संजु कुमारी दास लहान फागुन २४ । हाम्रो सामाजिक संरचना र चलन प्रचलनका कारण तथा आर्थिक रुपमा पछाडी पारीएकै कारण महिलाहरु प्रभावित भई रहेको हुन्छन् । र उनी हरुलाई सहायता गर्न विभिन्न संघ संस्था लगायत तीनै तहका सरकारबाट पनि केही न केही सुबिधाहरु दीनका लागि विभिन्न कार्यविधिहरु तयार गरी संचालनमा ल्याउन अध्यादेश पनि जारी गरीएको छ । तर अहिले पनि विभिन्न पालिकामा कार्यविधि नै नभएको कारणले गर्दा लैङ्गिक हिंसा निवारण कोष, एक द्वार संकट व्यवस्थापन केन्द्र (ओसीएमसी) जस्ता कार्यविधि र निकायहरू अहिले पनि सञ्चालनमा छैनन् । जहाँ छ त्यसको पनि सेवा सुविधा प्रभावकारी रूपमा दिने अवस्था छैन । सिराहा जिल्लाको पालिकाहरू मध्ये लाहान र सिराहाको प्रादेशिक अस्पतालमा ओसीएमसीको सुविधा भएपनि प्रभावकारी रूपमा सञ्चालनमा छैनन्। त्यहाँ प्रभावितहरुलाई पठाउँदा जति सेवा सुविधा पाउनुपर्ने पाइरहेको अवस्था छैन ।
मुक्ति नेपालको आयोजनामा गोलबजारमा लैङ्गिक हिंसा सहायता कोषलाई प्रभावित मैत्री बनाउनका लागि छलफल बैठकमा विभिन्न पालिकाका उपप्रमुखहरूको उपस्थिति रहेको थियो। जसमा प्रत्येक पालिकामा यसको व्यवस्था रहेको तर त्यसलाई कसरी चलाउँदै हुनुहुन्छ भन्ने विषयमा चर्चा गर्दा उपमेयरहरूबाटै हाम्रो कार्यपालिकामा यस प्रकारको कार्यविधि नै बनेको छैन वा त्यसलाई कार्यान्वयन गर्न बाँकी रहेको बताइएको थियो। भने कति पालिकाले हामीले यसका लागि बजेट छुट्याए पनि कार्यविधि नै सच्याउनु परेकोले अहिलेसम्म सुचारु गर्न सकेको छैन भन्ने बताउनुभएको थियो। मुक्ति नेपालकी अध्यक्ष देव कुमारी महारा ज्यूले प्रत्येक पालिकामा लैङ्गिक हिंसा निवारण कोषको व्यवस्था छ, जहाँ कहिले पनि पैसा रित्तो हुँदैनन्। त्यस्ता व्यवस्थाहरु छन् तर त्यो कतै पनि कार्यान्वयनमा छैनन् ।
त्यस्तै एक द्वार संकट व्यवस्थापन केन्द्र (ओसीएमसी) को पनि त्यस्तै अवस्था रहेको बताउनुभएको थियो । यसका साथै हामीले सिराहा जिल्लाको एकमात्र सुरक्षावास सञ्चालनमा ल्याएका छौं । हामीसँग त्यस्ता कुनै बजेट सुरक्षावासका लागि छैन। हामीसँग धेरै प्रभावित महिलाहरु सुरक्षा बासमा आएर सेवा लिरहेका हुन्छन् सिरहा जिल्लाको मात्रै नभई नेपालका धेरै जिल्लाबाट हामी कहाँ प्रभावित आउने गर्छन् त्यसैले सुरक्षावासलाई पनि राम्रोसँग चलाउन तपाईंहरूको साथ सहयोग कस्तो हुन्छ भन्ने प्रश्न गर्नुभएको थियो।
साथै यदि तपाईहरुले चाहनुहुन्छ भने हामी सुरक्षावास तपाईंहरूको जिम्मा लगाउन तयार छौं भने पनि बताउनुभयो । त्यस्तै सिरहामा सञ्चालित एक द्वार संकट व्यवस्थापन केन्द्रले प्रभावितलाई एकै ठाउँबाट मनोविमर्ष सेवा, औषधि उपचार, कानुनी परामर्श वा प्रक्रिया वकिलको व्यवस्था सुरक्षाको व्यवस्था सबै एकै ठाउ बाट गर्नुपर्ने भएकोले त्यसको नाम एक द्वार संकट व्यवस्थापन केन्द्र राखिएको हो । तर एक द्वार संकट व्यवस्थापन केन्द्रले प्रभावकारी रूपमा कतै पनि काम गरिरहेको देखिरहेको छैन। पहिलाको व्यवस्था अनुसार ओसिएमसीमा सेवा लिन जाँदा वडाको सिफारिस अनिवार्य लिएर जानुपर्ने व्यवस्था गरिएको थियो।
जुन एकदमै झन्झटिलो थियो। तर पछि हामीले एउटा संस्थाबाट पनि पीडितको पहिचान गरिसकेपछि त्यसलाई सहायता गर्नुपर्ने भने सहमति भयो र त्यो प्रभावितहरुका लागि सहज पनि भएको बताउनुभएको थियो। यहाँको सामाजिक संरचनाका कारण प्रभावित महिलाहरु त्यस्ता सिफारिस लिन जाँदा त्यहाँका जनप्रतिनिधिहरुले यो महिलाकै गल्ती होला भनी सहयोग गर्न वा सिफारिस दिन खोज्दैनथ्यो वा मान्दैन थियो र प्रभावित महिला झन् पीडा भोग्न बाध्य हुन्थ्यो। अहिलेको अवस्थामा त्यस्तो छैन तर प्रभावित मैत्री पनि बन्न सकेको छैन ।
गोलबजारकी उपमेयर मान्ती शाहले भन्नुभयो गोलबजार नगरपालिकामा हामीले अहिलेसम्म सात जनालाई जीविकोपार्जनका लागि बिउ पुँजी भनेर १५००० दिएर सहयोग गरेका छौं। जसमा मुक्ति नेपाल बाट सिफारीस गरीएको प्रभावित पनि छन् । त्यस्तै कर्जनहा नगरपालिकाका उपप्रमुख लक्ष्मी श्रेष्ठले प्रभावितलाई एक द्वार संकट व्यवस्थापन केन्द्रमा पठाउँदा उनीहरूलाई राम्रोसँग व्यवहार हुँदैनन्। चेकजाँच गरिदिए पनि औषधि किन्न बाहिर पठाउने गरेको पाइएको छ
प्रभावितसँग पैसा हुँदैनन् उनीहरुले कसरी उपचार गराउन सकिन्छ । यसलाई प्रभावकारी रूपमा चलाउन ओसिएमसीको फोकल पर्सनसँग बस्न आवश्यक रहेको बताउनुभयो। पालिकाका उपप्रमुखहरूले अब हामी आआफ्नो पालिकामा यस्ता कार्यविधिलाई पूर्णरूप दिइ सञ्चालनमा ल्याउनेछौं। ताकि हाम्रो पालिकाका प्रभावितलाई हामी राम्रो र प्रभावित मैत्री सेवा दिन सकुन् भने प्रतिबद्धता जनाउनु भयो ।
प्रतिक्रिया दिनुहोस
मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१
मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१
Copyright © 2016 / 2025 - Sirahatimes.com All rights reserved
Website By : Hash Tech Logic