ताजा समाचार

सिरहाको मौवाहीमा स्वास्थ्य चौकी भवनको शिलान्यास

  • वैशाख २६, २०८२
  • ९४५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

ओम प्रकाश यादव लहान, २६ बैशाख । सिरहा जिल्लाको सखुवानन्कारकट्टी गाउँपालिका–१, मौवाहीमा निर्माण हुन लागेको स्वास्थ्य चौकी भवनको आज एक कार्यक्रमका बीच शिलान्यास गरिएको छ। मधेश प्रदेश सरकारअन्तर्गत स्वास्थ्य मन्त्रालयको आर्थिक सहयोगमा बन्न लागेको उक्त भवनको शिलान्यास नेपाली कांग्रेस सिरहाका जिल्ला सभापति तथा नेता रामचन्द्र यादवले गरेका हुन्।

FB_IMG_1746809026261 कार्यक्रम वडाध्यक्ष संजय यादवको अध्यक्षतामा सम्पन्न भएको हो। शिलान्यास कार्यक्रममा नेपाली कांग्रेसका स्थानीय नेता, समाजसेवी, स्वास्थ्यकर्मी, पत्रकार तथा स्थानीय बासिन्दाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। शिलान्यास कार्यक्रममा बोल्दै नेता यादवले स्वास्थ्य सेवा सर्वसुलभ बनाउने प्रदेश सरकारको नीति अनुरूप मौवाहीमा स्वास्थ्य चौकी भवन निर्माण गर्न लागिएको जानकारी दिए। उनले स्वास्थ्य क्षेत्रको सुधारको लागि अझ बढी लगानी आवश्यक रहेको उल्लेख गर्दै जनताको जीवनस्तर सुधारमा यस्ता संरचनाहरूको निर्माण महत्वपूर्ण हुने बताए।

FB_IMG_1746809030153 1 वडाध्यक्ष संजय यादवले पनि आगामी दिनमा सेवा प्रभावकारी रूपमा सञ्चालन हुने विश्वास व्यक्त गर्दै भवन निर्माणमा गुणस्तर र पारदर्शिता सुनिश्चित गरिने प्रतिबद्धता व्यक्त गरे। भवन निर्माण सम्पन्न भएपछि मौवाही र वरपरका बासिन्दाहरूले प्राथमिक स्वास्थ्य सेवा नजिकैबाट पाउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस

थारू कल्याणकारिणी सभ ...

आशिक हुसैन शेख दोहा, कतार । थारु कल्याणकारिणी सभा (थाकसा) कतार च्याप्टरअन्तर्गत महिला विभागद्वारा आय ...

१८ किलोमिटरको लहान–ठ ...

रहमुल, लहान १९ असोज । सिरहाको लहानदेखि ठाडीसम्मको करिब १८ किलोमिटर सडकखण्ड आधा शताब्दीभन्दा लामो समय ...

लहानमा १५ दिने थारु ...

बिरेन्द्र नेपाल लहान असोज १९ । थारु समुदायको मौलिक कला, संस्कृति, परम्परा, खानपान तथा पहिचानको संरक् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤