हेल्पिङ हर्ट नेपाल द्वारा सिरहा र महोत्तरीको पाँच वटा पालिकालाई करोडौं मूल्य बराबरको स्वास्थ्य सामग्री वितरण

  • माघ १७, २०८१
  • ३९७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रहमुल लहान १७ माघ । हेल्पिङ हेन्ड युएसएको आर्थिक सहयोगमा हेल्पिङ हर्ट नेपालले सिरहा र महोत्तरीको पाँच वटा पालिकाहरुलाई करोडौं मूल्य बराबरको स्वास्थ्य सामग्री वितरण गरेको छ। सिरहाको धनगढीमाई नगरपालिकाको नैनपुर अस्पताल, सुखिपुर नगरपालिकाको सुखिपुर अस्पताल, अर्नामा गाउँपालिको महनौर र महोत्तरीको दुई वटा पालिकाहरुको अस्पतालहरूलाई उक्त सामग्री हस्तान्तरण गरिएको हो।

हेल्पिङ हर्ट नेपालले स्वास्थ्य क्षेत्रमा आवश्यक सामग्रीहरू हस्तान्तरण गर्दै पाँचवटै पालिकामा विशेष कार्यक्रमको आयोजना गरेको थियो। संस्थाका अध्यक्ष जियाउदिन खानले हेल्पिङ हेन्ड युएसको सहयोगमा हेल्पिङ हर्ट नेपालले मधेश प्रदेशका सिरहा, सर्लाही, महोत्तरीसहित देशभरका ४२ जिल्लामा काम गरिरहेको जानकारी दिए।

अध्यक्ष खानका अनुसार संस्था शिक्षा, स्वास्थ्य, कृषि लगायतका क्षेत्रमा प्राथमिकता दिँदै सामाजिक सेवाका कार्यहरूमा सक्रिय छ। विशेष गरी दलित, अति विपन्न र आर्थिक रूपमा कमजोर समुदायका नागरिकले प्रत्यक्ष रूपमा लाभ उठाउन सकून् भन्ने उद्देश्यले सरकारी अस्पतालहरूलाई प्राथमिकतामा राखेर सहयोग गर्दै आइरहेको बताए।

हेल्पिङ हर्ट नेपालले २०७२ सालदेखि नेपालमा सेवा प्रदान गर्दै आएको छ। यस अवधिमा संस्थाले स्वास्थ्य, कृषि र शिक्षाको क्षेत्रमा ७० करोडभन्दा बढी मूल्य बराबरको सामग्री वितरण गरिसकेको छ।देशभरमा रहेको ८ सय अनाथ बालबालिका हरुलाई हेल्पिङ हर्ट नेपालले शिक्षा,स्वास्थय लगायतको क्षेत्रमा सहयोग गरेको महासचिव मेराज खानले बताएका छन।

May be an image of hospital and text

मेराज खानका अनुसार हाम्रो देशका नागरिकको मुख्य माग शिक्षा, स्वास्थ्य, खाधान र अवासीय हुन। सरकारले सरकारी स्तर बाट आफ्नो स्रोतसाधनले भ्याए सम्म नागरिकको माग त पुरा गरिरहेकै छ तर जनचाहना मुताविक गैरसरकारी संघसंस्था ले पनि सरकारको काममा सहयोग पुर्याउन उतिकै जरुरी रहेकोले हाम्रो संस्था सरकारहरु संग समन्वय र सहकार्य गर्दै अगाडी बढिरहेको समेत बताएका हुन।

May be an image of text

हाल सम्म यस हेल्पिङ हर्ट संस्था मार्फत समुदाय स्तरमा कृषि, शिक्षा, स्वास्थ्य, खाधान, खानेपानी देखि लिएर बिपत ब्यबस्थापन, सिपमुलक कार्यक्रम जस्ता अनेक महत्वपुर्ण कार्यहरू धेरै गरेको अनेकौ उदाहरण प्रष्ट देखिन सकिन्छ र यस्ता कार्यहरु बाट नागरिक निकै खुशी तथा उत्साहि समेत देखिएको छ।

May be an image of 1 person, speaker, hospital, newsstand and text that says 'HEL ELPINGH HAND IN-KIND IN-KINDGIFTPROGRAM GIFT PROGRAM DISTRIBUTION OF MEDICAL EQUIPMENT EQUIPMENT-SUPPLIES o SUPPLIES NEPAI 024 (주전는(관에하다 HELPING HAND 一 nr DNGOUBRSITTO โร ER ล IN-KIND GIFTPROGRAM GIFT DISTRIBUTION OF MEDICAL EQUIPMENT & SUPPLIES NEPAL- 2024 thadorg thederg E satdang AA 우관,'

देशमा धेरै गैरसरकारी संघसंस्थाहरु बिभिन्न क्षेत्रमा आफ्ना बिभिन्न गतिविधिहरु गरीरहेका छन तर जुन हिसाबले हेल्पिङ हर्ट नेपाल हरेक क्षेत्र संग समन्वय र सहकार्य गर्दै अगाडी बढिरहेको छ त्यसरी नै हरेक गैरसरकारी संघसंस्थाहरु जनबोलीको कदर गर्दै जनभावना अनुसार काम गर्दै अगाडी बढ्न सके देश बिकास हुन धेरै समय नलाग्ने जानकारहरुल्रे बताएका छन।

May be an image of 2 people, hospital and text

प्रतिक्रिया दिनुहोस

कपिलवस्तु प्रिमियर ल ...

अजय मिश्र, कपिलवस्तु, माघ २८ । कपिलवस्तुको शिवराज नगरपालिका ७ जवाभारीमा KPL Premier Cup 2081 सम्पन्न ...

सिरहाको खङटोलमा सखिय ...

रहमुल लहान, माघ २८ । सिरहा जिल्लाको सखुवानन्कारकट्टी गाउँपालिका–४ खङटोलमा नवनिर्मित सखिया मन्द ...

विवाहको उमेरहदकानुनी ...

संजु कुमारी दास, लाहान, माघ २८ । सातवटै प्रदेशका संघ संस्थाकाप्रतिनिधिहरुलेमाघ २७गतेक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१