भ्रष्ट अधिकृत साह र लेखापाल संजय पटेल भ्रष्टाचार गर्नमा माहिर

  • कार्तिक २४, २०८०
  • ११५६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रंजित चौरसिया,वीरगंज २४ कार्तिक। छिपहरमाई गाउँपालिकाको भ्रष्ट प्रमुख प्रशासकीय अधिकृत सिकेन्द्र साहको सरुवा भए पछि सो गाउँपालिका अधिकृत बिहिन बन्न पुगेको छ । भ्रष्टाचारको मामिलामा गन्हाईसकेका सिकेन्द्र साह कही कतै पनि लामो समयसम्म बस्न नसकेको जनाईएको छ । उनको आनीबानी र भ्रष्टाचार गर्ने शैलीले सम्बन्धित पालिकाका जनप्रतिनिधि र कर्मचारीहरु असन्तुष्ट नै रहने गरेको बताईन्छ ।

रौतहट जिल्लाको चन्द्रनिगाहपुर निवासी अधिकृत साहले बारा जिल्लाको देवताल गाउँपालिका, रौतहटको देवाही गोनाही नगरपालिका हुदै छिपहरमाईमा हाजिर भएका थिए । उनी करिब चार महिना छिपहरमाईमा बिताए पछि उनको सरुवा धनुषा जिल्लाको बिदेह नगरपालिकामा भएको बुझिएको छ । भ्रष्टाचारको मामिलामा ताण्डव मच्चाउदै हिडने अधिकृत साहको सरुवा भए पनि लेखापाल संजय पटेल हाल छिपहरमाईमा नै कार्यरत्त रहेका छन् । अधिकृत साह जस्तै लेखापाल पटेलले पर्सा जिल्लाको विभिन्न गाउँपालिकामा कार्यरत्त रहंदै छिपहरमाईमा करिब एक वर्ष देखि रहेका छन् ।

यस भन्दा अगाडि पनि छिपहरमाईमा कार्यरत्त रही सकेका पटेल एक वर्षको अवधिमा तीन वटा अधिकृतको सरुवा भए पनि उनी छिपहरमाईमा नै छन् । लेखापाल पटेल पर्सा जिल्ला निवासी भए पनि उनको जन्म सामान्य परिवारमा भएको हो । तर उनी सह–लेखापालबाट लेखापाल बन्दै आजको दिनमा करोडौं करोड खेलाउन हैसियत राखेका पटेल वीरगंजको राधेमाईमा जमिन सहित करोडौं मुल्य पर्ने घर किन्न सफल भएका छन् ।

अन्य लेखापालहरु भन्दा छुटै पहिचान बनाएका भ्रष्ट संजय पटेलले जगरनाथपुर गाउँपालिकामा हुँदा धरौटीका रकम करिब चार करोड र छिपहरमाईमा करिब दुई करोड स्वाहा पारेको स्रोतको कथन रहेको छ । उनको जागिरको सानै अवधि भए पनि सानै उमेर समुहका रहेका लेखापाल संजय पटेल वीरगंजमा अन्य ठाउँमा पनि घडेरी किनेको स्रोतले बताएको छ ।

पटेलले कुनै पनि सेवाग्रहीहरुको चेक काटदा अग्रिम नै पिसी (पर्सनल कमिशन) लिने गर्ने गरेको बताईन्छ । भ्रष्ट अधिकृत सिकेन्द्र साह र लेखापाल संजय पटेल जस्ता भ्रष्टाचारीहरु माथि अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सम्पत्ति शुद्धिकरण विभाग लगायतका नियमनकारी निकायले आवश्यक छानबिन गरी कारवाही प्रक्रिया अगाडि नबढाउंदा धरौटीका रकम फिर्ता नपाएका सेवाग्रहीहरु घर न घाटका भएका छन् ।

प्रतिक्रिया दिनुहोस

जी.स.स. प्रमुख महतोक ...

लहान, फागुन २९ । जी.स.स. प्रमुख महतोको प्रमुख अतिथ्यमा  “Nutrition for Life (N4L)” ...

सिरहामा आँपका बगैँचा ...

लहान फागुन २८। सिरहा जिल्लाका विभिन्न स्थानमा रहेका आँपका बगैँचाहरू यतिबेला मञ्जरीले ढकमक्क भएका छन् ...

धानपछि गहुँमा पनि सं ...

रहमुल लहान, २८ फागुन । यस वर्षको असामान्य मौसमका कारण सिरहासहित तराईका विभिन्न क्षेत्रमा किसानहरू लग ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१