ताजा समाचार

अभिषेक शाहको कृष्णानगरमा उत्साहजनक घरदैलो ; जनसमर्थनले बिपक्षी खेमामा हलचल

  • फागुन १८, २०८२
  • ६८५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

कपिलवस्तु, फागुन १८ । नेपाली कांग्रेस पार्टीले कपिलवस्तु निर्वाचन क्षेत्र नं ३ का प्रतिनिधि सभा सदस्य उमेदवार अभिषेक प्रताप शाहले कृष्णानगर नगरपालिकाको कृष्णानगर बजार तथा छेउका गांउमा घरदैलो अभियान सम्पन्न गरेका छन्।

घरदैलो कार्यक्रमका क्रममा उम्मेदवार शाहले स्थानीय मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै विकास, रोजगारी, शिक्षा, स्वास्थ्य तथा पूर्वाधार निर्माणलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गरे। उनले कपिलवस्तु ३ लाई समृद्ध र व्यवस्थित क्षेत्रका रूपमा अघि बढाउने स्पष्ट योजना प्रस्तुत गर्दै आगामी निर्वाचनमा सहयोग र समर्थनको अपिल गरे। 

उनी लामो समय देखि राजनीति गर्दै आएको तथा उनलाई युवा, महिला, किसान तथा क्षेत्रका जनताको वृहत समर्थन पाएको देखेर विपक्षी खेमामा हलचल मचेको नेपाली कांग्रेस समर्थक हरूले बताएका छन्।

जनतासँग सिधा संवाद गर्दै शाहले आफू चुनावका बेला मात्र देखिने नेता नभई सधैं जनताको दुख,सुखमा साथ दिने नेता भएको उल्लेख गरे । "जनताको विश्वास नै मेरो सबैभन्दा ठूलो शक्ति हो," उनले भने, "अझै बाँकी रहेका विकासका काम पूरा गर्न तपाईंहरूको साथ चाहिन्छ।

घरदैलो अभियानमा उमेदवार शाह संगै पार्टीका विभिन्न नेता तथा कार्यकर्ताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। टोलीले घरघर पुगेर पार्टीका नीति तथा कार्यक्रमबारे जानकारी गराएको थियो। स्थानीय बासिन्दाले उत्साहजनक सहभागिता जनाउँदै विकासमुखी नेतृत्वको आवश्यकता औंल्याएका थिए।

प्रतिक्रिया दिनुहोस

यादव सेवा समाज कतारद ...

लहान कार्तिक १८ । यादव सेवा समाज कतारको आयोजना तथा ग्लोबल कलेज प्लस टुको सह–आयोजनामा सिरहाको ल ...

अधिकृत रामसुन्दर महत ...

रन्जित चौरसिया वीरगंज १८ कातिक । यातायात व्यवस्था कार्यालय वीरगंजका सहायक शाखा अधिकृत रामसुन्दर महतो ...

लहानमा घर–घरमा शौचाल ...

ओम प्रकाश यादव, लहान, १८ कात्तिक । घरमा शौचालय निर्माण गर्नु एउटा उपलब्धि हो, तर निर्माण गरिएको शौचा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤