकास, स्थायित्व र लोकतान्त्रिक मूल्यमान्यताको संरक्षणका लागि नेपाली कांग्रेसको जित अपरिहार्य रहेको छ।

उक्त घरदैलो कार्यक्रम विन्दवासिनी गाउँपालिका अध्यक्ष पदका प्रत्यासी विवेक चौरसियाको सकृयतामा विभिन्न वडाका क्षेत्रहरुमा घरदैलो सम्पन्न भएको थियो। चुनावी टोलीका अनुसार घरदैलो अभियानका क्रममा स्थानीय मतदाताबाट सकारात्मक प्रतिक्रिया प्राप्त भइरहेको छ भने आगामी दिनमा पनि क्षेत्रका अन्य बस्तीहरूमा यस्तै कार्यक्रमलाई निरन्तरता दिइने जनाईएको छ।

प्रतिक्रिया दिनुहोस

सिरहामा कटुवा पेस्तो ...

रहमुल, लहान, २० साउन । सिरहा जिल्लामा नेपाल प्रहरीले कटुवा पेस्तोल सहित केही युवाहरूलाई पक्राउ गरेपछ ...

बाल विकास र स्तनपानक ...

रंजित चौरसिया,वीरगंज २० साउन। विश्व स्तनपान सप्ताह–२०२६ को अवसरमा नेशनल मेडिकल कलेज एण्ड टिचिङ ...

‘घर–घरको शान’ अभियान ...

लहान, साउन २०। समुदायमा स्वच्छता, शौचालयको नियमित प्रयोग तथा स्वस्थ जीवनशैलीको प्रवद्र्धन गर्ने उद्द ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१