सद्भाव कायम गर्न दुबईमा मधेशी एकता समाजकाे हाेली महाेत्सव २०२४ हुदै

  • फागुन १३, २०८०
  • ६२२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

श्रीकान्त झा । सिरहा । फाल्गुन १३ गते। समाजिक सद्भाव कायम गर्नुकाे साथै आफना धर्मसाँस्कृति संरक्षणकाे उद्देश्यले दुबईमा हाेली महाेत्सव २४ मनाउन लागिएकाे छ । युएई मा रहेका मधेशी समुदाय को साझा संस्था मधेशी एकता समाज, युएईद्वारा हरेक वर्ष झै यस बर्ष पनि उक्त कार्यक्रम गर्न लागिएको संस्थाका अध्यक्ष धर्मेन्द्र यादवले बताएका हुन् । अध्यक्ष यादवका अनुसार मनाउन लागिएकाे हाेली महाेत्सव २०२४ ! मार्च ३, २०२४ मा बर दुबई स्थित अस्टोरिया होटल एव्रेस्ट क्लबमा होलि विशेष कार्यक्रमको आयोजना हुनेछ ।

सो कार्यक्रममा मधेशका ख्याती प्राप्त कलाकारहरुको विशेष प्रस्तुति रहने छ भने धर्म प्रतीकाे आस्था राख्नेकाे उपस्थितिमा हुने कार्यक्रम आयोजक समितिले जनाएको छ । उक्त हाली महाेत्सव २०२४  काे कार्यक्रममा ख्याती प्राप्त कलाकार एवं गायक जागेश ठाकुर तथा नृत्यांगना निरुता शाहको प्रस्तुति रहने छलभने स्थानीय कलाकार गायक भोला पासवान तथा नृत्य तर्फ इशा, शितल र पुनमको साथै नेपाली बोइज ग्रुपको प्रस्तुति पनि रहनेछ। स्थानीय समय अनुसार बिहान १० बजे बाट सुरुहुने कार्यक्रम निकै आकर्षक हुने आयोजकको भनाई छ ।

कार्यक्रमलाई सव्य भव्य एवं सफल बनाउन युएई मा रहेका सम्पूर्ण मधेशी तथा हिन्दु विदेशमा रहेका सम्पूर्ण हिन्दुहरूमा आग्रह गरिएकाे अध्यक्ष धर्मेन्द्र यादबले बताए । मधेशमा आपसि हिन्दू कायम राख्नुकाे साथै धर्म प्रतिको आस्था विश्वास कायम राख्नु हाम्रो समाजमा आजकाे आवश्यकता रहेकाे छ । हामी खाडी पुगे नि हाम्रो देश,धर्म साँस्कृतिकलाई जाेगाउने तर्फ छाै । याे एउटा हाेली महाेत्सव एकताकाे सन्देश रहेकाे अध्यक्ष यादवकाे कथन छ ।

प्रतिक्रिया दिनुहोस

१५ औँ सिरहा जिल्ला स ...

ओम प्रकाश यादव लहान जेठ १७ । सिरहा जिल्लाको प्रतिष्ठित खेलकुद प्रतिस्पर्धा मानिने १५ औँ जिल्ला स्तरी ...

छोरीको बिहेका लागि ख ...

नरेशचन्द्र बरबरिया सिरहा, जेठ १७ । आर्थिक अभावका कारण छोरीको विवाह गर्न नसकेका सिरहा नगरपालिका&ndash ...

शिक्षक नियुक्ति प्रक ...

रहमुल लहान १६ जेठ । सिरहाको नवराजपुर गाउँपालिका ४ सोनवर्षामा रहेको श्री जनता नमुना प्राविधिक धा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१