ताजा समाचार

यौन तथा प्रजनन स्वास्थ्य अधिकारसम्बन्धी तीन दिने तालिम सम्पन्न

  • भदौ २, २०८३
  • ४८५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

गोलबजार, भदौ २ । मुक्ति नेपालको आयोजनामा यौन तथा प्रजनन स्वास्थ्य अधिकार सम्बन्धी तीन दिने क्षमता अभिवृद्धि तालिम सम्पन्न भएको छ। श्रावण ३१ गतेदेखि भाद्र २ गतेसम्म गोलबजार नगरपालिका–४ स्थित उद्योग व्यापार संघको भवनमा सञ्चालन भएको तालिममा कुल ६२ जनाको सहभागिता रहेको थियो।

सहभागीहरूको सहज सिकाइ र प्रभावकारी सहजीकरणका लागि तालिमलाई दुई समानान्तर कक्षामा सञ्चालन गरिएको थियो। तालिममा गोलबजार नगरपालिका वडा नं. ३, ४, १० र १३ का सामुदायिक सहयोग समूहका सदस्यहरू, महिला वडा सदस्यहरू, महिला स्वास्थ्य स्वयंसेविकाहरू, शान्ति स्वयंसेवक तथा लैंगिक सम्पर्क शिक्षकहरूको सक्रिय सहभागिता रहेको थियो।

तालिमको मुख्य उद्देश्य सहभागीहरूलाई यौन तथा प्रजनन स्वास्थ्य अधिकार, लैंगिक समानता, मानसिक स्वास्थ्य, लैंगिक हिंसा तथा यौन दुर्व्यवहारबाट सुरक्षा र किशोरकिशोरीसँग सम्बन्धित विभिन्न सवालहरूबारे ज्ञान तथा व्यवहारिक सीप प्रदान गर्नु रहेको थियो। तीन दिनसम्म सञ्चालन भएको तालिममा मनोसामाजिक अवधारणा तथा मानसिक स्वास्थ्य, लिङ्ग, लैंगिकता र सामाजिक मान्यता, लैंगिक हिंसा, यौन दुर्व्यवहार, शोषण तथा सुरक्षा, दृढ सञ्चार र ‘नाइँ भन्न सक्ने व्यवहारिक सीप लगायतका विषयमा सहजीकरण गरिएको थियो। त्यसैगरी यौन तथा प्रजनन स्वास्थ्य र अधिकार, यौनजन्य संक्रमण तथा एच.आई.भी., महिनावारी स्वास्थ्य तथा सरसफाइ, तनाव तथा भावना व्यवस्थापन सम्बन्धी विषयमा जानकारी तथा छलफल गरिएको थियो।

साथै किशोरावस्था र परिवर्तनहरू, परिवार नियोजन, गर्भधारण तथा गर्भनिरोधक साधन, सुरक्षित गर्भपतनसम्बन्धी जानकारी, सेवा तथा सहयोग प्राप्त गर्ने बाटो, निर्णय तथा समस्या समाधान, साथीको दबाब सामना गर्ने सीप तथा किशोरमैत्री स्वास्थ्य सेवाका विषयमा पनि सहभागीहरूको क्षमता अभिवृद्धि गरिएको थियो। तालिमलाई सहभागितामूलक र प्रभावकारी बनाउन प्रस्तुति तथा छलफलसँगै खेलको माध्यमबाट सिकाइ, समूहकार्य, व्यवहारिक अभ्यास, अनुभव आदानप्रदान तथा दैनिक सिकाइ समीक्षा जस्ता विधिहरू प्रयोग गरिएको थियो।

दुई समानान्तर कक्षामा सञ्चालन गरिएको तालिमले सहभागीहरूलाई सक्रिय रूपमा छलफल गर्न, आफ्ना अनुभव साझा गर्न तथा सिकेका विषयलाई व्यवहारमा प्रयोग गर्ने अवसर प्रदान गरेको थियो। तालिमको समापनमा सहभागीहरूले प्राप्त ज्ञान र सीपलाई आफ्नो समुदाय, विद्यालय तथा कार्यक्षेत्रमा प्रयोग गर्ने र किशोरकिशोरी तथा महिलाहरूलाई यौन तथा प्रजनन स्वास्थ्य अधिकारसम्बन्धी सही जानकारी पुर्‍याउन सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए। कार्यक्रमको अन्त्यमा सहभागीहरूलाई प्रमाणपत्र वितरण गरी तालिम औपचारिक रूपमा समापन गरिएको थियो।

प्रतिक्रिया दिनुहोस

माछ–मरुवा देखि निर्ज ...

रहमुल, लहान, १८ असोज । मधेस–मिथिलाको लोकजीवनमा पुस्तौँदेखि विशेष आस्था, विश्वास र सांस्कृतिक प ...

कटहरियामा नेपाली कम् ...

रामअधार यादव, रौतहट, असोज १८ । नेपाली कम्युनिस्ट पार्टी कटहरिया नगरको समायोजन बैठक सम्पन्न भएको छ। ब ...

बुवाकै अनुगमनमा नवीक ...

रंजित चौरसिया वीरगंज १८ असोज। वीरगञ्जस्थित नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमाथि राष्ट्रिय स्वतन् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤