Siraha Times
ताजा समाचार

मधेसको पहिचान जोगाउन जसपाको पक्षमा मतदान गर्न डा.बाबी सिंहको आग्रह

  • फागुन १०, २०८२
  • १०६६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

उमेश कुमार साह बोदे बर्साईन : सप्तरी निर्वाचन क्षेत्र नम्बर–४ मा जनता समाजवादी पार्टी (जसपा) नेपालकी उम्मेदवार डा.बाबी सिंह यादवले शनिबार खडक नगरपालिकाको वडा नम्बर १० र वडा नम्बर ११ मा घरदैलो कार्यक्रम सञ्चालन गर्दै मतदातासँग प्रत्यक्ष संवाद गरेकी छन् । घरदैलोका क्रममा यादवले छाता छापमा मतदान गरी आफूलाई विजयी बनाउन आग्रह गरे ।

उनले भनिन, ‘छाता छापमा मतदान गरौँ, जनताको आवाज र पहिचानलाई बलियो बनाऔँ । म यहाँ तपाईंहरूको अधिकार, पहिचान र समृद्धिको पक्षमा काम गर्ने प्रतिबद्धता लिएर आएकी छु । हाम्रो साझा प्रयासले मात्र सप्तरी –४ को विकास सुनिश्चित गर्न सक्छ ।’ उम्मेदवार यादवले स्थानीय विकास, शिक्षा, स्वास्थ्य र रोजगारी सिर्जना जस्ता विषयलाई प्राथमिकतामा राख्दै आफ्ना योजनाबारे मतदातालाई जानकारी गराएकी थिए ।

उनले जनताको आवश्यकता र आकांक्षालाई केन्द्रमा राखेर सबै वडामा समान रूपले विकासका काम अघि बढाइने बताए । ‘अब हामी एकजुट भएर मात्र समृद्धि हासिल गर्न सक्छौं,’ उनले जोड दिए । कार्यक्रममा सहभागी मतदाताले यादवका योजनाबारे चासो व्यक्त गर्दै प्रत्यक्ष प्रश्नसमेत सोधेका थिए । यादव महिला उम्मेदवार भएकोले विशेषगरी महिला तथा युवा वर्गले शिक्षा र रोजगारी सिर्जना सम्बन्धी स्पष्ट योजनाप्रति उत्साह देखाएको जनाइएको छ ।

घरदैलो अभियानलाई लोकतान्त्रिक अभ्यासको महत्वपूर्ण हिस्सा भन्दै यादवले प्रत्यक्ष भेटघाटबाट प्रत्येक परिवारको समस्या बुझ्न र समाधानका उपाय प्रस्तुत गर्न सहज हुने विश्वास व्यक्त गरे । ‘जनताको सहभागिता हाम्रो अभियानको मूल आधार हो,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस

सिरहामा कटुवा पेस्तो ...

रहमुल, लहान, २० साउन । सिरहा जिल्लामा नेपाल प्रहरीले कटुवा पेस्तोल सहित केही युवाहरूलाई पक्राउ गरेपछ ...

बाल विकास र स्तनपानक ...

रंजित चौरसिया,वीरगंज २० साउन। विश्व स्तनपान सप्ताह–२०२६ को अवसरमा नेशनल मेडिकल कलेज एण्ड टिचिङ ...

‘घर–घरको शान’ अभियान ...

लहान, साउन २०। समुदायमा स्वच्छता, शौचालयको नियमित प्रयोग तथा स्वस्थ जीवनशैलीको प्रवद्र्धन गर्ने उद्द ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१