सिरहाको लहानमा ३ मा एक युवाको मृत्यु

  • माघ २४, २०७६
  • १४७६० पटक पढिएको
  • सिराहा टाइम्स
alt

महेश सिंह २४ माघ सिरहा - सिरहाको लहान नगर पालिका ३ बस्ने तेजनारायण चौधरीको २४ बर्षको छोरा मिथिलेश चौधरीको मृत्यु भएको छ । चौधरी एक महिना अगाडि देखी लहान स्थित रहेको यातायात कार्यालय अगाडि लेखा पडिको काम दिपक महतोको समुहमा रहि काम गर्दै थियो । मिथिलेश बिहिवार बेलुका ३:३० बजेको समयमा घर बाट खाजा खाएर बजार तिर निस्केको चौधरी राती बेहोस अबस्थामा भेटिएको छ । चौधरीको जीउ भरी माटो र हिलो लागेको थियो । चौधरी लाई एक जना आफ्नो ले फोनगरे बुवा तेजनारायण चौधरीलाई भन्दा छोरा मिथिलेशको अबस्था गम्भीर छ् सुन्दै बुवा चौधरी बेहोस भए । छोरा मिथिलेश लाई उपचारको लागी लहान अस्पतालमा ल्याउदै गर्दा बाटोमै मृत्यु भई सकेको अस्पतालको डाक्टरले बताए । मृत चौधरीको सब पोस्ट म्यारटमको लागी सबलाई गृहमा राखीएको छ् । बुबा तेजनारायण चौधरीको अनुसार केटाहरुसंग झगडा गरेर यस्तो घटना भएको अनुमान गरेको बताए । घटनाको विषयमा जिल्ला प्रहरी कार्यालय सिरहाले अनुसन्धान गरि रहेको सिरहाको प्रहरी प्रमुख उमा प्रसाद चतुर्बेदीले बताए । घटना संकास्पद छ अनुशन्धानको क्रममा एक जनालाई प्रहरीले पक्राउ गरेको छ् । सब लाई पोस्ट म्यारटम लहान स्थित नगर्ने बाहिर लगने पत्रकार महेश सिंह संग कुरा गरेका थिए । मृतक चौधरीको साबिकको घर सप्तरीको खडक नगरपालिका ९ बजराही गुठी रहेको थियो । बुबा तेजनारायण चौधरीले बिगत २० बर्ष अगाडि देखी सिरहाको लहान स्थित बन कार्यालय मा कार्यरत रहेको छ ।

प्रतिक्रिया दिनुहोस

अस्पतालको गम्भीर लाप ...

लहान, माघ १३ । रामकुमार शारडा उमा प्रसाद मुरारका प्रादेशिक अस्पताल लहानमा परीक्षणका लागि राखिएक ...

१३ औं राष्ट्रिय पुस् ...

ओम प्रकाश यादव लहान माघ ९ । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ जिल्ला शाखा सिरहाको आयोजनामा १ ...

जिल्ला ट्राफिक प्रहर ...

ओम प्रकाश यादव लहान,माघ ९ । जिल्ला ट्राफिक प्रहरी कार्यालय लहान सिरहामा दरबन्दी भई कार्यरत प्रहरी नि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१