Siraha Times
ताजा समाचार

‘दोस्रो हिमालयन रिम फिल्म प्रदर्शनी’ पोखरामा

  • जेठ ३१, २०८३
  • ६५४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

‘मार्शल आट्र्सले जोडिएको, सिनेम्याटिक प्रकाशले घेरिएको’ मूल नारासहित दोस्रो हिमालयन रिम फिल्म प्रदर्शनी पोखरामा सम्पन्न भएको छ। हिमालयन रिम फिल्म एक्जिबिसनको आयोजनामा गत वर्षदेखि सुरु गरिएको प्रदर्शनीलाई यो वर्ष पनि निरन्तरता दिइएको छ । 

Open photo NaN

प्रदर्शनी काठमाडौंस्थित त्रिभुवन विश्वविद्यालय र पोखरास्थित पोखरा विश्वविद्यालयमा आयोजना गरिएको हो । गत बुधबार र बिहीबार त्रिभुवन विश्वविद्यालयमा, हिजो र आज पोखरा विश्वविद्यालयमा कार्यक्रम सम्पन्न भएको छ ।

यस वर्षको प्रदर्शनीमा चीनका उत्कृष्ट वुसिया (मार्शल आट्र्स) चलचित्रहरू ‘ब्लेड्स अफ द गार्डियन्सः विन्ड राइजेस इन द डेजर्ट’, ‘लेजेन्ड्स अफ द कन्डोर हिरोजः द ग्यालेन्ट्स’, ‘आई एम ह्वाट आई एम २’ र ‘द मास्टर’ प्रदर्शन गरिएका थिए। यी चलचित्रमार्फत चिनियाँ मार्शल आट्र्स संस्कृति, पूर्वीय सौन्दर्यशास्त्र र आधुनिक चलचित्र प्रविधिको सम्मिश्रण प्रस्तुत गरिएको आयोजकले जनाएको छ।

चलचित्र प्रदर्शनसँगै चलचित्रबारे परिचयात्मक सत्र, चलचित्रकर्मीसँग भर्चुअल संवाद, सांस्कृतिक कार्यशाला, शैक्षिक अन्तरक्रिया तथा विषयगत बजारजस्ता कार्यक्रम पनि समावेश गरिएको थियो। कार्यक्रमले चीनको उन्नत चलचित्र प्रविधि र वुसिया सिनेमाको सौन्दर्यलाई एकीकृत गर्दै दर्शकलाई फरक श्रव्य–दृश्य अनुभव प्रदान गरेको आयोजकको भनाइ छ।

प्रदर्शनीले चीन र नेपालका चलचित्रकर्मी तथा युवा दर्शकबीच संवादको साझा मञ्च निर्माण गर्नुका साथै डिजिटल युगमा पूर्वीय कथावाचनका नयाँ सम्भावनाबारे संयुक्त रूपमा छलफल गर्ने अवसर प्रदान गरेको विश्वास गरिएको छ। आयोजकका अनुसार यस्तो अन्तरदेशीय सांस्कृतिक आदानप्रदानले हिमालय क्षेत्रका मुलुकहरूबीच चलचित्र र सांस्कृतिक सहकार्यलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस

पूर्वआईजीपीको ‘आशीर् ...

रंजित चौरसिया, वीरगंज २८ भदौ । नेपाल भारत सिमावर्ती क्षेत्र बारा जिल्लाको सिम्रौनगढ नाकाबाट प्रहरी प ...

वक्तालाई बोल्ने समय ...

रहमुल, सिरहा, २८ भदौ । विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप–२०७६ परिमार्जनका लागि सुझ ...

राष्ट्रिय बाल दिवसको ...

ओम प्रकाश यादव, सप्तरी भदौ २८ । राष्ट्रिय बाल दिवस–२०८३ को अवसरमा सप्तरीको खडक नगरपालिकामा प्र ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१