Siraha Times
ताजा समाचार

वडा प्रहरी कार्यालय श्रीपुरले ५ लाख भन्दा बढीको अवैध सामग्री भन्सार पठायो

  • माघ २२, २०८१
  • ७७७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रंजित चौरसिया,वीरगंज २२ माघ । वडा प्रहरी कार्यालय श्रीपुरले विभिन्न मितिमा भन्सार छलेर ल्याइएका लाखौं रुपैयाँ बराबरका सामग्रीहरु बरामद गरी वीरगंज भन्सार चलान गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्सा मातहतको वडा प्रहरी कार्यालय श्रीपुरले आफ्नो कार्यक्षेत्रबाट ५ लाख ५० हजार रुपैयाँ बराबरका किराना सामान, विभिन्न चकलेट तथा रेडिमेड कपडाहरु बरामद गरेको हो । वडा प्रहरी कार्यालय श्रीपुरका प्रमुख प्रहरी निरीक्षक श्यामकुमार बस्नेतले आफ्नो कमाण्डमा खटिएको टोलीले विभिन्न मितिमा भन्सार छली गरी ल्याईएका ती सामानहरु बरामद गरेको बताए । बरामद सामग्रीहरु आवश्यक कानुनी कारवाहीको लागि आईतवार वीरगंज भन्सार कार्यालयमा बुझाएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साको प्रमुखमा प्रहरी उपरिक्षक गौतम मिश्र आए पछि प्रहरी अधिकृतहरुलाई शान्ति, सुरक्षा, अमन चयन, चोरी तस्करी लगायतका अवैध गतिविधिहरु पूर्ण रुपमा रोक्न निर्देशन दिएको बताईन्छ । सोही अनुसार प्रहरी निरीक्षक बस्नेतले अपराध अनुसन्धान, चोरी पैठारी, तस्करी जस्ता गैरकानुनी कारोबार नियन्त्रण गरेर शान्ति सुरक्षा कायम राख्न अहम भूमिका खेलेका छन् । बस्नेत आए देखि वडा प्रहरी कार्यालय श्रीपुर अन्तर्गतका आमजनमानसले प्रहरीबाट अपेक्षा गरे अनुसारको शान्ति सुरक्षाको अनुभूति गर्न थालेका छन् ।

वडा प्रहरी कार्यालय श्रीपुरको प्रमुखका रुपमा आएको केही महिनामा प्रहरी निरीक्षक बस्नेतको कमाण्डमा लाखौं रुपैयाँको राजश्व भन्सार दाखिला गरेको छ । ‘ग्रामीण भेगमा खुला सिमाना भएकोले सेवा निर्वाह गर्न चुनौतीपूर्ण हुने गर्छ, तैपनि अपराध अनुसन्धान तथा शान्ति सुरक्षामा स्थानीय जनमानसलाई छुट्टै अनुभुति दिएका छौँ’ प्रहरी निरीक्षक बस्नेतले बताए ।

प्रतिक्रिया दिनुहोस

सरकारी अस्पतालमा एन् ...

रहमुल, लहान, ३१ असार मधेश प्रदेशअन्तर्गतका सरकारी तथा प्रादेशिक अस्पतालहरूमा लामो समयदेखि एन्टी स्ने ...

मलखाद वितरणमा पक्षपा ...

ओम प्रकाश यादव लहान, असार ३१ । खेतीपातीको मुख्य सिजनमा आवश्यक रासायनिक मलखाद नपाएको भन्दै सिरहाको भग ...

डीएपी मलको चरम अभावः ...

रहमुल राइन लहान, ३१ असार । देशभर धान रोपाइँ अन्तिम चरणमा पुगिसक्दा किसानका लागि अत्यावश्यक डीएपी मलक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१