Siraha Times
ताजा समाचार

सिरहा क्षेत्र नं.–३ मा नेपाली काङ्ग्रेसको चुनावी समिक्षा बैठक सम्पन्न

  • चैत १, २०८२
  • ४५८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

नरेशचन्द्र बरबरिया सिरहा चैत्र १ गते । सिरहा क्षेत्र नं.–३ का नेपाली काङ्ग्रेसका उम्मेदवार डा. सुभाष चन्द्र यादवको निवासमा शनिबार चुनावी समिक्षा बैठक सम्पन्न भएको छ। हालै सम्पन्न निर्वाचनको परिणाम, पार्टीको अवस्था तथा आगामी रणनीतिका विषयमा गम्भीर छलफल गर्दै बैठक बसेको थियो । बैठकमा क्षेत्र नं.–३ अन्तर्गतका विभिन्न वडाका पार्टीका नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो। सहभागीहरूले निर्वाचनको क्रममा भएका गतिविधि, जनतासँगको सम्पर्क तथा प्रचार–प्रसारका पक्षबारे आफ्ना धारणा राखेका थिए।

साथै, चुनावी अभियानका क्रममा देखिएका कमजोरीहरू सुधार गर्दै आगामी दिनमा संगठनलाई अझ मजबुत बनाउने विषयमा पनि सुझावहरू प्रस्तुत गरिएको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै उम्मेदवार डा. सुभाष चन्द्र यादवले निर्वाचनका क्रममा सहयोग गर्ने सम्पूर्ण नेता, कार्यकर्ता तथा मतदाताप्रति आभार व्यक्त गर्नुभयो। उहाँले लोकतान्त्रिक प्रक्रियामा चुनाव हार–जित स्वाभाविक भएको उल्लेख गर्दै पार्टीलाई अझ सुदृढ बनाउँदै जनताको सेवा र विकासका काममा निरन्तर लागिरहने प्रतिबद्धता व्यक्त गर्नुभयो।

बैठकमा सहभागी नेताहरूले पनि पार्टीलाई जनतासँग अझ नजिक बनाउँदै संगठन विस्तार, युवाहरूको सक्रिय सहभागिता तथा विकासमुखी कार्यक्रमलाई प्राथमिकता दिनुपर्ने धारणा राखेका थिए। उनीहरूले आगामी दिनमा नेपाली काङ्ग्रेसलाई क्षेत्र नं.–३ मा अझ बलियो बनाउन एकजुट भएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका थिए। बैठकले आगामी दिनमा संगठन सुदृढीकरण, जनसम्पर्क अभियानलाई तीव्र बनाउने तथा जनताका समस्या समाधानमा सक्रिय भूमिका खेल्ने निर्णय समेत गरेको बताइएको छ।

प्रतिक्रिया दिनुहोस

सिरहामा कटुवा पेस्तो ...

रहमुल, लहान, २० साउन । सिरहा जिल्लामा नेपाल प्रहरीले कटुवा पेस्तोल सहित केही युवाहरूलाई पक्राउ गरेपछ ...

बाल विकास र स्तनपानक ...

रंजित चौरसिया,वीरगंज २० साउन। विश्व स्तनपान सप्ताह–२०२६ को अवसरमा नेशनल मेडिकल कलेज एण्ड टिचिङ ...

‘घर–घरको शान’ अभियान ...

लहान, साउन २०। समुदायमा स्वच्छता, शौचालयको नियमित प्रयोग तथा स्वस्थ जीवनशैलीको प्रवद्र्धन गर्ने उद्द ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१