ताजा समाचार

नेपालीलाई भारत जान परिचयपत्र अनिवार्य देखाउनुपर्ने

  • साउन २७, २०८०
  • १५९२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

नरेशचन्द्र बरबरिया ,सिरहा साउन २७ गते । नेपाली बाट भारत जाने नेपालीलाई परिचयपत्र अनिवार्य रुपमा अनिवार्य गरिएको छ । नेपालीलाई सीमा क्षेत्रमा सुरक्षा व्यवस्था कडाका साथ भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले चेकजाँच गरेपछि मात्र जानदिन्छ । सिरहा जिल्ला बाट नेपालीहरु सामान खरिदबिक्रीका लागि भारत जान चाहने नेपालीलाई आफ्नो परिचय खुल्ने कागजपत्र लिएर मात्रै आवतजावत गर्नका लागि नेपाल प्रहरीमार्फत भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले अनुरोध गरेको हो । आवत जावत गर्ने एक्कासी भारतीय सुरक्षाकर्मी सुरक्षा जाँचमा कडाई गर्दै सीमापारी जान आउनका लागि ।

पहिचानसहित आधिकारिक रुपमा नागरिकता , पासपोर्ट र मातदान पत्र अनिवार्य माग गरेको छ । केहि दिन पहिला सम्म सामान्य रुपमा जाँच गराएर दुबै देशका नागरिकहरु नाका आवतजावत गर्दै आएको केहि दिन देखि तैनाथ भारतीय सुरक्षाकर्मी निकाय एसएसबीले एक्कासी सुरक्षामा कडाई गर्दै नागरिकता वा अन्य अधिकारिक परिचयपत्र भएकालाई मात्र आवगमन गर्न दिइरहेको छ । परिचयपत्र नभएकालाई सीमाबाट फर्काइने भएकाले भारत जानुपरेमा परिचयपत्र साथमा लिएर मात्र जान दिईने एक सिमा सुरक्षा बलका जवानले बताए । भारतीय सीमावर्ती बजार जयनगर, तिनमुहानी ,बेला ,बेतौन्हा ,बलडिहा लगायतका आसपासका बजार पुग्न परिचयपत्र आवश्यक हुन्छ ।

प्रतिक्रिया दिनुहोस

लहानमा रहेको भूमिगत ...

ओम प्रकाश यादव, लहान, असोज २१ । मधेश प्रदेश सरकारको ऊर्जा, सिंचाई तथा खानेपानी मन्त्रालयले लहान नगरप ...

सिरहाको वार्षिक स्वा ...

रहमुल, लहान, २१ असोज । आर्थिक वर्ष २०८२/०८३ मा सिरहा जिल्लाभर सञ्चालन तथा सम्पन्न गरिएका स्वास्थ्यसम ...

स्नेह वृद्धा आश्रमको ...

रहमुल, लहान, २१ असोज । सिरहाको लहानमा रहेको स्नेह वृद्धा आश्रमको चौथो अधिवेशन भव्य तथा उत्साहपूर्ण व ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤